समाज

पोखरा कोटीहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने

पोखरा, १५ बैशाख, पोखरा महानगरपालिका वडा नं। १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ ।वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा दैनिक रुपमा कथा वाचन शुरु भएको हो । महायज्ञमा हाल अन्तराष्ट्रिय कथा बाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ मुल आयोजक… पुरा पढौ

पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

पोखरा, पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आफ्नो ५ औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे । उत्कृष्ट ५ मनोनयनमा परेका विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, सागर गिरीलाई… पुरा पढौ

काठमाण्डौंमा शिक्षक आन्दोलन जारी, पोखरामा बुधबारदेखि बिद्यालय संचालन गर्न महानगरको निर्देशन

दीननाथ बराल,पोखरा १५, वैशाख, पोखरामा बुधबारदेखि सामुदायिक बिद्यालय संचालन गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएको छ । यस अघि पनि वैशाख ११ गते देखि बिद्यालय संचालन गर्न निर्देशन जारी गरेको महानगरले अधिकांश बिद्यालयहरु हालसम्म संचालन हुन नसके पछि पुनः बिद्यालय संचालन गर्न निर्देशन दिएको हो । शिक्षकहरुको माग पूरा नभएकोले अधिकांश शिक्षक काठमाण्डौंमा आन्दोलनमा हुनुहुन्छ । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई यही वैशाख १७ गते( बुधबार) देखि नियमित रुपमा कक्षा संचालन गर्न निर्देशन दिएको हो ।नेपाल शिक्षक महासंघको आन्दोलनले सामुदायिक विद्यालयको पठन… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाटो बनाउने काम गर्दा चट्याङ लागेर दुई जनाको मृत्यु

दीननाथ बराल,पोखरा १४, वैशाख, कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाटो बनाउने काम गर्न खटिएका दुई जना युवालाई चट्याङ लागेर मृत्यु भएको छ । कास्की अन्नपुर्ण गाउँपालिका ११ पोडे स्थित बाटो बाटो बनाउने काममा खटिएका सोलुखुम्बु सिलिङचो गा.पा. २ बस्ने ४४ बर्षका भरत पुबिर राई र सिलिङचोकै १८ बर्षका महेश राई लाई चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी पमुख एसपी श्याम बाबु ओलियाले बताउनु भयो । उक्त घटना करिब आइतबार दिउँसो १ः०० बजे भएको हो । उनीहरु सहित ९ जना उक्त स्थानमा बाटो… पुरा पढौ

काठमाडौंका मेयर बालेन शाह पोखरा सहित कास्कीका पर्यटकीय गन्तव्यमा घुमघाममा व्यस्त

दीननाथ बराल, पोखरा १४, वैशाख, काठमाडौंका बहु चर्र्चीत मेयर बालेन शाह यति वेला पर्यटनको राजधानि पोखरामा पारी वारिक भ्रमणमा रहनु भएको छ । आफ्नो जन्म दिन मनाउन र माता तिर्थ औशाी (आमाको मुख हेर्ने दिन) को अवसरमा पोखरामा रहेका मेयर शाह पोखराका पर्यटकीय गन्तव्य फेवाताल, कास्कीको माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्म लगायतका स्थानमा घुमघाम गर्दै व्यस्त हुनु भएको हो । पारिवारीक भ्रमणमा पोखरामा आउनु भएको मेयर शाह आफ्नो परिवारको साथमा शनिबार कास्की माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्ममा पुग्नु… पुरा पढौ

लायन्स कप भलिबल खेल्न इरानी टोली पोखरा आइपुग्यो

पोखरा, १४ वैशाख, प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप खेल्न इरानी टोली पोखरा आइपुगेको छ । बैशाख १८ गतेदेखि पोखरामा हुने च्याम्पियनसिपका लागि इरानीको इरान भलिबल क्लब आइतबार पोखरा आइपुगेको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । इरानी टोलीमा राष्ट्रिय स्तरमै खेलेका खेलाडीहरु समावेश रहेको अर्यालले बताए । प्रतियोगितामा इरानी र भारतीय टोलीसहित ६ टोलीले सहभागिता जनाउने छन् । भारतको टोलीको बैशाख १६ गते पोखरा आइपुग्ने डिस्ट्रिक्ट गभर्नर अर्यालले बताए… पुरा पढौ

गण्डकी कोटिहोममा भोलि रेनु दाहालको उपस्थितिमा महायज्ञको उत्सव

पोखरा, १४ वैशाख, गण्डकी कोटिहोममा भोलि वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको सहभागितामा विशेष कार्यक्रम आयोजना हुँदैछ। यो अवसरले गण्डकी कोटिहोमको सामाजिक र धार्मिक पहलहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रमुख दहालको उपस्थितिले कार्यक्रमको महत्त्व र सम्मानलाई अझ उजागर गर्नेछ। साथै, गण्डकी कोटिहोममा ४१ दिनसम्म निरन्तर चल्ने महायज्ञले व्यापक ध्यानाकर्षण गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको यस महायज्ञमा भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन निम्तो दिइएको छ।… पुरा पढौ

फ्रि मिडिया नेटवर्क गण्डकी गठन

पोखरा, बहुसरोकारवाला बीच समन्वय, सहकार्य र पारस्परिक जवाफदेहिता अभिवृद्धिका लागि पोखरामा शुक्रबार फ्रि मिडिया नेटवर्क गण्डकी प्रदेश गठन गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक रहने गरी गठित कार्यसमितिमा मानवअधिकार, पत्रकार, अधिवक्ता, सरकारी कर्मचारी, उद्योग व्यवसायी, प्रहरीसम्बद्ध संघसंस्था सदस्य छन् ।सदस्यमा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी, गण्डकी प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं। ४ मुक्तिनाथ वाहिनी पोखरा, इन्सेक गण्डकी, गैसस महासंघ गण्डकी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, गण्डकी प्रदेश नीति तथा योजना आयोग, उच्च अदालत बार एसोसिएसन… पुरा पढौ

प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्रइरान, भारत र नेपालका गण्डकी लगायत ३ विभागीय टीम सहभागी हुने

पोखरा, १३ वैशाख, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा हुने ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ को तयारी तीव्र पारिएको छ । यही वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुने च्याम्पियनशीपको तयारी ९० प्रतिशत पूरा भइसकेको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो । च्याम्पियनशीपमा छ वटा टीमको सहभागिता रहनेछ । विदेशका टीमहरु इरान र भारतको सहभागिता रहनेछ भने गण्डकी… पुरा पढौ

पोखरामा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित, डा. भट्टराई सम्मानित, बाल बाथका बिरामीलाई सहयोग गछौंः अध्यक्ष मर्सानी

पोखरा १३, वैशाख, पोखरामा आज (शनिबार) सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा भएको उक्त कार्यक्रमबाट कास्की सहित ४ जिल्लाका ६९ जना लाभान्वित भएको प्रा.लि.ले जनाएको छ । पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै गरेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन भएको उक्त शिविरमा कास्की सहित, पर्वत, जमजुङ, र बागलुङका गरी… पुरा पढौ