समाज

असोज ११ गते हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड, ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

पोखरा, ३ असोज, विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् । कम्तीमा २ सयदेखि २५० जना खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेकाले दर्ता अझै केही दिन रहने उनले… पुरा पढौ

पोखराको झण्डा पार्कमा नयाँ झाण्डा फेरियोः पोखराका मेयर आचार्यद्धारा नागरिक अधिकारको प्रत्याभूतिको लागि कर्तव्य पालना गर्न जोड

पोखरा, असोज ३ , जेनजी आन्दोलनको क्रममा पोखराको झण्डा पार्कमा राखिएका विभिन्न देशका झाण्डा च्यात्ने त केही झण्डा नै चोरी भएको अबस्थामा आज संविधान दिवसको अवसरमा नयाँ झण्डा फेरिएको छ । पोखराका मेयर धनराज आचार्यले नेपालको राष्ट्रिय भण्डोतोलन गरी उक्त झाण्डा पार्कमा नयाँ झण्डा पुनः राखिएको वा फेरिएको हो । कार्यक्रममा बोल्दै मेयर आचार्यले संविधानले प्रत्याभूति गरेका नागरिकका अधिकारहरूको पूर्ण संरक्षण र कार्यान्वयनमा पोखरा महानगर पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको… पुरा पढौ

नेपाली कागेंस संसदीय दलले १० लाख दिने

पोखरा २, असोज, नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माण अभियानकोे लागि १० लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस संसदीय दलका नेता एवं गण्डकी प्रदेशमा मुख्यमन्त्री समेत रहनु भएको सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज (बिहीबार) बसेको संसदीय दलको बैठकले पुनः निर्माण कोषमा १० लाख रुपैया सहयोग गर्ने निर्णय गरेको हो । उक्त बैठकले पुनः निर्माण कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गर्दै थप अन्य सहयोगको लागि समन्वय गर्ने जनाएको छ । उक्त बैठकले तत्काल पुनः निर्माण… पुरा पढौ

मुस्ताङका भेंडा–च्यांग्रा पोखरामा भित्रिए (भिडियो सहित) प्रारम्भिक चरणमा प्रति भेंडा–च्यांग्रा ४० देखि ४५ हजार मुल्य

दीननाथ बराल, पोखरा ०२, असोज, हिमालपारीको जिल्ला मुस्ताङमा हुर्काइएका भेंडा—च्यांग्रा यतिवेला पोखरामा भित्रिएका छन् । नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ—दिपावलीको अवसरमा परम्परागत रुपमा चल्दै आएको प्रचलन अनुसार यस बर्षका चार्ड पर्व लक्षित गरी पोखरा क्षेत्रमा व्यवसायीहरुले भेंडा च्यांग्रा बिक्रि वितरण गर्न भित्राएका हुन् । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=fzZZ2dqEbvE पोखरा २५ हेमजा सुइखेत देखि, बिष्णुपादुका बिद्यालयको खेल मैदान हुदै याम्दीसम्मको क्षेत्रमा हाल पहिलो चरणमा ७ समुहले भेंडा च्यांग्रा बिक्रिको लागि पोखरामा ल्याउनु भएको हो । गत बर्षको… पुरा पढौ

पोखरा रोयल सहकारीद्वारा प्रहरीलाई मोटरसाइकल सहित वडा कार्यालयलाई सामग्री सहयोग हस्तान्तरण

जया पौडेलपोखरा, जेन–जी युवा पुस्ताको गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा पोखराका सयौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोडका कारण कार्यसम्पादनमा अवरोध सिर्जना भएपछि, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ३ लाख ४४ हजार रुपैयाँ बराबरको सामग्री सहयोग हस्तान्तरण गरेको छ। सहकारीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई टिभिएस कम्पनीको १२५ सिसी क्षमताको एक थान मोटरसाइकल तथा पोखरा महानगरपालिका–१० वडा कार्यालयलाई एक सेट कम्प्युटर र एक सेट प्रिन्टर हस्तान्तरण गरेको सहकारीले पोखराक्लिकलाई जनाएको छ… पुरा पढौ

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

पोखरा, १ असोज, जेनजी आन्दोलनमा दिवंगत भएकाहरूको सम्झनामा आज देश भरका विभिन्न ठाँउमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।यसैक्रममा पोखराका पर्यटन, खेलकुद, राजनीतिककर्मी, संचारकर्मी सहित विभिन्न पेशा व्यवसायमा आबद्ध भएका तथा विभिन्न संघ संस्था र सबै उमेर समुहले दीप प्रज्वलन गर्नु भएको हो । बेगनास ताल तथा पोखरा ३२ तल्लो गगनगौंडा चोकमा समेत दीप प्रज्वलन गरिएको पत्रकार बासु पौडेलले बताउनु भयो ।पृथ्वी राजमार्ग अन्तर्गतको उक्त स्थानमा तल्लो गगनगौडा र आसपास क्षेत्रका स्थानीयवासीहरूले सामूहिक रुपमा उपस्थित भई दीप प्रज्वलन गरेको… पुरा पढौ

