समाचार

फेन्सी तथा रेडिमेड व्यवसायी संघको साधारणसभा सम्पन्न

पोखरा, फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन गर्दै प्रमुख अतिथि पोखरा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले पोखरा उद्योग वाणिज्य संघको एउटा महत्वपुर्ण वस्तुगत समिति अन्तरगत रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघ रहेको बताउदै पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुको हितको लागी विभिन्न कार्यक्रमहरु ल्याईरहेको बताए । अध्यक्ष कार्कीले त्यस्ता मत्वपुर्ण कार्यक्रमहरुमा पनि व्यवसायीहरुले कम महत्व दिने गरेको र सहभागीता पनि कम हुने गरेकोमा दुःख व्यक्त्त गरे । कार्कीले वाणिज्य संघमा… पुरा पढौ

तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती

पोखरा, माघ १७, स्वर्गिय स्वर किन्नरी द्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका हुन् । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हार्मोनीमा आबद्द कलाकारहरुले तारादेवी–अरुणा लामाका एक दर्जन कालजयी गीतहरु उनीहरु प्रति नै समर्पित गरेर गुञ्जाउँदै ट्रिब्यूट दिए । पोखरा महानगरपालिकाको प्रवद्र्दनमा आयोजित श्रष्टा स्मृति… पुरा पढौ

जनता केन्द्रित हुन्छौंः नेकपा कास्की क्षेत्र नम्बर १ का उमेदवार राजकाजी गुरुङ करण (भिडियो सहित), पोखरामा सचिवालय उद्घाटन

पोखरा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय पोखरा अम्मरसिंहचोकमा उद्‌घाटन गरिएको छ । नेकपाका नेता एवं गण्डकी इन्चार्ज श्रीनाथ बरालले सम्पर्क कार्यालयको आज एक समारोहका बिच उद्‌घाटन गरेका हुन् । https://www.youtube.com/watch?v=CeR8lM1BKYk कार्यालयको उद्‌घाटन गर्दै उनले जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्न, देश बचाउन र समाजवादमा जान नेपाली कम्युनिष्ट पार्टीको जित आवश्यक भएकोमा जनोड दिए । संसद पुनस्थापनाको एजेण्डा बोकेका कांग्रेस एमाले र एजेण्डा विहिन नयाँ भनिनेले देशको नेतृत्व र विकास गर्न नसक्ने उनको तर्क थियो… पुरा पढौ

नेकपाका उमेद्वार अर्जुन थापाको पोखराका मतदातासँग भेटघाट र अन्तरक्रिया

बेनी, १७ माघ, आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उमेद्वार बन्नुभएका अर्जुन बहादुर थापाले शुक्रबार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीको म्याग्दी–पोखरा सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा उमेद्वार थापा सहित म्याग्दीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधी, नेकपाका नेता र पोखरामा बसोबास गर्ने म्याग्देलीहरु आवद्ध संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा म्याग्दी जिल्लाको हालको अवस्था, समस्या, आवश्यकता, जिल्लामा सञ्चालित विकास आयोजना र आगामी योजना तथा कार्यक्रमहरुको विषयमा छलफल भएको थियो ।… पुरा पढौ

सडेन डेथमा पुलिसलाई पराजित गर्दै होराइजन क्लब वालिङ्गलाई आदर्श कप फुटबल प्रतियोगिताको उपाधि

डि.एन.बी.,पोखरा, १६ माघ, स्याङ्जा वालिङको होराइजन क्लब ले पोखरामा शुक्रबार सम्पन्न भएकोे २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ । पोखरा २९ भण्डारढिक खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई सडेन डेथमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी पुगे पछि अतिरिक्त समय १०÷१० मिनेटमा पनि गोल हुन नसके पछि खेल टाईब्रेकरमा दुबै तर्फ चार , चार र पहिलो सडेन डेथमा दुबै तर्फ एक… पुरा पढौ

टाइगर कपको उपाधिका लागि गण्डकी प्रदेश भलिवल संघ र नेपाल पुलिस बीच खेल हुने, आयोजकले क्षमायाचना सहित सच्चायो

दीननाथ बराल,पोखरा, १६ माघ, छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिवल संघ र नेपाल पुलिस क्लबबीच शनिबार फाइनल खेल हुने भएको छ । यसअघि फाइनल खेल गण्डकी र पर्वत जिल्ला भलिवल संघबीच हुने भनी सार्वजनिक गरिएको जानकारी प्राविधिक त्रुटिका कारण गलत भएको आयोजकले स्वीकार गर्दै आधिकारिक रूपमा सच्चाएको हो । पोखरा रंगशालास्थित भलिवल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेश भलिवल संघ र पर्वत जिल्ला भलिवल संघबीच प्रतिस्पर्धा… पुरा पढौ

सांग्रिलालाई पिएम कपको उपाधि

पोखरा, प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे । सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट… पुरा पढौ

पोखरामा सगुम पोखरेलको ‘मेरो एउटा साथी छ’ कन्सर्ट हुने

पोखरा, १६ माघ, प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ । ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो । पोखराको लेभल्स क्लबमा मेन मिडिया र एसटी क्रियसनको आयोजनामा नेपाली पपगीतका प्रशिद्ध गायक पोखरेललाई प्रस्तुत गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लोकप्रिय गायक सुगमले आफ्ना रोज्जा प्रेम गीत प्रस्तुत गर्ने मेन मिडियाका प्रवन्ध निर्देशक सुन्दर बस्यालले जानकारी दिए । जीवनमा गास, बास, कपाससँगै अर्को… पुरा पढौ

सांग्रिलालाई पिएम कपको उपाधि

पोखरा, प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे । सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट… पुरा पढौ

केफको वार्षिकोत्सवमा पत्रकार दवाडी सम्मानित

पोखरा,१६ माघ, पोखराका क्रियाशील पत्रकार कृष्ण दवाडी आज सम्मानित हुनुभएको छ । पोखरा महानगरपालिका–१ सिमपानीमा रहेको करुणानिधि एजुकेसन फान्डेसन(केफ) माध्यमिक विद्यालयले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा उहाँलाई सम्मान गरेको हो । पत्रकारिता क्षेत्रमा रहेर नागरिकलाई सत्यतथ्य र निष्पक्ष समाचारका माध्यमबाट सुसुचित गरी सुकर्ममा लाग्न अभिप्रेरित गरेकामा विद्यालयले सम्मान गरेको हो । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेल र विद्यालयका प्राचार्य डिल्लीराम अधिकारीले सम्मानपत्र र दोसल्लाबाट पत्रकार दवाडीलाई सम्मान गर्नुभयो… पुरा पढौ