समाचार

सृजना मा.वि.का छात्राहरू पुरस्कृत

पोखरा, १, साउन, पोखराको सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिवार एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता १७८ जना खेलाडीहरुलाई पुरस्कृत गरेको थियो । यसै क्रममा सृजना सेकेन्डरी स्कुलका छात्राद्वय राजश्री अधिकारी र सक्रिया पोखेल नगद पुरस्कारसहित प्रशंसा पत्रद्वारा सम्मानित भएका हुन् । राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेश खेलकुद… पुरा पढौ

विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । सरोकारावालाहरुबिच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमवार भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षती बेहोर्नुपरेकाले सबै संवेदनशिल हुन जरुरी रहेको बताए । मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि सुझाए… पुरा पढौ

सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित भएको बताए । “ईश्वर समाजको कथा हो । समाजमा भएका वेथिति विरुद्धको आवाज ईश्वरले बोल्छ । प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरएको छ ।”, उनले भने । सिनेमाको कथा मन परेकाले लगानी गरेको भनाई उनको छ ।सिनेमामा निर्माताको रुपमा… पुरा पढौ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको पहिलो निर्णय बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पहिलो निर्णय बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने निर्णय लाई सदर गरेकी छन । मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् । पदभार ग्रहण गर्दै प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् । शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

पोखरा १, साउन, पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं।२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु।६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो । प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको… पुरा पढौ

पर्यटनको राजधानी पोखरालाई दक्ष जनशक्ति दिन प्रतिवद्ध छौँ ः अध्यक्ष विजुक्छे

पोखरा, ३० असार, जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई टेवा पुग्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिवद्ध रहेको जनाएका छन् । आइतबार पोखरामा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विजुक्छेले सिप, प्रविधि र उद्यमशीलता ः शिक्षामा जनप्रियको गतिशीलताको मर्मलाई आत्मसात गर्दै स्वायत्त कार्यक्रमका रूपमा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापनको अध्यापनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमबजारको मागलाई दक्ष जनशक्ति पूर्ति गर्न क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । युवाहरूको पलायन रोक्न पर्यटन फस्टाउनु… पुरा पढौ

आभाष अभिजित बेबिल्याण्डको सिद्ध बराह आधारभुत विद्यालयलाई सहयोग

पोखरा, २९ असार । पोखरा महानगरपालिका वडा नं १० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्याण्डले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्धबराह आधारभुत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामाग्री वितरण गरेको छ । बेबिल्याण्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक खेलकुद तथा पोशाकजन्य सामाग्री विक्री वितरण गर्दै आउनुभएका सञ्चालक बुद्धिराज भट्टराईले विक्रीको मुनाफाको केही अंश सहित असहाय एवम् अशक्त बालबालिकालाई लक्षित गरि बेबिल्याण्डमा राखिएको दान पेटिकाको रकमबाट समान खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।… पुरा पढौ

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय को स्वास्थ्य परीक्षण

पोखरा, २९ असार , पद्म नर्सिङ होम प्रा।लि।ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होम प्रा।लि।पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिबिरबाट ५ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् । कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा। डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर स्वास्थ्य शिबिरको शुभारम्भ गरेका… पुरा पढौ

केदारेश्वरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

पोखरा,असार २९, केदारेश्वर महादेवमणी सेवाश्रममा रहेको केदारेश्वर छात्र परिषद्को आयोजनामा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । २११ आंै भानुजयन्तीको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै रेडियो सफलता प्रमुख दुर्गा अधिकारीले भानुजयन्तीको अवसरमा गुरुकुलमा रहेका छात्रहरुले हाजिरजवाफ प्रतियोगिता गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले बालकहरुको प्रतिभा प्रस्फुटन हुने बताउँदै यस्तै सकारात्मक अतिरिक्त क्रियाकलाप संचालन गर्न र भाग लिन आग्रह समेत गर्नुभयो । नेपाली साहित्य समाजमा भानुभक्तको योगदानको चर्चा गर्दै उहाँले भानुभक्तप्रति राज्यले जति श्रद्धा र सम्मान व्यक्त… पुरा पढौ

भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह

भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निग्रानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आईतबार सिमालताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि प्रमुख दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६,१७, १८, २६, २७ र २८ का स्थनीयलाई आग्रह पनि गर्नुभएको छ । ‘तटिय क्षेत्रमा ६ वटा शवहरु भेटिएका छन्, उहाँले भन्नुभयो,‘सुरक्षाकर्मीसँगै तटिय क्षेत्रमा बसोबास गर्ने जनताले निग्रानी बढाउदाँ थप शवहरु फेला पर्दछन् । यसका लागि स्थानीय संयन्त्र पूर्ण रुपमा परिचालन भइरहेको छ ।’ भरतपुर महानगरपालिकाले दुर्घटनामा… पुरा पढौ

This will close in 20 seconds