समाचार

पोखरा १७ को वडा कार्यालयले एक आर्थिक वर्षमा ग¥यो साढे ५ करोड बढी राजस्व संकलन

पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुजिँगत खर्च गरेको छ । भने चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि वडाले ४ करोड ८ लाखको बजेट कार्यान्वयन गरेकोमा पुजिगततर्फ २ करोड ७७ लाख बजेटमा २ करोड ३२ लाख र चालु तर्फ १ करोड ८ लाख बजेट बिनियोजन गरेकोमा ८५ लाख ५० हजार खर्च भएको वडा सचिव प्रमिला सुवेदीले जानकारी दिइन् । वडाले सबैभन्दा धेरै रकम पूर्वाधार निर्माणमा खर्च गरेको छ । यसैगरी वडाले ५ करोड… पुरा पढौ

पोखराको स्क्वायर मोटर्समा टीभीएसको नयाँ शोरूम

दीननाथ बराल,पोखरा, असार २६, पोखराको स्क्वायर मोटर्स प्राइभेट लिमिटेडमा नयाँ टीभीएस शोरूम संचालनमा ल्याएको छ । जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा कास्की क्षेत्रको लागि आधिकारीक टिभिएसका दुई पाङग्रे सवारी साधनहरु बिक्रि वितरणको आधिकारीक बिक्रेताको रुपमा स्क्वायर मोटर्सले जिम्मा लिदै सोरुम संचालनमा ल्याएको हो । बुधबार पोखरामा आयोजित एक समारोहका बिच उक्त सोरुमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले पोखरालाई वातावरण मैत्रि सवारी साधनहरु संचालन गर्न महानगरले थालेको प्रयासमा उक्त अभियानले थप टेवा पुग्ने विश्वास… पुरा पढौ

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत अध्यक्ष चयन भएकी हुन । एशोसियसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सह सचिवमा पुष्पा पौडेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ चयन भएका छन… पुरा पढौ

पोखराको दिपाङ्ग ताल नजिक डुवानमा फसेका ४ जनाको उद्धार

सागर सुनार,पोखरा २६, असार, पोखरामा डुवानमा फसेका चार जनाको शकुसल उद्धार गरिएको छ । पोखरा महानगर–२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले सकुशल उद्धार गरेको हो । गुल्मी स्थायी भई हाल हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ४५ बर्षका राम बहादुर अधिकारी, ३९ वर्षकी सृजना अधिकारी, ६ वर्ष ६ का आयुष अधिकारी र ४ वर्षकी आयुष्का… पुरा पढौ

नेपाल करी सेफु गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४ु आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र इतिहासलाई विश्वभर चिनाइने लक्ष्य लिइएको छ । नेपाली खानाको परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन तथा नेपाली सेफहरुको प्रतिभा चिनाउन प्रतियोगिता आयोजना… पुरा पढौ

पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न

पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न भएको छ । मंगलबार पोखरा ट्रेडमलको क्युुएफएक्स सिनेमा हलमा उक्त शो भएको हो । विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो । मेडिकल लाइन देखि सामाजिक सेवामा आबद्ध भएका व्यक्तिहरुले उक्त सिनेमा हेरे । अटिजमका विषयमा उल्लेख गरिएको कथावस्तुुलाई धेरैले रुचाएका छन् । समय सान्दर्भिक सिनेमा भएको प्रतिक्रिया दर्शकको छ । अटिजम भएका बालबालिकाको परिवारलाई समाजमा हेर्ने दृष्टिकोण र परिवारमा परेको समस्यालाई सिनेमा मार्फत प्रस्तुत गर्न खोजिएको छ ।… पुरा पढौ

पोखरामा पहिरोले पुरियर एक युवाको ज्यान गयो

दीननाथ बराल,पोखरा २६, असार, पहिरोले पु्रिएर पोखरामा एक युवाको ज्यान गएको छ । ंपोखरा २७ सहेलापाटाका २२ बर्षीय भिम बहादुर थापाको पहिरोले पुरियर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आफ्नै घरमा माथिबाट आएको पहिरोले पुरिएर उहाँको आज विहान ७ः०० बजे शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले बताउनु भयो । बुधबार बिहान ४ः०० बजेको समयमा पोखरा २७ का ५१ बर्षीय मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर देखी करिब… पुरा पढौ

पृथ्बीराजमार्ग सडक खण्ड अन्तर्गत नौबिसे मलेखु सडक राति ५ घण्टा बन्द गरिने

धादिङ २६, असार, पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत धादिङको नौबिसे मलेखु सडक आज (बुधबार) देखि राति १० बजे देखि बिहान ३ः०० बजेसम्म बन्द हुने भएको छ । पुलको बिम राख्ने कार्य गर्न लागिएकोले गर्दा दुई हप्तासम्म उक्त सडकमा राति ५ घण्टा बन्द रहने भएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताउनुभयो । आगामी साउन ९ गतेसम्म रातिको समयमा उक्त पुलको निर्माणको काम गर्न लागिएको उहाँले जनाउनु भयो । नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको… पुरा पढौ

समानुपातिक निर्वाचन प्रणाली अस्थिर राजनीतिको प्रमुख कारण होः नेता केसी

दीननाथ बराल, पोखरा २५, असार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले देशमा अस्थिरताको प्रमुख कारणहरु मध्य समानुपातिक निर्वाचन प्रणाली पहिलो भएको बताउनु भएको छ । नेपाल प्रेस यूनिय कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले नेपालको अस्थिर राजनीतिकको प्रमुख कारण समानुपातिक निर्वाचन प्रणाली भएकोले त्यसको खारेजी हुनु पर्ने माग समेत गर्नु भयो । पूर्वमन्त्री समेत रहनु भएको केन्द्रिय सदस्य केसीले भन्नुभयो “समानुपातिक निर्वाचन प्रणाली अस्थितरताको कारण मात्र होइन, पार्टी भित्रका नेता र नेतृत्वमा घेरिनु वाहेक कुनै… पुरा पढौ

बिन्ध्यवासिनी सहकारी ठगी आरोपमा थप दुई जना पक्राउ

पोखराको बिन्ध्यवासिनी सहकारीको ठगी आरोपमा थप दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड स्थित संचालनमा रहेको विन्ध्यवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा पोखरा १७ बिरौटाका ४६ बर्षीय किरण कपाली र संस्थाका पूर्व लेखा समिति संयोजक विरौटाकै ४५ बर्षका बुद्दी सागर ढकाललाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी… पुरा पढौ

This will close in 20 seconds