समाज

नेपाल उद्योग वाणिज्य महासङ्घको कर तथा राजस्व समितिको आमन्त्रित सदस्यमा पोखरेल मनोनित

पोखरा ८, असोज, निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको कर तथा राजस्व समितिको आमन्त्रित सदस्यमा जगत पोखरेल मनोनित हुनुभएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रति आमन्त्रित सदस्य पोखरेलले धन्यावद दिदै महासंघको हकहितमा आफु दिलो ज्यान दियर लाग्ने बताउनु भयो । आफुले पाएको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । समितिका संयोजक तथा युवा उद्यमी अम्बिका प्रसाद पौडेलप्रति पोखरेलले विशेष धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । महासंघलाई सशक्त रुपमा अगाडी बढाउने कार्यमा यहाँको सम्मिलित समितिले… पुरा पढौ

पोखरामा विहिबार देखि पुनः हट एयर बेलुन उडान हुने

दीननाथ बराल, पोखरा ७, असोज, पोखरामा साहसिक खेल हट एयर बेलुन यही असोज ९ गते (सेप्टेम्बर २५ तारिख) बाट पुनः सुचारु हुने भएको छ । बर्षादको मौसममा केही समय स्थगित भएको हट एयर बेलुन पर्यटनको सिजन सुरु भएसंगै आउँदो विहिबार देखि सुरु हुने भएको बलुन नेपालका अध्यक्ष विक्रम बाडेले पोखराक्लिकलाई बताए । स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि अग्रिम बुकिङ खुला गरिएको उनले जनाए । उक्त उडान बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा… पुरा पढौ

कास्केली नागरिकलाई प्रहरीको अनुरोध

पोखरा, ७ असोज, प्रहरीले सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको पूर्ण गोपनीयता राख्ने गरी अपि गरेको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा केही अपराधिक पृष्ठभूमिका व्यक्तिहरु घुसपैठ गरी जिल्ला अन्तर्गतका विभिन्न सुरक्षा निकाय, सरकारी तथा गैर–सरकारी संघ–संस्था, व्यवसायिक प्रतिष्ठान साथै व्यक्तिगत घर–सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र विध्वंसात्मक कार्यमा संलग्न भएका कुनै पनि भिडियोहरु प्रहरी सामु पेश गर्न प्रहरीले आग्रह गरेको छ । उक्त घटनासँग सम्बन्धित प्रमाणजन्य सामग्रीहरु — जस्तै सिसिटिभी फुटेज, भिडियो… पुरा पढौ

युनाइटेड क्लब पोखराद्वारा पोखरा १० र १२ नम्बर वडालाई कम्प्युटर र प्रिन्टर प्रदान

पोखरा, युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका वडा नं १० र १२ लाई सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते आगलागीबाट वडा कार्यालयहरु पूर्ण रुपमा क्षती भइ जनताको काममा समेत अफ्ठ्यारो सिर्जना भएपछि युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत पोखरा महानगरपालिका वडा नं १० र १२ लाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । युनाइटेड क्लबले नेपालीहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरि स्थापना गरिएको विपद व्यवस्थापन कोष… पुरा पढौ

दर्शन सहकारीको १५ औं साधारण सभा सम्पन्न

पोखरा, दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराको १५ औंसाधारण सभा पोखराको नेपाल ठकुरी संगम परिवार कास्कीमा सम्पन्न भएको छ । सोमबार भएको सभाले आर्थिक वर्ष ०८१र०८२ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । सहकारीका जेष्ठ शेयर सदस्य पदम बहादुर सिंहले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गर्नुभयो । सिंहले सहकारीलाई सक्षम बनाउन सन्चित कोष रकम बढि जम्मा गर्नु पर्ने बताउदै… पुरा पढौ

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

दीननाथ बराल, पोखरा ७, असोज, कास्कीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय तिर्थ स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव–२०८२ सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन सोमबार देखि महोत्सव सुरु भएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताउनु भयो । उक्त महायज्ञ महानवमीको दिन मध्यान्ह १२ बजेसम्म निरन्तर सञ्चालन हुने उहाँले उल्लेख गर्नुभयो । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाले तयारीमा अवरोध पु¥याएकाले यसपटक परम्परागत रुपमा हुँदै आएको नवदुर्गा शोभायात्रा भने… पुरा पढौ

पोखरामा स्वदेशी उत्पादनको राइड सेयरिङ एप ‘मुभइन’ सेवा सुरु

दीननाथ बराल,पोखरा, ६ असोज, अब देखि पोखरामा ट्याक्सी सेवा लिनको लागि सडक छेउमै उभिनु पर्ने अबस्था छैन । मोबाइलमा ‘मुभइन’ एप खोल्नुस्, नजिकको ट्याक्सी देख्नुस् र आफ्नै घर गेटमै सेवा लिन सक्नुहुन्छ । पोखरामा सोमबारदेखि यो सेवा औपचारिक रुपमा सुरु भएको हो । यो सेवा स्वदेशी लगानी र सीपमा बनेको नेपालकै पहिलो राइड सेयरिङ एप भएको दाबी गरिएको छ । यसअघि राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका यातायात व्यवसायी अहिले भने आफ्नै एप प्रयोग गर्न आग्रह गर्दैछन् । गण्डकी प्रदेश… पुरा पढौ

विन्ध्यवासिनी मन्दिरमा सरसफाइ

पोखरा असोज ६, रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्जको आयोजनामा सोमबार पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । रेडियोले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा १२ महिना १२ कार्यक्रम अन्तर्गत असोज महिनाको लागि मन्दिर परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरेको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए । सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै रेडियोका अध्यक्ष विश्वशङ्कर पालिखेले स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । नेपालीहरूको महान चाड दशैँ… पुरा पढौ

पर्वतीय दौडमा, विश्व कीर्तिमानी धावक घिमिरे र समाजसेवी गुरुङ सम्मानित हुने

पोखरा, ६ असोज, पोखरा प्रवद्र्धन केन्द्रको प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्गत यसपटक तनहुँका विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र पोखराका समाजसेवी अशोक गुरुङलाई सम्मान गरिने भएको छ । संस्थाले वार्षिक कार्ययोजना अन्तर्गत समाजसेवा, राष्ट्रसेवा र खेलकुदका माध्यमबाट उद्यमशीलता, नवप्रवर्तन एवम् पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एकजना खेलकुद र एकजना उद्यम तथा नवप्रर्वतन क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्दै आएको छ । यसअघि, उक्त सम्मानबाट अग्रज समाजसेवी तथा उद्यमी पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक लेफ्टिनेन्ट कुसान गुरुङ सम्मानित… पुरा पढौ

होटल संघका अध्यक्ष सुवेदी सहितको टोली काठमाडौंमा

पोखरा, ६ असोज, जेनजी आन्दोलनसँगै नकारात्मक रुपमा प्रभावित हुन पुगेको पोखरेली पर्यटनलाई टिकाउने प्रयासस्वरुप पोखरेली पर्यटन व्यवसायीले आफ्नो पहल अगाडि बढाएका छन् । यसका लागि होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीसहितको एक टोलीले आइतबार केन्द्रिय बैंकका गभर्नर विश्वनाथ पौडेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई भेटी आफ्ना दुःखेसो सुनाएका थिए । अध्यक्ष सुवेदीका अनुसार गभर्नर पौडेलसँगको भेटका क्रममा मुख्य पर्यटन मौसमको मुखैमा आएर नेपाली पर्यटनले ठूलो बज्रपातको सामना गर्नुपरेको विषय व्यवसायीले स्मरण गराएका थिए । अहिलेको… पुरा पढौ