फिस्टेल एकेडेमीमा मोडेल युनाइटेड नेशन्स कार्यक्रम सुरु

-


     पोखरा क्लिक     
     भाद्र १३ गते २०८२ मा प्रकाशित


पोखरा, भदौ १३,

पोखरा–१७, तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी आइ।बी।वर्ल्ड स्कुलमा शुक्रबारदेखि मोडेल युनाइटेड नेशन्स कार्यक्रम सुरु भएको छ। तीन दिनसम्म चल्ने यस कार्यक्रममा देशका ११ विद्यालयका १२६ विद्यार्थी सहभागी भएका छन्।

पाँच समूहमा विभाजित विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका विभिन्न अंग र समितिको प्रतिरूप बनाएर विश्वव्यापी विषयमा छलफल थालेका छन्। छलफलका विषयमध्ये ग्रामीण महिला तथा आदिवासी समुदायका चुनौती, इजरायल–प्यालेस्टाइन द्वन्द्व, घातक स्वचालित अस्त्र प्रणाली, शरणार्थी तथा आन्तरिक विस्थापितहरूको अधिकार र आणविक ऊर्जाको भूराजनीतिक दायरा प्रमुख रहेका छन्।

कार्यक्रमको प्रारम्भिक दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनु रानाभाटले दीप प्रज्वलन र प्रबन्ध निर्देशक एलिस रानाभाटले बिरुवामा पानी हालेर उद्घाटन गर्नुभयो। विद्यालयका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा अनुसन्धानात्मक क्षमता, सञ्चार सीप तथा विश्वका जल्दाबल्दा समस्यामा विचार प्रस्तुत गर्ने कौशल विकास हुनेछ भन्ने विश्वास लिएको छ। साथै, संयुक्त राष्ट्रसंघको कार्यप्रणाली बुझ्न, समसामयिक समस्यामा आवाज उठाउन र समाधान खोज्न विद्यार्थीहरू अग्रसर हुने अपेक्षा गरिएको छ। कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ।



This will close in 20 seconds