समाचार

भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह

भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निग्रानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आईतबार सिमालताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि प्रमुख दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६,१७, १८, २६, २७ र २८ का स्थनीयलाई आग्रह पनि गर्नुभएको छ । ‘तटिय क्षेत्रमा ६ वटा शवहरु भेटिएका छन्, उहाँले भन्नुभयो,‘सुरक्षाकर्मीसँगै तटिय क्षेत्रमा बसोबास गर्ने जनताले निग्रानी बढाउदाँ थप शवहरु फेला पर्दछन् । यसका लागि स्थानीय संयन्त्र पूर्ण रुपमा परिचालन भइरहेको छ ।’ भरतपुर महानगरपालिकाले दुर्घटनामा… पुरा पढौ

प्रतिभा माविले बनायो क्रिकेटको ‘प्राक्टिस नेट’ दीपेन्द्र सिंह ऐरीद्वारा उद्घाटन

पोखरा, असार ३०, पोखराको प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतबार उक्त प्राक्टिस नेटको उद्घाटन गरेका छन ।विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालय परिसरभित्र क्रिकेटको मापदण्ड अनुसारको दुइवटा प्राक्टिस नेट बनाईएको छ । जहाँ क्रिकेटमा रुची राख्ने विद्यार्थीले अभ्यास गर्न पाउनेछन । ‘विद्यालयले नियमित अध्यापनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिएको छ । त्यही भएर क्रिकेटको प्राक्टिस नेट तयार पारेका हौ ।… पुरा पढौ

डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा बृहत वृक्षारोपण

पोखरा २९ असार,, लायन्स क्लव अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा बृहत वृक्षारोपण तथा गोडमेल कार्यक्रम राष्ट्रिय बिभुति तथा सहिद पार्क, पोखरा १८ जामुनवोटमा सम्पन्न भएको छ । डिस्ट्रिक्ट ३२५ एम, जि।एस।टि। कोअर्डिनेटर एम जे एफ लायन जगन्नाथ तिमिल्सिनाको संयोजकत्वमा, ट्री प्लान्टेसन डिपार्टमेन्टको सेक्रेटरी लायन नवराज अधिकारीको अध्यक्षातामा ३६ क्लवहरुको संयुक्त समन्वयमा सम्पन्न कार्यक्रम डिस्ट्रिक्ट ३२५ एम का डिस्ट्रिक गभर्नर लायन चण्डी प्रसाद अर्यालको प्रमुख आतित्थतामा सम्पन्न भएको हो । कार्यक्रममा २ ट्रक प्राङ्गारिक मल, २० वोरा जुतो… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो रहेको बताएका छन् । नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीको सहयोगमा भएको स्वास्थ्य तथा सहायक सामग्री वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । “अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ । सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै अगाडि बढनेछौं ।”, उनले… पुरा पढौ

भानु जयन्तीःनेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताउनुभयो । भानुका कृति सामाजिक कल्याणका लागि समर्पित,जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उहाँले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गर्ने काम गरेको उल्लेख… पुरा पढौ

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका… पुरा पढौ

पहिरो फाल्न आउनु भएको ज्वाईको पहिरोले ज्यान लियो, मृतककी आफन्त कोपिला भन्नु हुन्छः भगवानले बचाउनु भयो ( भिडियो )

दीननाथ बराल, पोखरा २८, असार, भनिन्छ कुनै आपतविपद बाजा बजायर आउदैन् तर पनि हामी मानव आवश्यक सचेत र सर्तक भने हुनु पर्ने अबस्था रहन्छ । प्राकृतिक रुपमा देखिएको सानो संकेतलाई ख्याल नगर्दा बिहिबार बेलुका आएको पहिरोमा परी पोखरा १९ का एकै घरका ज्वाई सहित ६ जनाको ज्यान गएको छ । एक दिन अघि मात्र घर भन्दा करिब ३० मिटर माथि पहिरो खसेर पहिरो फाल्न भनेर पोखरा आएको सन्र्दभमा सशुराली आउनु भएको स्थानिय कुल बहादुर परियारका ज्वाई अस्मित परियार बिहिबारको पहिरोले… पुरा पढौ

राष्ट्रपति पौडेल तानिए विवादमा, सरकार गठन धारा ७६ (२) बाटै गर्न आव्हान

काठमाडौं, २८ असार नेपालको संविधानले राष्ट्रपति पदलाई आलंकारिक पद मानेको छ । र राष्ट्रपति संविधानको संरक्षक पनि मानिन्छन् । राष्ट्रपतिले संविधानको रक्षा र पालना गर्ने हो उलंघन गर्ने होइन । तर संविधानले दिएको अधिकारलाई पटक पटक मिच्ने काम राष्ट्रपतिहरुले गर्दै आएका छन् । यस भन्दा अगाडिका राष्ट्रपतिहरुले संविधानलाई आफू अनुकुल उपयोग गर्दै आएकामा यस पटक पनि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई त्यसै गरेका छन् । संविधानको धारा ७६ २ अन्तरगत बनेको बहुमत प्राप्त सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ… पुरा पढौ

नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष मणिपालमा सुरु

दीननाथ बराल,पोखरा २८, असार, नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष पोखरा ११ मा रहेको मणिपाल शिक्षण अस्पतालले सुरु गरेको छ । अस्पतालले आफ्नो उपचार क्षेत्रमा नविनतम प्रविधिहरुलाई अङ्गिकार गर्दै आएको सन्र्दभमा हाल उक्त सेवा संचालन गरेको अस्पतालका संचालक मध्यका एक नारायण पौडेलले जनाउनु भयो । स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा दिने उद्धेश्यले आफुहरुले नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष निर्माण गरेकोले यसबाट पोखरा सहित गण्डकी प्रदेशबासीका जनताहरु… पुरा पढौ

पदयात्रा पथ प्रदर्शकलाई टान गण्डकीको एक दिने पुर्नताजगी तालिम

पोखरा, असार २८, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पथ प्रदर्शकहरुलाई एक दिने पुर्नताजगी तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (सस्टेनेवल टुरिजम फर लाईभलीहुड रिकभरी प्रोजेक्ट (एसटिएलआरपी)सँग मिलेर टान गण्डकीले शुक्रबार एक दिने पुर्नताजगी तालिम दिएको हो । २० जना महिलासहित कुल ८० जना सहभागी तालिममा पथ प्रदर्शक सम्बन्धित विषयमा प्राध्यापन गर्ने दीपक बास्तोला र दीपेन्द्र पहारीले सहजीकरण गरेका थिए । पथ प्रदर्शक भएर… पुरा पढौ

This will close in 20 seconds