
दीननाथ बराल,
पोखरा २६, असार,
पहिरोले पु्रिएर पोखरामा एक युवाको ज्यान गएको छ । ंपोखरा २७ सहेलापाटाका २२ बर्षीय भिम बहादुर थापाको पहिरोले पुरियर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आफ्नै घरमा माथिबाट आएको पहिरोले पुरिएर उहाँको आज विहान ७ः०० बजे शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले बताउनु भयो ।
बुधबार बिहान ४ः०० बजेको समयमा पोखरा २७ का ५१ बर्षीय मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर देखी करिब २० मिटर माथिबाट आएको पहिरोले पुरिदा उहाँको छोरा को मृत्यु भएको हो । उक्त घटना भएको प्रहरीलाई जानकारी हुन साथ ईलाका प्रहरी कार्यालय शिसुवाको टोली घटनास्थलमा पुगि उहाँका बाबु र आमा ५० बर्षकी कमला थापालाई स्थानियको समेत सहायतामा सकुसल उद्धार गरेको थियो ।
छोराको भने बिहान ७ः०० बजे पहिरोले पुरिएको अबस्थामा शव भेटिएको स्थानियले पोखराक्लिकलाई बताउनु भयो । उहाँका बाबु र आमाको सामान्य घाइते हुनु भएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल २४ नं। गण कालिका गण मालेपाटनबाट टोली समेत खटिएको थियो ।