समाचार

पोखरामा बैशाख १० देखि रोजगार मेला हुने तयारी

पोखरा १, चैत, पोखरामा बैशाख १० देखि रोजगार मेला हुने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा सभागृहमा यही बैशाख १० गतेदेखि १२ गतेसम्म तीन दिन चल्ने दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको हो । बेरोजगारलाई रोजगारसँग जोड्ने र कामदार आवश्यक पर्ने व्यवसायीक र्फमहरुले प्रत्यक्ष भेटघाट गर्ने गराउने मेलाको मुख्य उद्धेश्य रहेको मेलाका प्रचार प्रसार उपसमिति संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । मेलाबाट बेरोजगारहरुलाई रोजगारको अवसर मिल्ने र रोजगारदातालाई… पुरा पढौ

पोखरा सहित सातै प्रदेशमा पठाओको राइड सेयरिङ सेवा सुरू

काठमाडौँ १, वैशाख राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा पोखरा सहित मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । “स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउदैँ काठमाडौँ उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा हामी निकै उत्साही छौँ ।” बस्न्यातले भने । कोशी प्रदेशका नौ सहरहरू बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड,… पुरा पढौ

राष्ट्रिय समृद्धि र सुशासनका निम्ति सबै जुटौँः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ वर्ष २०८१ साल आगमनको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । भट्टले शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको शुभकामना दिएका हुन् । ‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ। त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो’ – भट्टले भनेका छन्… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा सटर कवल बहाल र बक्यौता राजश्व असुली अध्ययन समिति गठन

पोखरा, ३० चैत्र , पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा वडा नं।७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नं।८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नं।९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी र वडा नं।१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी रहनुभएको… पुरा पढौ

थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न

तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्डको ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम थाईल्याण्डको पतैयामा सम्पन्न भएको छ । समाजसेवी तथा कलाकर्मी अशामान वाईबा तामाङको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट दुई दर्जन कलाकारहरुले उपस्थिति जनाएको थियो । प्रमुख अतिथि आशमान वाईबा तामाङलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै चार विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको ग्राण्ड फाईनल भने २०८१ को ज्येष्ठ महिनामा हुने कार्यक्रमका सभापति राज किङ वाईबा (सुक ब. तामाङ ) ले बताएका छन् । करिब ३२ विधामा वितरण गर्न लागिएको यस अवार्डमा… पुरा पढौ

प्रदेशका पूर्वअर्थमन्त्री बरालद्धारा घाचोकमा सिर्जना साहित्य सदनको सभाहल उद्घाटन

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको सिर्जना साहित्य सदनको हालै निर्माण कार्य सम्पनन भएको सभाहलको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी सभाहल उद्घाटन सहित संस्थाको २६ औँ साधारणसभा तथा १३ औं अधिवेशन समेत सम्पन्न भएको हो । उक्त सभाहल सहित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री एवं नेकप (माओवादी केन्द्र) कास्कीका इन्चार्ज रामजी प्रसाद बराल(जीवन)ले आफूले सुरु गरेका विकासका कामहरुलाई पूर्णता दिनका लागि जहिले पनि हाजिर हुने वचन दिनु भयो । उक्त सभाहल प्रदेश सरकारको १० लाख बजेटबाट… पुरा पढौ

देशविदेशका २२ जनालाई नइ पुरस्कार

काठमाडौं, चैत ३० नइ प्रकाशनले आज राजधानी काठमाडौँमा देशदेशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समपर्ण गर्यो । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले छ दशकअघिदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित प्रसूति विशेषज्ञ प्रा।डा।सरस्वती पाध्येलार्ई ‘नइ भावि पुरस्कार’ समर्पण गर्नुभयो । ताम्रपत्र सहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । समारोहमा प्रसुति विशेषज्ञ प्रा।डा।सरस्वती पाध्येले नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने… पुरा पढौ

दिपेशले जिते सुपर भ्वाईस अफ त्रिवेणी

त्रिवेणी संगीतालयद्धारा आयोजित नव प्रतिभाको खोजी अभियान अन्तर्गतको गण्डकी प्रदेश स्तरीय गायन रियालिटी शो सुपर भवईस अफ त्रिवेणी सीजन–२ को उपाधी लाहाचोक कास्कीका दिपेश नेपालीले जितेका छन्। पाँच चरणमा सम्पन्न उक्त प्रतियोगितामा बगरकी कृषिका घिमिरे, लेखनाथका दिपक परियार, गोरखाका भुवन अधिकारी क्रमशः द्वितिय, तृतीय र सान्तवना स्थान प्राप्त गरेका थिए भने कास्कीकै समर लोहोनीले दर्शक रोजाईको उपाधी जितेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रकाश बरालले नेपाली संगीत क्षेत्रमा त्रिवेणी संगीतालयले पु¥याएको योगदानको प्रशंशा गर्दै पर्यटकीय… पुरा पढौ

नयाँ वर्षका अवसरमा शुभकामना आदान प्रदान एवम् शैक्षिक सामाग्री सहयोग

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको एगा पोखराका अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिनुुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको उहाँले बताउनुुभयो ।नयाँ वर्षका अवसरमा होटेल लेक… पुरा पढौ

सामुदायिक सेवा केन्द्र वगरको भित्ते पात्रो विमोचन

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन गरिएको छ । भित्ते पात्रोको शुक्रबार एक कार्यक्रमका वीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले विमोचन गरे । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक थापाले सामुदायिक सेवा केन्द्रका गतिविधिबाट प्रहरी उत्प्रेरीत भएको बताए । ‘नेपालका धेरै जिल्लामा रहेर सेवा गर्ने अवसर मिल्यो तर यहाँको सामुदायिक केन्द्रको गतिविधि अन्य ठाँउमा देख्न पाइएन’ उनले भने, ‘सामुदायिक सेवा केन्द्रले गरेका गुणस्तरीय र… पुरा पढौ