लेकसिटी स्टुडेन्ट वेलफेयर क्लबको अध्यक्षमा सफल सुवेदी

-


     पोखरा क्लिक     
     माघ २६ गते २०८२ मा प्रकाशित


पोखरा, २६ माघ,

विद्यार्थीहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा सामाजिक सेवामा सक्रिय रहने उद्देश्यका साथ पोखरामा ‘लेकसिटी स्टुडेन्ट वेलफेयर क्लब’ विधिवत् रूपमा स्थापना गरिएको छ । हालै सम्पन्न विशेष विद्यार्थी भेलाले सफल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको प्रथम उपाध्यक्षमा रोजिना वाग्ले र द्वित्तीय उपाध्यक्षमा पवित्रा सुवेदी चयन हुनुभएको छ ।

त्यसैगरी सचिवमा उमेन्द्र गुरुङ र सह–सचिवमा निश्चल उदास रहेका छन् । आर्थिक पारदर्शिताको जिम्मेवारी कोषाध्यक्षमा सन्देश शर्मालाई चयन गरिएको छ । क्लबलाई संस्थागत मार्गदर्शन तथा अभिभावकत्व प्रदान गर्न सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देललाई सल्लाहकार (ब्मखष्कयच) का रूपमा मनोनयन गरिएको छ । समितिका सदस्यहरूमा एभिक कर्माचार्य, निकिता सुवेदी, शिशिर बरुवाल, सुवोध गायक र प्रशंसा कायस्थ रहेका छन् ।

ऊर्जाशील युवाहरूको सहभागिता रहेको यस समितिले विद्यार्थी क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । नवनियुक्त अध्यक्ष सुवेदीले पदभार ग्रहण गर्दै भने, “विद्यार्थीका समस्या समाधानमा पुलको भूमिका निर्वाह गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने रचनात्मक गतिविधि सञ्चालन गर्नु हाम्रो मुख्य उद्देश्य हो । क्लबले आगामी कार्ययोजना अन्तर्गत शैक्षिक कार्यशाला, नेतृत्व विकास तालिम तथा सामाजिक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । पोखराका विद्यार्थीहरूको चौतर्फी विकासका लागि यो क्लब एक दरिलो र साझा प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ ।



This will close in 20 seconds