राजनीति

गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः माननिय पौडेल

पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेश माननिय विन्दु पौडेलले बताएकी छन् । सोमबार महायज्ञमा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी माननिय पौडेलले धेरै पछि देशमा यस प्रकारको व्यबस्थित कार्यक्रम सञ्चालन भएको बताएकी छन् । साथै उनले गण्डकी कोटिहोम महायज्ञले नेपालको धार्मिक इतिहासमा इतिहास रच्ने निश्चित रहेको बताएकी छन् । कार्यक्रममा कोटिहोम महायज्ञको शुभकामना प्रदान गर्दै गर्दा उनले भनिन–“नेपालमा कसैले आटन… पुरा पढौ

शिक्षा मन्त्री विद्या भट्टराईद्धारा राजीनामा

काठमाण्डौं , ८, वैशाख नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेटेर मन्त्री भट्टराई राजीनामा पत्र बुझाउनुभएको हो । मन्त्री भट्टराईले राजीनामा दिनु भएको उहाँका प्रेस संयोजक रामजी लम्सालले पोखराक्लिकलाई बताउनु भयो । राजीनामा दिनुको कारण नखुले पनि प्रविधिक रुपमा केही कठिनायी भएका कारण उहाँले राजीनामा दिनु भएको श्रोतको भनाई छ । काठमाण्डौंमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन जारी रहेको छ । यही… पुरा पढौ

आमाबाट पनि नागरिकता पाउनु पर्छ, छिट्टै कानून आउछः गृहमन्त्री लेखक (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ६, वैैशाख, नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले आमाको नामबाट समेत नागरिकता उपलब्ध गराउन कानून आउन लागेको बताउनु भयो । नेपाल प्रेस यूनियन कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अब छिट्टै आमाको नामबाटै नागरिकता दिने कानूनि व्यबस्था मिलाउने जनाउनु भएको हो । आमाको नामबाट नागरिकता दिने प्रकृया अघि बढे पनि कानूनि झनझटले गर्दा नसकिएको उहाँले बताउनु भयो । https://www.youtube.com/watch?v=5uuFkPoyEPg पूर्व राजाबादीको नाममा वा अन्य कुनैको नाममा देशमा संविधानको व्यबस्था नै बदल्ने गरी हिंसात्मक… पुरा पढौ

पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु (भिडियो सहित)हिंसात्मक गतिविधि गर्नेलाई कार्वाही गछौं ः गृहमन्त्री लेखक

दीननाथ बराल, पोखरा, ५ वैशाख, नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले हिंसात्मक गतिविधि गर्नेलाई कार्वाही गर्ने चेतावनी दिनु भएको छ । पोखराको माउण्ट कैलाशमा आज (शुक्रबार) संचालन भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकको बिहान उद्घाटन गर्दै गृहमन्त्री लेखकले हिंसात्मक गतिविधि गर्ने जो कोहीलाई कार्वाही गर्ने चेतावनी दिनु भएको हो । https://www.youtube.com/watch?v=RFssmITH5Zs संविधान बिरोधी गतिविधि गर्ने जो कसैलाई क्षम्य नहुने उहाँले जनाउनु भयो । ७ दशकमा नेपालमा ७ पटक संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले पछिल्लो पटक बनेको संविधान विश्वकै उत्कृष्ट भएको दाबी… पुरा पढौ

बैदेशीक रोजगार बोर्डले २१ हजारलाई तालिम दिने, विदेश जाने मध्य ५ हजारलाई

दीननाथ बराल, पोखरा ४, वैशाख., श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजनामा पोखरामा आज (विहिबार) देखि दुई दिने रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम÷गोष्ठी सुरु भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला सहित लुम्बिनी प्रदेशका दुई जिल्ला गुल्मी र पाल्पाका समेत रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको बोर्डले जनाएको छ । रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरुलाई बढी प्रभावकारी बनाउदै हरेक टोल देखि वडासम्म विदेशमा गएका, विदेशबाट फर्कियर स्वदेश आएका,… पुरा पढौ

तीन कुने घटनामा सरकारप्रतिको दमन निन्दनीय– राप्रपा नेपाल अध्यक्ष थापा

पोखरा, ४ बैशाख, राप्रपा नेपालका अध्यक्ष कमल थापाले तिनकुने घटनामा सरकारको दमन निन्दनीय भएको बताउनु भएको छ । आज र भोलि पोखरामा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा आज पोखरा आउनु भएको अवसरमा स्वतन्त्र नेपाली नागरिक समाजको रिले अनसनमा ऐक्यवद्धता जनाउँदै उक्त कुरा बताउनु भएको हो । राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको मुद्दा उठाउँदै आउनु भएका अध्यक्ष थापाले जस्तोसुकै संकटकालको अवस्थामा पनि देशमा भइरहेको यो भ्रष्ट अवस्थालाई नफाली देशमा सुशासन कायम हुन नसक्ने बताउँदै यसमा सबैले आ–आफ्नो स्थानबाट साथ र सहयोग… पुरा पढौ

कास्कीको रुपामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

जया पौडल, पोखरा २, वैशाख, कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताउनु भयो । यस अघि स्वास्थ्य बिमा कार्यक्रमको सेवा लिन पोखरासम्म आउनु पर्ने बाध्यता भए पनि उक्त अस्पतालमा बिमा सेवा सुरु भएसंगै स्थानियलाई राहत हुने भएको उहाँले जनाउनु भयो । अध्यक्ष ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गर्नुभएको हो… पुरा पढौ

शान्ति निकेतनले १५ करोड लागतमा सुविधा सम्पन्न भवन बनाउँदै

पोखरा, २ वैशाख, पोखरा वडा नं। ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ । उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा।महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थापकका माताहरू कलावती र भद्रकली पराजुलीले नयाँ वर्षकै दिन सोमबार संयुक्त शिलान्यास गरे । भवन यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ । वडाध्यक्ष… पुरा पढौ

नेकपा माओवादी केन्द्र पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन सम्पन्न

पोखरा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तर्गत पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन आज पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्व, कार्यकर्ता, बुद्धिजीवी, युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको उद्देश्य पार्टी संगठनलाई मजबुत बनाउने, जनसम्पर्क विस्तार गर्ने, र स्थानीयस्तरमा विकास, समावेशिता र सामाजिक समानताका एजेन्डाहरूलाई अगाडि बढाउने रहेको थियो। संगठन सुदृढीकरणमा सम्पर्क समितिको भूमिका कार्यक्रममा सहभागीहरूलाई सम्मानपत्र, स्मृति चिन्ह र सांस्कृतिक झल्को सहित स्वागत गरिएको थियो। आयोजकहरूले कार्यक्रमलाई सङ्गठित, मर्यादित र उद्देश्यपूर्ण बनाउँदै सकरात्मक सन्देश प्रवाह गरेका थिए… पुरा पढौ

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ ः ईश्वर पोखरेल

पोखरा, ३० चैत, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो । अराजकताबादलाई सघाउने र मलजल… पुरा पढौ