समाचार

चिवहाल आर्ट ईस्टिच्युटको सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी

चिवहाल आर्ट ईस्टिच्युटको आयोजनामा ७ औं सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी पोखरामा आयोजना भएको छ ।पोखरा आर्ट ग्यालरीमा ५० जना कलाकाहरुले तयार पारेका विभिन्न कलाकृति प्रदर्शनीमा छन् । चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक हेमकान्ति गुरुङ्गले चिवहाल आर्ट ईस्टिच्युटबाट विभिन्न स्थानमा आर्ट कार्यशाला गरी तयार गरिएका कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । प्रदर्शनीको उद्घाटन गर्दै कार्टुनिष्ट दुर्गा बराल बात्सायनले चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताउनुभयो । प्राज्ञ रमेश श्रेष्ठले चिवहाल आर्ट ईस्टिच्युटले विभिन्न ठाँउमा चित्रकला कार्यशाला तथा प्रदर्शनी… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः बास्केटबलतर्फ टाइम्स र भलिबलतर्फ विद्यान स्पोर्टस क्लबलाई उपाधि

घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता विद्यान स्पोर्टस क्लबले… पुरा पढौ

आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर

पोखरा, ३० चैत , १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे ।त्यस अवसरमा पशु स्वास्थ्यतर्फ दुध र गोवरको परीक्षण गरिनुका साथै विभिन्न वालीमा लाग्ने रोगका निदान बारे विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया भयो । त्यस क्रममा अधिकाशं पशुको गोवरमा माटे, नाम्ले, गोलो जुका लगायतका परजीविका अण्डाहरु भटिए ।त्यस्तै थुनेलो रोगका बारेमा प्रारम्भिक परीक्षण… पुरा पढौ

फेवा महोत्सव जारी, पर्यटक दौडमा ३५ सहभागी

पोखरा, ३० चैत पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबारआयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी जर्मनका डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हासिल गरे ।  महिलातर्फको छुट्टैमुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जीद्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए । लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरुभएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा कूल३५ पर्यटक सहभागी भएको प्रतियोगिताका… पुरा पढौ

नेपाली कांग्रेसका नेता एवं शिक्षा सेवी खेमराज पौडेलको निधन, आजै शव यात्रा सहित अन्त्येष्टि गरिदै

दीननाथ बराल,पोखरा ३०, चैत, नेपाली कागेंसका पूराना नेता तथा शिक्षासेवी खेमराज पौडेलको निधन भएको छ । पोखराको फेवासिटि हस्पिटलमा उपचारकै क्रममा आज बिहान उहाँको ८१ बर्षको उमेरमा निधन भएको कागेंसका युवा नेता तथा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बताउनु भयो । उहाँको निवास पोखरा २२ पुम्दी भुम्दीबाट आज दिउँसो करिब २ः३० बजे सुरु हुने शव यात्रा कागेंस पार्टी कार्यालय पोखरामा केही समय श्रद्धान्जली सभा गरे पश्चात पोखराको रामघाटमा अन्तिम दाहसंस्कार गरिने भएको सांसद बरालले पोखराक्लिकलाई जनाउनु भयो । उहाँका… पुरा पढौ

१४ औँ वार्षिकोत्सवको अवसर पारी यूनाइटेड क्लबले साताब्यापी कार्यक्रम गर्ने

सामाजिक काममा अग्रणी यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेका यूनाइटेड क्लबले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसर पारी आगामी बैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो । क्लबले बार्षिकोत्सवको अवसर पारी वैशाख १ गते मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा… पुरा पढौ

फेवातालमा जम्मा भएको माटो र गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल

पोखरा, २९ चैत्र जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा। ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ । नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोरहरू निकाल्ने प्रविधि तथा उपकरणका बारेमा छलफल भएको हो । सो क्रममा नगरप्रमुख आचार्यले हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखराको… पुरा पढौ

घान्द्रुक महोत्सवः विदान स्पोर्टस् हाउस र अन्नपूर्ण क्लब उपाधिका लागि भिडने

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनमा अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा जारी पर्यटन महोत्सवमा भलिबलतर्फ विदान स्पोर्टस् हाउस वालिङ र अन्नपूर्ण युवा क्लब उपाधिका लागि भिड्ने भएका छन् । आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा ताङ्वे यवा क्लबलाई २५–२३, २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्दै वालिङ फाइनलमा प्रवेश गरेको भलिबल प्रतियोगिता संयोजक अनिल गुरुङले जानकारी दिए । उनका अनुसार दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चेले देउराली युवा क्लब भुक देउरालीलाई २६–२८, २३–२५, २५–११, २५–१७ र १५–१२ को सेटमा पराजित गर्दै… पुरा पढौ

पूर्व कर्मचारी परिषदको अध्यक्षमा सुवेदी

पूर्व कर्मचारी सेवा परिषद कास्कीकोे अध्यक्षमा गिरधारी सुवेदी निर्वाचित हुनु भएको छ । परिषदको हालै सम्पन्न महाधिवेसनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । परिषदको उपाध्यक्षमा सूर्य बराल, सचिवमा राजु अधिकारी, कोषाध्यक्षमा प्रभा मिलन तिमिल्सिना रहनु भएको छ । पूर्व कर्मचारी सेवा परिषद कास्कीका अध्यक्ष नरहरी वरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित टोलीलाई कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरिएको थियो । यस अघि गण्डकी प्रदेशका सचिव तीर्थ भट्टराइले कार्यक्रमको उद्घाटन गर्दै परिषदले पूर्व कर्मचारीहरुको… पुरा पढौ

वैदेशिक रोजगारी भन्दा पनि स्वदेश मै रोजगारी र उद्यमशीलता विकासमा हाम्रो जोड छ प्रमुख आचार्य

पोखरा, २९ चैत्र, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले पोखराले कोरियन भाषा परीक्षाको निष्पक्षता, विश्वसनीयता एवं पारदर्शिता लगायत विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ । पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामाजिक विषय शिक्षक र महिला सामुदायिक स्वास्थ्य सेविकाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा इपिएस प्रक्रियाको बारेमा परिचयात्मक प्रस्तुति शाखाकी निर्देशक मैयाँ कँडेल, इसिएस लक्षित वैदेशिक रोजगार बोर्डको भूमिकामा विषयमा नेपालको तर्फबाट दक्षिण कोरियाका लागि पूर्व काउन्सिलर रमा भट्टराई र इपिएस कोरिया भाषा परीक्षा प्रणालीको प्रक्रिया र निष्पक्षता बारेमा शाखाका अधिकृत कमलराज श्रेष्ठले प्रस्तुति… पुरा पढौ