
दीननाथ बराल,
पोखरा १८, भदौ,
पर्यटनको राजधानी पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ जारी रहेको छ । प्रतियोगिताको आज बुधबार दोश्रो दिन पहिलो चरणका केही खेल सम्पन्न भएकाछन् ।
बुधबारको खेलमा मनेश महर्जन (ब्रेक प्वाइन्ट) ले अशोक पुन (पोखरा) लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्नुभयो । कमल लामा (रातो त्रिकोण) ले सुरज सुनार (देविज–पोखरा) लाई हपराजित गर्दा सुरेश राना मगर (बगरकोट) ले सन्तोष धिताल (हेटौंडा) लाई पन्छाउनु भयो । अर्को खेलमा पुरुषोत्तम द्योला (ब्रेक प्वाइन्ट) ले सुरेन्द्र खड्का –चाउथे,पोखरा) लाई पन्छाउँदै अर्को चरण यात्रा तय गर्नुभयो ।
अनमोल ठकुरी (रोडहाउस) ले भूपेन्द्र थापा (पोखरा) लाई हराउँदै दोस्रो चरणमा प्रबेश गर्दा अर्काे खेलमा भने फुर्वा दोर्जे शेर्पा (चामुण्डा) ले निमा लामा (रोडहाउस) लाई पराजित गर्नुभयो । दीपेन्द्र जंग शाही (काठमाडौं) ले दिपङ्कर तुलाधर (रोडहाउस) लाई पराजित गर्दा अर्काे खेलमा नितेश कंडवाल (हेटौंडा) ले मिन पुन (पोखरा) लाई पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्नुभयो । मन्जिल केसी (ब्रेक प्वाइन्ट) ले युवराज गुरुङ (पोखरा) लाई पन्छाउदा अर्को खेलमा अनिल सुनार (पोखरा ईगल) ले शिवकुमार कार्की (रोडहाउस, काठमाडौं) लाई हराउनुभयो । त्यसै गरी समीर आचार्य (स्वयं) ले भोला मल्ल (भैरहवा) लाई पन्छाउँदै अर्को चरणमा प्रवेश गर्नुभयो । मनोज गुरुङ (पोखरा) ले सुदीप ताम्राकार (ब्रेक प्वाइन्ट) लाई पराजित गर्दै यात्रा अघि बढाउनु भयो । पर्यटनको राजधानी पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा मंगलबार देखि सुरु भएको हो ।
भदौं २८ गतेसम्म पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागि भएको संस्थाका अध्यक्ष सोम बि.क.ले बताउनु भयो । प्रतियोगिताका विजेताले नगद २ लाख २ हजार २ सय २ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा दोश्रो हुनेलाई ८० हजार प्रदान गरिने भएको छ भने सेमिफाइनलमा प्रवेश गर्ने दुई खेलाडीलाई जनही २५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा हाइएस्ट ब्रेकरलाई २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई ७ हजार ५ सय रुपैया प्रदान गरिने भएको छ । प्रतियोगितामा पुरस्कार राशी ३ लाख ५९ हजार ७ सय २ रहेको प्रा.लि.का संचालक प्रताप गुरुङले बताउनु भयो । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा सुरु भएको हो ।





