समाचार

पोखराका होटल व्यवसायी सन्तोष पोखरेलसहित ५ जना नेपाल पर्यटन बोर्डको सदस्यमा नियुक्त

दीननाथ बराल,पोखरा ३०, असार, केही समयदेखि रिक्त रहेको नेपाल पर्यटन बोर्डको निजी क्षेत्रतर्फको सदस्य पदमा अन्ततः पाँच जना नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज (मंगलबार) गरेको निर्णयअनुसार पोखराका होटल व्यवसायी सन्तोष पोखरेल सहित पाँच जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । पोखरेलसँगै आरोग्य पर्यटन क्षेत्रबाट डा. सोविता श्रेष्ठ ढकाल, पर्यटन व्यवसायी पेम्बा शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदी तथा आईटी तथा वेलनेस पर्यटन विज्ञ सृजना केसी बोर्ड सदस्यमा नियुक्त भएका हुन्।… पुरा पढौ

गण्डकी पदकबाट खेल पत्रकार केशव पाठक सम्मानित

पोखरा, पोखराका खेल पत्रकार केशव पाठक ’गण्डकी खेल पदक’ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले स्थापना गरेको ‘प्रदेश खेलकुद पदक’ अन्तर्गत खेलकुद पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पाठकलाई परिषदले आज(मंगलबार) पोखरामा आयोजित एक समारोहका बिच सम्मान गरेकोे हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सचिव शेषनारायण पौडेल,गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्मा, मन्त्रालयका शाखा अधिकृत टंक प्रसाद ढकाल लगायतले सम्मान प्रदान गरेका थिए । सम्मानसँगै उनलाई नगद रु.… पुरा पढौ

पोखराको फिस्टेल माउन्टेन कलेजमा साइबर सुरक्षा शिक्षाको नयाँ कोर्ष यसै शैक्षिक सत्रदेखि

दीननाथ बराल, पोखरा २९, असार, पोखरामा फिस्टेल माउन्टेन कलेजले पहिलोपटक साइबर सुरक्षास शिक्षा म्बन्धी स्नातक तहको अध्ययन सुरु गर्ने भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षाको बढ्दो आवश्यकता लक्षित गर्दै बेलायतको युनिभर्सिटी अफ वोल्भरह्याम्प्टन सम्बन्धनमा सञ्चालन हुने यस कार्यक्रमका लागि पहिलो चरणमा ३० जना विद्यार्थी मात्र भर्ना गरिने कलेजले सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा जानकारी गराइएको हो । चार वर्षे (आठ सेमेस्टर) स्नातक कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउनेछ । कलेजका अध्यक्ष सुलभ बुढाथोकीका अनुसार पूरा कोर्ष अध्ययन गर्न… पुरा पढौ

लागू औषधसहित पाँच भारतीय नागरिक पोखरामा पक्राउ,

दीननाथ बराल,पोखरा, असार २९, कास्की प्रहरीले ठूलो परिमाणमा लागू औषध सहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । यही असार २८ गते राति करिब १० बजे पोखरा महानगरपालिका–३२ मझुवा क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो, पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाको संयुक्त टोलीले सवारी साधन जाँच गर्दा लागू औषध सहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जाँचका क्रममा पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपि… पुरा पढौ

विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट (भिडियो)

पोखरा, २९ असार, आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा पोखरामा प्रभातफेरी, सम्मान तथा विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा भानुजयन्ती मनाइएको छ। भानु वाङ्मय प्रतिष्ठान, पोखराको आयोजना तथा भानुमार्ग टोल विकास संस्था र भानुमार्ग (क) आमा समूहको सहआयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमार्फत् विश्वभरका नेपालीलाई एउटै सांस्कृतिक सूत्रमा जोड्ने ऐतिहासिक भूमिका खेलेको बताउनुभयो। https://www.youtube.com/watch?v=2Xnjp11HP8I उहाँले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल र जनबोलीको नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले साहित्यलाई जनजीवनसँग जोडेको उल्लेख… पुरा पढौ

