राजनीति

शिक्षा मन्त्री भट्टराइद्वारा कार्यालयहरूको आकस्मिक निरीक्षण

कार्तिक २९ ,काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भटटराईले सानोठिमी स्थित विभिन्न कार्यालयहरूको बिहिबार आकस्मिक निरीक्षण गर्नुभएको छ। विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुग्नुभएकी मन्त्रीले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गर्नुभएको हो । निरीक्षण लगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाब दिनुभयो । सो अबशरमा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग… पुरा पढौ

जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चाँसो, मन्त्री थापाद्वारा निरिक्षण

पोखरा २९, कार्तिक, जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चाँसो देखाएको छ । बुधबार मात्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले निरिक्षण गरेका छन् । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको मन्त्री थापाले बताएका छन् । “कालीगण्डकीकै छेउछाउमा रहेको र प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रुपमा चासो र चर्चा पाएको जैमिनी धामको… पुरा पढौ

लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना, यातायात प्राधिकरण गठन गर्न संसदमा आवज उठाउछु–सांसद थापा

पोखरा, २९ कात्तिक नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । संघले विहीबार एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको पदस्थापना गराएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक गोकर्ण कार्कीले नयाँ कार्यसमितिलाई पदस्थापना गराउनुभएको हो । संघको नयाँ कार्यसमितिको अध्यक्षमा महेशबहादुर थापा गणेश, उपाध्यक्षमा विक्रम थापा, सचिवमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा वावुराम घिमिरे, सहचिवमा गणेशकुमार श्रेष्ठ तथा सदस्यहरुमा विनायक वराल, दिनेश वोहोरा, नारायणवावु दानी, राजन जोसी, सन्तोष श्रेष्ठ, चन्द्रबहादुर क्षेत्री अर्जुन, कुष्णकुमार मल्ल रहनुभएको छ । कार्यक्रममा… पुरा पढौ

नेपालका लागि फ्रान्सकी राजदूत र पोखराका नगर प्रमुख आचार्य बिच भेतवार्ता

पोखरा, २९ कात्तिक, नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनि कोर्टेभलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्नुभएको छ । पहिलो पटक पोखरा आउनु भएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्य बिच दुईपक्षिय हितका विषयमा छलफल भएको छ । विशेष गरी अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताउनुभयो । फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी पर्वतारोहणको इतिहास कोरेका थिए । त्यसको ३ वर्ष पछि मात्रै… पुरा पढौ

पोखरामा स्कुटरबाट भिरमा लडेर एक युवाको ज्यान गयो

दीननाथ बराल,पोखरा २८, कार्तिक, पोखरामा स्कुटरबाट भिरमा लडेर एक जना युवाको ज्यान गएको छ । भिर र झाडीको कारण सडक दुर्घटनामा परी भिरमा खस्न पुगेका पोखरामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ स्थित लाँकुरी डाँडामा स्कुटर दुर्घटना हुँदा रुकुम पश्चिमको चौरजहारी गाउँपालिका वडा नम्बर १४ घर भएका २६ वर्षीय मौसम पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बेगनास–भोर्लेटार सडकखण्डको भिरमा बा ७९ प ५८८७ नम्बरको स्कुटर सडकबाट तलको भिरमा खस्न पुग्दा… पुरा पढौ

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसंगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

काठमाण्डौं २७, कार्तिक, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागार चलाउन हुनु भएको छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ पर्नु भएको सांसद मनाङे आज (मंगलबार) काठमाण्ठौंको डिल्लीबजार कारागार चलान हुनु भएको हो । उहाँलाई प्रहरीले मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ गरेको थियो ।मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उहाँलाई केन्द्रीय कारागार पठाएको प्रहरीले जनाएको छ । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले… पुरा पढौ

पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी, सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ हुँदै

भरतपुर, कार्तिक २६, भरतपुरको मध्य भागबाट बग्ने पुङ्गी खोलालाई सौन्दर्यकरण गर्ने अभियानलाई तीब्रता दिइएको छ । सोमबार अभियान अन्तरगत भरतपुर वडा नम्बर ३ र ४ को सिमाना क्षेत्रबाट अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो । पुङ्गी खोलाको सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ भइरहेको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रर्वधन र सौन्दर्यकरणको कार्यका लागि रु १० करोड ८० लाखको ठेक्का लगाइएको ईन्जिनियर साकार लामाले जानकारी दिनुभयो । यस अन्र्तगत १।५ किलोमिटरमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नम्बर ४… पुरा पढौ

नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्नेः पूर्वजनरल महता

दीननाथ बराल, पोखरा २६, कार्तिक, भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले भारतमा नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्ने बताउनु भएको छ । २÷५ जी आर ९एफ एफ० ९भी।सी।पल्टन० पूर्व सैनिक परिवार पोखराको १३८ औं जन्म जयन्ती को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा आइतबार पोखरामा वोल्दै पूर्वजनरल मेहताले सयौं देखि नेपाल र भारत बिचको सम्बन्ध छुट्टै रहेको उल्लेख गर्दै केही बर्ष देखि स्थगित भएको भर्ती केन्द्रलाई पुनः संचालन गर्न आग्रह गर्नु भएको हो । यस बिषयमा नेपाल सरकारले भारत समक्ष पुनः… पुरा पढौ

पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष उद्घाटन

पोखरा, २५ कात्तिक पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुुभएको हो । बृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौवटा विस्तारा, थेरापी मेसिन एवम् औषधी उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको हो । कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य विमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताउनुुभयो ।स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज… पुरा पढौ

व्यवसायीद्वारा तत्काल अन्तर्राष्ट्रिय उडानको माग

पोखरा, २४ कात्तिक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ । संघद्वारा शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूर्ण हुने कुरामा सम्पूर्ण पर्यटन व्यवसायी एक मत भएका थिए । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि… पुरा पढौ