मन्त्रीमण्डल विस्तार, तीन मन्त्रीले सपथ लिए

-


     पोखरा क्लिक     
     भाद्र ३० गते २०८२ मा प्रकाशित


पोखरा,

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गरेकीछन् । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले आजै शपथ लिएका छन् । प्रधानमन्त्री कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका थिए । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले सपथ लिएका हुन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो ।आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।