समाज

पोखरामा टिभीएस आइक्यूब ३.० र टिभीएस आइक्यूब ३.५ सार्वजनिक

पोखरामा टिभीएस मोटर कम्पनी (टिभीएसएम) ले जगदम्बा मोटर्स प्रा.लि. सँगको सहकार्यमा नेपालमा टिभीएस आइक्यूबका दुई नयाँ भेरियन्ट (टिभीएस आइक्यूब ३.० र टिभीएस आइक्यूब ३.५ सार्वजनिक गरेको छ । स्क्वायर मोटर्स पोखराले न्युरोडस्थित सिटि स्क्वायर ब्याङ्केटमा विशेष कार्यक्रम गरी नयाँ मोडेल आइतबार बेलुका सार्वजनिक गरेको हो । स्क्वायर मोटर्स प्रा। लि। जगदम्बा मोटर्स प्रा। लि। का लागि कास्की जिल्लाको आधिकारिक विक्रेता हो । नयाँ प्रस्तुत टिभीएस आइक्यूब ३.० मा १०० किलोमिटरको वास्तविक दायरा र १२३ किलोमिटरको कम्पनी दायरा रहेको छ ।… पुरा पढौ

युनाइटेड क्लब द्वारा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा कम्प्युटर प्रदान

पोखरा, सामाजिक काममा अग्रणी युनाइटेड क्लब पोखराले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर प्रदान गरेको छ । जेन्जी आन्दोलनको क्रममा आगलागीबाट सम्पूर्ण सामाग्री नष्ट भएपछि जिल्ला सरकारी वकिल कार्यालयमा दैनिक कामकाजमा सहज बनोस भन्ने उद्देश्यले युनाइटेड क्लब पोखराले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत कम्प्युटर प्रदान गरेको हो । युनाइटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष एवं विपद ब्यवस्थापन समिति संयोजक सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, क्लबका शुभ चिन्तक दिपक… पुरा पढौ

थप ५ मन्त्रीको सिफारिस

काठमाण्डौं, प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौ्डेल समक्ष सिफारिस गर्नु भएको छ । पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहनु भएको मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गर्नु भएको हो । खरेललाई संचार, सिन्हालाई उद्योग, मिश्रालाई स्वास्थ्य, पुनलाई शिक्षा, परियारलाई भने कृषि मन्त्रीमा नियुक्ति हुने श्रोतले जनाएको छ। सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको निःशुल्क उपहार कार्यक्रम

पोखरा, चाडपर्वलाई लक्षित गरि पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले निःशुल्क उपहार योजना कार्यक्रम ल्याएको छ । एशोसिएसनले उपहार कार्यक्रम भदौ २२ गतेदेखि मंसीर २७ गतेसम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको हो । एशोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले उपहार कार्यक्रम अन्तरगत मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने छ भने बम्पर उपहारमा २० हजारको सपिङ भौचर ५ जनालाई प्रदान गरिने बताए । उनका अनुसार बुद्ध… पुरा पढौ

पोखरा–२२ मा ५ दिने माला बनाउने तालिम सुरु, स्थानीय महिला र युवामा उत्साह

पोखरा, पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा, वडा युवा परिषद–२२ को सहआयोजनामा तथा कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाको समन्वयमा आइतबारदेखि पाँच दिने माला तथा हस्तकला तालिम सुरु भएको छ । तालिम असोज ९ गतेसम्म सञ्चालन हुनेछ। स्थानीय महिला र युवालाई सीपमूलक, व्यवसायिक तथा उद्यमशील बनाउन उद्देश्यका साथ सुरु गरिएको तालिमको पहिलो दिन करिब दुई घण्टा सञ्चालन भएको थियो। तालिममा विभिन्न टोलका बासिन्दाको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता वडा युवा परिषद–२२ र कालिमाटी शान्ति स्तूप टोल विकास… पुरा पढौ

युरिक एसिड निशुल्क, सबै जाँचमा छुट

पोखरा, ५ असोज, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले दसैं, तिहारसहितका चाडपर्व लक्षित छुट योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युआरएलको यो चाडपर्व विशेष छुट योजना कात्तिक १० गतेसम्म युआरएलका सबै शाखामा लागू हुनेछ । जेनजी आन्दोलनपछि बद्लिएको परिस्थितिमा पनि ग्राहकको सेवालाई मध्यनजर गरी छुट योजना सार्वजनिक गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए । यो अवधिमा थाइराइड, क्यान्सर, भिटामिन डी, होलबडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिइने पन्थले उल्लेख गरे । विश्वकै सर्वोकृष्ट प्रविधि… पुरा पढौ

पोखरा सहित गण्डकी प्रदेशका पर्यटन व्यावसायीहरु नेपाल राष्ट्र बैंकमा, सहुलियत दरमा कर्जा सहितको राहत उपलब्ध गराउन माग

दीननाथ बराल,पोखरा ५, असोज, पोखरा सहित गण्डकी प्रदेशका पर्यटन व्यावसायीहरु नेपाल राष्ट्र बैंकमा पुग्नु भएको छ । जेनजी आन्दोलनको क्रममा करिब साँढे २ अर्ब भन्दा बढीको क्षति भएको दाबी गर्दै व्यवसायीहरुले पर्यटनको सिजनमा उक्त आन्दोलनका कारण पर्यटन व्यावसाय धरासाहि भएकोले व्यवसायीहरुको लागि राहत उपलब्ध गराउन माग गर्दै व्यवसायीहरु नेपाल राष्ट्र बैंकमा पुग्नु भएको हो । व्यवसायीहरुले सहुलियत दरमा कर्जा सहितको रहात उपलब्ध गराउन माग गरेको टोलीमा सहभागि मध्यका एक नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनु भयो ।… पुरा पढौ

सोमबारदेखि विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

दीननाथ बराल, पोखरा ५, असोज, कास्कीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय तिर्थ स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव–२०८२ आयोजना हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन भालि(सोमबार) बिहान ९ बजे सुरु उक्त महोत्सव हुने भएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । उक्त महायज्ञ महानवमीको दिन मध्यान्ह १२ बजेसम्म निरन्तर सञ्चालन हुने उहाँले जनाउनु भयो । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाले तयारीमा अवरोध पु¥याएकाले यसपटक परम्परागत… पुरा पढौ

एल.जि. युकेको सहयोगमासहारा एकेडेमीको बालकहरुलाई ट्रयाक सुट हस्तान्तरण

पोखरा, लालीगुराँस एशोसियसन एल.जि. युकेको सहयोगमा सहारा एकेडेमीका बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको छ । एल. जि. एशोसियशन नेपालका संस्थापक एवम् एल. जि. फेष्ट कार्यक्रम युकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा)को पहलमा युकेमा आयोजित एल.जि. फेष्टमा संकलित रकमबाट सामाजिक कार्य अन्तर्गत एल.जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङको सहकार्यमा पोखरा १७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसिय फुटबल एकेडेमीमा रहेका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो । सो अवसरमा वोल्दै एल. जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङले… पुरा पढौ

गण्डकी प्रदेशको समुन्नतिको आधारशिला खडा गछौंः मुख्यमन्त्री पाण्डे

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र प्रभावकारी कार्यान्वयन नै देशमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मूल आधार हुने बताउनुभएको छ । संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पोखरामा आयोजना गरेको मुख्य समारोहलाई सम्बोधन गर्दै उहाँले सबै पक्षले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ । यस यात्रामा गण्डकी प्रदेश सरकार संघीय सरकार र स्थानीय तहबीच समन्वय… पुरा पढौ