मुस्ताङका भेंडा–च्यांग्रा पोखरामा भित्रिए (भिडियो सहित) प्रारम्भिक चरणमा प्रति भेंडा–च्यांग्रा ४० देखि ४५ हजार मुल्य

-


     पोखरा क्लिक     
     असाेज २ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ०२, असोज,

हिमालपारीको जिल्ला मुस्ताङमा हुर्काइएका भेंडा—च्यांग्रा यतिवेला पोखरामा भित्रिएका छन् । नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ—दिपावलीको अवसरमा परम्परागत रुपमा चल्दै आएको प्रचलन अनुसार यस बर्षका चार्ड पर्व लक्षित गरी पोखरा क्षेत्रमा व्यवसायीहरुले भेंडा च्यांग्रा बिक्रि वितरण गर्न भित्राएका हुन् । यसै सम्बन्धि भिडियो सामाग्रि ।

पोखरा २५ हेमजा सुइखेत देखि, बिष्णुपादुका बिद्यालयको खेल मैदान हुदै याम्दीसम्मको क्षेत्रमा हाल पहिलो चरणमा ७ समुहले भेंडा च्यांग्रा बिक्रिको लागि पोखरामा ल्याउनु भएको हो । गत बर्षको तुलनामा यस बर्ष केही थोरै सहुलियतमा भेंडा च्यांग्रा बिक्रि गर्न थालिएको सुक बहादुर तामाङले बताउनु भयो ।