आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लव र हङकङको गोर्खा इन्टरनेशनल क्लव भिड्ने, दुबै टिमको उद्घाटन खेल जित्ने दाबी

-


     पोखरा क्लिक     
     माघ २६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २६ माघ

नेपालको प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा आयोजक सहारा क्लव र पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब बिच भोलि(मंगलबार) प्रतिस्प्रर्धा हुने भएको छ । पोखरा रंगशालाको फुटबल मैदानमा मंगलबार साँझ हुने उक्त प्रतियोगितामा दुबै टोलीले जित्ने दाबी गरेका छन् ।

आहा रारामा हङकङबाट पहिलो पटक सहभागि भएको गोर्खा इन्टरनेशनल फुटबल क्लवले भोलिको खेलमा आयोजक सामु उत्कृष्ट खेल प्रर्दशन गरी जित निकाल्ने रणनितीमा रहेको प्रशिक्षक दीपक रानाले पोखराक्लिकलाई बताउनु भयो । युवा खेलाडी, नेपाली मुलका करिब ७० प्रतिशत आबद्ध रहेको टोलीको कप्तान आर्यान राई रहनु हुने भएको छ । आफुहरु सेमिफाइनल सम्मको यात्रामा पुग्ने उहाँले जनाउनु भयो । यता आयोजक सहारा क्लवले हालसम्म एक पटक मात्र उपाधि जितेको छ भने भोलिको उद्घाटन खेल पनि हतारहतारमा टिम तयार पारेको छ । सहाराका प्रशिक्षक सुनिल रानाले आफुहरुले भोलिको खेलमा राम्रो फुटवल प्रर्दशन गराउने जनाउनु भयो । आसिस गुरुङको कप्तानीमा मैदानमा उर्तिने तयारी गरेको सहारा क्लवले नाइजेरीयन खेलाडी डेनीयाललाई समेत सहभागि गराएको छ । आफुहरुसंट संकटा तथा एनआरटिका केही अनुभवी खेलाडीहरु रहेको प्रशिक्षक रानाले जनाउनु भयो ।

पोखराको सहारा क्लबको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिताल रहेको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनु भयो । प्रतियोगिता मंगलबार ५ः०० बजे पछि हुने भएको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । यही माघ २८ गते जाउलाखेल युथ क्लव बिरुद्ध मछिन्द्र फुटवल क्लव बिच खेल हुने भएको छ । शसस्त्र प्रहरी बलको एपिएफ क्लब बिरुद्ध मनाङ मर्साङदी क्लव बिच माघ २९ गते खेल हुने भएको छ । समुह ए तर्फ पुलिस, सहारा क्लव, हङकङको गोर्खा इन्टर नेश्नल क्लव, एपिएफ क्लव, मनाङ मस्र्याङदी क्लव र थन्डरबोल्ट नर्थ युनाइटेड रहेका छन भने समुह बीमा चर्च वाइज, जाउलाखेल युथ क्लव, मछिन्द्र क्लव, फ्रेण्डस क्लव, प्लानिङ ब्वाइज युनाइटेड, एभा एफसी, उज्बेकिस्तान रहेका छन् । प्रतियोगिताका सेमिफाइनल खेलहरू फागुन ६ र ७ गते सञ्चालन हुनेछन् भने फागुन ९ गते पोखरा रंगशालामा फाइनल खेल हुने भएको छ । हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुने भएको हो ।