
पोखरा, २६ माघ,
विद्यार्थीहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा सामाजिक सेवामा सक्रिय रहने उद्देश्यका साथ पोखरामा ‘लेकसिटी स्टुडेन्ट वेलफेयर क्लब’ विधिवत् रूपमा स्थापना गरिएको छ । हालै सम्पन्न विशेष विद्यार्थी भेलाले सफल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको प्रथम उपाध्यक्षमा रोजिना वाग्ले र द्वित्तीय उपाध्यक्षमा पवित्रा सुवेदी चयन हुनुभएको छ ।
त्यसैगरी सचिवमा उमेन्द्र गुरुङ र सह–सचिवमा निश्चल उदास रहेका छन् । आर्थिक पारदर्शिताको जिम्मेवारी कोषाध्यक्षमा सन्देश शर्मालाई चयन गरिएको छ । क्लबलाई संस्थागत मार्गदर्शन तथा अभिभावकत्व प्रदान गर्न सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देललाई सल्लाहकार (ब्मखष्कयच) का रूपमा मनोनयन गरिएको छ । समितिका सदस्यहरूमा एभिक कर्माचार्य, निकिता सुवेदी, शिशिर बरुवाल, सुवोध गायक र प्रशंसा कायस्थ रहेका छन् ।
ऊर्जाशील युवाहरूको सहभागिता रहेको यस समितिले विद्यार्थी क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । नवनियुक्त अध्यक्ष सुवेदीले पदभार ग्रहण गर्दै भने, “विद्यार्थीका समस्या समाधानमा पुलको भूमिका निर्वाह गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने रचनात्मक गतिविधि सञ्चालन गर्नु हाम्रो मुख्य उद्देश्य हो । क्लबले आगामी कार्ययोजना अन्तर्गत शैक्षिक कार्यशाला, नेतृत्व विकास तालिम तथा सामाजिक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । पोखराका विद्यार्थीहरूको चौतर्फी विकासका लागि यो क्लब एक दरिलो र साझा प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ ।




