
दीननाथ बराल,
पोखरा २९, भदौं,
कास्कीका सरकारी कार्यालयहरुमा सरसफाई गरिदै छ भने केही कार्यालयबाट आंंशिक सेवा सुरु गरिएको छ । जेनजी आन्दोलनले आगजनीबाट प्रायः ध्वस्त भएका अधिकांश सरकारी कार्यालयहरुमा आज(आइतबार) सरसफाई गर्न सुरु भएको छ भने केही कार्यालयबाट आंशिक सेवा सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा सरसफाइ गरी हाल आंशिक सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पोखराक्किलाई बताउनु भयो । उहाँका अनुसार आजदेखि मुद्दा दर्ता, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवा सञ्चालनमा ल्याइएको छ ।
जेनजी आन्दोलनको क्रममा यही भदौं २४ गते भएको आगजनी र लुटपाटका कारण कार्यालयमा ठुलो क्षति पुगेको उहाँले जनाउनु भयो । यसैबिच प्रशासनले सार्वजनिक सूचना जारी कार्यालयबाट अत्यावसेक सेवा सुरु गरिएको उल्लेख गरेको हो । कार्यालयका संरचना र सामग्रीमा ठूलो क्षति पुगेकाले सबै सेवा एकैपटक सञ्चालन गर्न नसकिने र चरणबद्ध रूपमा विस्तार गर्दै लगिने लम्सालले जनाउनु भयो ।
कार्यालयका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका अन्य सेवाहरूलाई पनि क्रमिक रूपमा सुचारु गर्दै जाने र त्यसबारे पूर्व जानकारी गराइने भएको प्रशासनदे जनाएको छ । सम्भव भएसम्म त्यहीका कोठा एवं पाल टाँसेर भए पनि सेवालाई जति सक्दो छिटो छरितो ढंगबाट सेवा प्रवाह गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ ।
त्यसै गरी आन्तरिक राजश्व कार्यालय पोखराले पनि आज सरसफाई गरेको छ । आन्दोलनको क्रममा आगजनीबाट भएको क्षतिको विवरण ंसंकलन गर्दै आगामी केही दिनमै सेवा संचालन गर्ने तयारी गरिएको कार्यालय प्रमुख शिव ढुंगनाले बताउनु भयो । कार्यालय परिसरमै अस्थायी कार्यालय स्थापना गरेर भए पनि सेवा संचालन गर्ने उहाँले जनाउनु भयो । कास्कीका अन्य सरकारी कार्यालयहरु पोखरामा रहेका अधिकांश आगजनी भएकोले केहीले सरसफाई पछि आंसिक सेवा सुरु गर्नु भएको छ भने केहीले सरसफाई गर्नु भएको छ ।
यसैबिच, मालपोत कार्यालय कास्कीको सेवा केही दिन अनिश्चित भएको छ । कार्यालयले सूचना जारी गर्दै २४ भदौमा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण मोटर, कम्प्युटर, रोखा, फोटोकपी मेसिनसहितका उपकरणमा क्षति पुगेकाले सम्पूर्ण सेवा हाल प्रभावित भएकोले केही समय लाग्ने कार्यालयले जनाएको छ । अर्को सूचना जारी नभएसम्म सेवाग्राहीलाई सेवा लिन कार्यालयमा नआउन आग्रह गरिएको छ ।
त्यसै गरी यातायात व्यवबस्था कार्यालयमा सोमबार सरसफाई गरी केही दिनमा कार्यालय व्यबस्थापन गरी आंशिक सेवा सुरु गर्ने भएको कार्यालयका बरिष्ठ प्रशासकीय अधिकृत असोक गौतमले बताउनु भयो । पोखरा महानगरपालिका यही असोज ४ गते देखि संचालनमा आउने भएको छ भने केही वडाहरुमा आज सरसफाई गरिएको छ ।