यू–१६ छात्र र छात्रा जुनियर ह्यान्डबलमा गुरुकुल र गण्डकी बोर्डिङ च्याम्पियन जुनियर प्रशिक्षक द्वय बस्नेत र श्रेष्ठ सम्मानित

पोखरा , गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा आयोजित यू–१६ छात्ररछात्रा जुनियर ह्यान्डबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको छात्रतर्फ गुरुकुल विद्यासदन मावि च्याम्पियन बनेको छ । फाइनल खेलमा गुरुकुलले पोखरा एकेडेमीलाई १२–१० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा लर्नस तेस्रो स्थान हासिल गर्‍यो । त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल आवासीय मावि ‘ए’ टिम च्याम्पियन बनेको छ । फाइनल खेलमा गण्डकी बोर्डिङले प्रगति माध्यमिक विद्यालयलाई… पुरा पढौ

हितान मगर र गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा, असार २९ , पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत हितानमगरलाई २०८२ सालको तथा गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले भांग्रा, घलेक, सम्मानपत्र तथा जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित… पुरा पढौ

च्यारिटी डिनरमार्फत साहारा एकेडेमीलाई सहयोग जुटाउँदै साहारा क्लब अष्ट्रेलिया

पोखरा, साहारा क्लब अष्ट्रेलियाको आयोजनामा सिड्नीको रकडेलस्थित द मुग्लान रेस्टुरेन्टमा आयोजित (च्यारिटी डिनर तथा मिट एन्ड ग्रीट) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली फुटबलको विकास, आगामी प्रतियोगिताको तयारी तथा सामाजिक उत्तरदायित्वका विविध विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नेपाली फुटबलको वर्तमान अवस्था, खेलाडी उत्पादन, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थिति थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूबीच फलदायी अन्तर्क्रिया भएको थियो। साथै जारी फिफा विश्वकपका खेलहरूको विश्लेषण र समीक्षासमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष विजय राउत,… पुरा पढौ

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाने सडक हाल अस्थायी रूपमा सुचारु, रातिको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

दीननाथ बराल,पोखरा, २९ असार, अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हिजो ९आइतबार० देखि अवरुद्ध भएको कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडक खण्ड आज ९सोमबार० साँझदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित स्याउली बजार क्षेत्रमा गएको पहिरो हटाएर वैकल्पिक मार्ग निर्माण गरेपछि सडकमा सवारीसाधन सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पोखराक्लिकलाई जानकारी दिए। उनका अनुसार गाउँपालिका, सुरक्षा निकाय, स्थानीयवासी तथा डोजरको प्रयोगबाट संयुक्त रूपमा सडक खुलाइएको हो। सडक सञ्चालनमा आएसँगै आइतबारदेखि घान्द्रुक क्षेत्रमा रोकिएका १५ भन्दा… पुरा पढौ

रत्नपाण्डे माविमा शुद्ध खानेपानी ट्याङ्की निर्माण कार्यको शुभारम्भ

पोखरा,२९ असार, पोखरा महानगरपालिका–१३, आर्वा, कास्कीस्थित श्री रत्नपाण्डे माध्यमिक विद्यालयमा आइतबार १० हजार लिटर क्षमताको भूमिगत शुद्ध खानेपानी ट्याङ्की निर्माण कार्यको शुभारम्भ गरिएको छ। विद्यालयमा स्वच्छ पिउने पानीको दीर्घकालीन व्यवस्था गर्ने उद्देश्यले लायन्स क्लब अफ अन्नपूर्ण अन्तर्गत सेती गङ्गा लायन्स क्लबको तर्फबाट ट्याङ्की निर्माणका लागि रु २ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरिएको हो। साथै, बेलायतबाट आएका २६ जना स्वयंसेवी (भोलिन्टियर) विद्यार्थीहरूको सक्रिय सहभागितामा निर्माण कार्य सुरु गरिएको छ। पोखरा महानगरपालिका वडा नं। १३ का वडा सदस्य बलबहादुर बराल,… पुरा पढौ

This will close in 20 seconds