जनप्रतिनिधिको परिवार हो भन्ने बहानामा हाम्रो पसिना र श्रमलाई क्षणभरमै खरानी पारियोः आचार्य

दीननाथ बराल,पोखरा, १ असोज, गण्डकी प्रदेशकै सबैभन्दा ठुलो सुविधा सम्पन्न सभाहलका रूपमा स्थापित भएको पोखरा इभेण्ट सेन्टर केही दिन देखि भुत घर जस्तो भएको छ । जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड र लुटपाट भएको दृश्य नजिकबाट न्यालनु भएको पोखरा इभेन्ट सेन्टरका प्रबन्ध सञ्चालक शिवराज आचार्यले आन्दोलनकारीहरुलाई प्रश्न गर्नु भएको छ । जनप्रतिनिधिको परिवार हो भन्ने बहानामा हाम्रो पसिना र श्रमलाई क्षणभरमै खरानी पार्नु गलत भएको उहाँले गुनासो गर्नुभयो । प्रबन्ध संचालक आचार्यले भन्नुभयो “के जनप्रतिनिधिको परिवारमा जन्मिनु अपराध हो ?… पुरा पढौ

जेनजी आन्दोलनको क्रममा वरपिपल रिसोर्टमा तोडफोड र आगजनी, संचालक गुरुङद्वारा दोषीमाथि कडा कारबाहीको माग, हिम्मतका साथ रिसोर्ट पुनः संचालन

दीननाथ बराल,पोखरा, १ असोज, जेन–जी (जेनेरेसन जेड) आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा भएको तोडफोड र सवारीसाधनमा गरिएको आगजनीप्रति रिसोर्टका संचालक तथा प्रबन्ध निर्देशक जितु गुरुङले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ । गुरुङले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दैआन्दोलनको नाममा आपराधिक प्रवृत्तिका समूहहरूले रिसोर्टमा तोडफोड, आगजनी र लुटपाट गरी करोडौं रुपैयाँ बराबरको क्षति पुर्‍याएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, “यो आक्रमण वास्तविक जेनजी आन्दोलनकारीको नभई आपराधिक गिरोहकै हो। त्यसैले निष्पक्ष छानबिन गरी दोषीलाई फौजदारी कानुनअनुसार कठोर कारबाही… पुरा पढौ

अध्यक्ष थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई

पोखरा, पाँचमहिनादेखी युनाईटेड अरब इमिरेट्स (यूएई) माअलपत्र परेका पोखरा महानगरपालिका वडा नंं २६ का अमृत रानाभाटलाई उद्धार गरेर परिवारलाई बुझाईएको छ । वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएई देखी रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाएकाहुन । रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई पुगेका थिए । शुरुमा एघार सय डिराम तलब तोकिएर युएई पुगेका रानाभाटले कम्पनीले तोेके अनुसारको तलव नपाए पछिछाडेर अर्को झुमर टेक्निकल सर्भिसमा सरेका थिए । त्यहाँ पनि भने जति… पुरा पढौ

दिगो शान्तिको कामना र व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि पोखरामा मौन शान्ति ¥याली

पोखरा, मुलुकमा दिगो शान्तिको कामना र व्यावसायिक सुरक्षाको प्रत्याभूतिका उद्देश्यले पोखरामा बृहत मौन शान्ति ¥याली निकालिएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा बस्तुगत संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा मंगलबार बिहान गैह्रापाटनस्थित संघको सचिवालयबाट ¥याली सुरु भएको हो । संघका अध्यक्ष गोकर्ण कार्कीको अगुवाइमा निकालिएको ¥याली जेनजी आन्दोलनका क्रममा दिवंगत भएका आत्माहरूको चिरशान्तिको कामना, देशमा देखिएको अशान्तिको अन्त्य र व्यावसायिक वातावरण पुनःस्थापना गर्ने उद्देश्यले आयोजना गरिएको अध्इक्ष कार्कीले जनाए । अध्यक्ष कार्कीले शान्ति बिना व्यावसायिक वातावरण निर्माण नहुने र आत्मबल नबढ्ने… पुरा पढौ