नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परी दुई बस त्रिशुलीमा

-


     पोखरा क्लिक     
     असार २८ गते २०८१ मा प्रकाशित



नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परी दुई वटा बस त्रिशुलीमा खसेको आशंका गरिएको छ । पृथ्बीराजमार्ग अन्र्तगत पर्ने सिमलतालमा शुक्रबार बिहान करिब साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले आशंका गरेको छ ।

वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बस र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा गरी ६५ जना यात्रु भएको हुन सक्ने प्रारम्भिक अध्ययन अनुसार उक्त बसहरु हाल वेपक्ता भएको प्रहरीले जनाएको छ ।

वेपक्ता बसको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । पानी परेकोले उद्धारमा कठिनायी भएको छ ।
यसैबिच, बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको मृत्यु भएको छ । उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उहाँको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।