नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष मणिपालमा सुरु

-


     पोखरा क्लिक     
     असार २८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, असार,


नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष पोखरा ११ मा रहेको मणिपाल शिक्षण अस्पतालले सुरु गरेको छ । अस्पतालले आफ्नो उपचार क्षेत्रमा नविनतम प्रविधिहरुलाई अङ्गिकार गर्दै आएको सन्र्दभमा हाल उक्त सेवा संचालन गरेको अस्पतालका संचालक मध्यका एक नारायण पौडेलले जनाउनु भयो ।

स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा दिने उद्धेश्यले आफुहरुले नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष निर्माण गरेकोले यसबाट पोखरा सहित गण्डकी प्रदेशबासीका जनताहरु लाभान्वित हुने उहाँको भनाई छ । नवनिर्मित सघन उपचार कक्ष ९क्ष्ऋग्०, विरामीहरुको सुरक्षार्थ केद्रिकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै २ वटा कक्ष कुनै नकरात्मक असर नगर्ने आईसोलेन र ३ वटा सघन उपचार कक्ष क्याविन समेत रहेको अस्पतालले पोखराक्लिकलाई जनाएको छ । अब उत्कृष्ट सेवा का लागि कोही गम्भिर विरामीहरु काठमाण्डौं जानुपर्ने स्थिति मणिपाल अस्पतालले हल गर्ने संचालक पौडेलले दाबी गर्नु भयो । यस नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्यक शैयामा मोनिटर, भेन्टीलेटर, इ.सि.जी मेसिन, यु.एस.जी तथा इको प्रणालीहरु जडित छन् जस्ले गर्दा विरामीहरुलाई धेरै सहज हुने भएको अर्का संचालक आनन्द बतासले बताउनु भयो ।

सघन उपचार कक्षमा २४ सै घण्टा क्रिटिकल केयर सम्बन्धि ९ःम्न्ए० डाक्टरको सेवा उपलब्ध हुनेछ भने विस्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नर्स र विरामीको अनुमात मिलाई नर्सिङ सेवाको व्यवस्था मिलाईएको उहाँले दाबी गर्नु भयो । उक्त कक्षमा कार्यरत सम्पुर्ण नर्सहरु पनि क्रिटिकल केयर प्रशिक्षित हुने भएको मणिपालले जनाएको छ । यस्का अतिरिक्त यस अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स डाईटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने भएको छ ।

यसैबिच, उक्त सेवाको एक समारोहका बिच शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै निजी क्षेत्रको उक्त अस्पतालले राज्यलाई समेत सहयोग पुग्ने गरी सेवा प्रवाह गर्दै आएको उल्लेख गर्नु भयो । स्वास्थ्य क्षेत्रलाई सहज र आम नागरिकको पहुचमा पुर्याउन तीनै तहका सरकारको समन्वय आवश्यक भएको उहाँको भनाई छ ।

मणिपालमा शिक्षण अस्पताल पनि भएकोले उपचार शुल्क सुपथ र सरल हुनुपर्छ भन्नेमा आफुहरु सचेत भएको संचालक बतासले बताउनु भयो । अस्पतालले सेवामा गुणस्तरिय र शुल्कमा सुपथ हुनुपर्छ भन्ने मान्यता राख्दै आएको जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाको समेत सहभागिता रहेको खिम लामिछानेले बताउनु भयो ।