पोखराका ३ ठाँउमा पहिरोले पुरिदा ८ जनाको ज्यान गयो, २ वेपक्ता (नाम सहित)

-


     पोखरा क्लिक     
     असार २८ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा २८, असार,

अविरल बर्षाका कारण गएराति पोखराका ३ ठाँउमा पहिरोले घर परिदा ८ जनाको मृत्यु भएको छ भने २ जना वेपक्ता हुनु भएको छ । पोखरामा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा १९ पुरुन्चौरमा एकै घरका ७ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह््रबिसेमा एक जनाको पहिरोले पुरिएर मृत्यु भएको स्थानियले बताउनु भयो ।

त्यसै गरी पोखराको शिशुवा र पोखरा ३२ चैतपुर बाह््रबिसेमा एक एक जना वेपक्ता हुनु भएको छ । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका कुल बहादुर परियार उहाँका छोरी ज्वाई चितवन निवासि २५ बर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो । उहाँको घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ बर्षका तुल बहादुर सहित उहाँकी श्रीमती मनकुमारी परियार, उहाँकी आमा ८५ बर्षकी लक्षिमा परियार, १५ बर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आउनु भएको छोरी प्रभा परियार, ज्वाई अस्मितको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी ५६ बर्षकी राधिका परियारको समेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले जनाउनु भयो ।

उक्त घटना विहिबार राति करिब १०ः बजेको समयमा भएको पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले पोखराक्लिकलाई बताउनु भयो । एक दिन अघि घर भन्दा माथिल्लो भिरालो भागमा सामान्य पहिरो गए पनि त्यलाई ख्याल नगर्दा ठुलो दुर्घटनामा परी एकै परिवारका ७ जनाको ज्यान गएको स्थानियले बताउनु भयो । उक्त घटनामा परी छोरा पवन परियार र स्थानिय कुमार परियार घाइते अबस्थामा हुनु हुन्छ भने उहाँहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भई रहेको छ ।
पोखरा ३२ चैतपुर बाह््बिसेमा अनिता ओझाको पहिरोमा परी मृत्यु भएको छ । स्थानिय आरती ओझाको टिनले छाएको एक तले ढुंगा माटेले बनेको घरमा माथिबाट आएको पहिरोले पुरिदा उहाँकी छोरी १८ बर्षकी अनिताको मृत्यु भएको प्रहरीले जनाएको छ । २५ बर्षका युवा हालसम्म वेपक्ता भएको स्थानियले बताउनु भयो ।

त्यसै गरी पोखराको शिशुवामा आज बिहान १ः बजे आएको पहिरोले घर पुरिदा माइती कुमारी गुरुङ वेपक्ता हुनु भएको छ । कास्कीको मादी गाउँपालिका ११ बस्ने हाल शिशुवा बस्नु भएको ८० बर्षकी गुरुङको पहिरोमा परी वेपक्ता हुनु भएको सूचना अधिकारी शर्माले बताउनु भयो । उहाँको ५५ बर्षका छोरा ओम बहादुर गुरुङको उद्धार गरिएको छ । पोखरामा भएका घटनाहरुमा स्थानिय, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना सहितको टोली राति देखि खटिनु भएको छ । केही दिन देखि परेको बर्षाले पोखरा क्षेत्रको विभिन्न ठाँउमा डुवान र सडक भाषिने समस्या भएको छ ।

पोखरामा पहिरोमा परी मृत्यु हुनेको सङख्या भने ११ पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालयले जारी गरेको प्रेस विज्ञेप्ति ।

मिति २०८१।०३।२७ गतेको अबिरल बर्षाको कारण पहिरो गई घर पुरिँदा ११ जनाको
मृत्यु ः
घटना नं. १ ः– मिति २०८१।०३।२७ गते अं.२२ः२० बजेको समयमा जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको
टिनले छाएको ढुङ्गा माटोले बनेको १ तले घरमा अबिरल बर्षातको कारण घर
पछाडीबाट पहिरो आई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.सार्दीखोला, जिल्ला
प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल, नेपाली सेना समेतको उद्दार टोली खटिई गई
खोज तथा उद्दार गर्दा निम्न मानिसहरुलाई घटनास्थलबाट मृत अवस्थामा, घाईते
अवस्थामा उद्दार गरिएको ।
कुल बहादुर परियारको परिवारः–
मृतकः–
१. जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ४६ को कुल बहादुर
परियार ।
२.ऐ.बस्ने निजको श्रीमती बर्ष ४३ की मनकुमारी परियार ।
३.ऐ. बस्ने निजको आमा वर्ष ८५ की लक्षीमा परियार ।
४.ऐ. बस्ने निजको छोरी बर्ष१५ की प्रशना परियार ।
५. जिल्ला चितवन घर भएको निजको छोरी वर्ष २० की प्रभा परियार ( बिबाहित–
माईति आएको)
६. जिल्ला चितवन घर भएको निजको ज्वाई वर्ष २५ को अस्मित परियार (ससुराली
आएको)
७. जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ की राधिका
परियार । (घटनास्थलमा उद्धार गर्ने क्रममा लडी मृत्यु)
घाईतेः–
१.जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ३१ को कुमार परियार ,
बायाँ हातमा चोट, पश्चिम क्षेत्रिय अस्पतालमा उपचार पश्चात ऐ. ०५ः३० बजे डिस्चार्ज
भएको । (छिमेकी मृतक राधिका परियारको छोरा)
२.जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष १७ को पवन परियार
ढाडमा चोट, प.क्षे. अस्पतालमा उपचार पश्चात ऐ. ०५ः३० बजे डिस्चार्ज भएको ।
(मृतक कुल ब. परियारको छोरा)

घटना नं. २ ः– मिति २०८१।०३।२८ गते अं. ०२ः१५ बजेको समयमा जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा ऐ. बस्ने बर्ष ४० की
आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घरमा अबिरल बर्षाको
कारण अचानक पछाडीबाट पहिरो आई घर पुरिएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका
प्रहरी कार्यालय शिसुवाबाट प्रहरी टोली खटिई गइ खोज तथा उद्दार गरेको ।
मृतक ः
ज्ञ. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा
ऐ. बस्ने बर्ष ४० की आरती ओझाको छोरी बर्ष अं. १८ की अनिता ओझा मृत
फेला परेको
द्द. निजको अर्को छोरी वर्ष ११ की अनुष्का ओझा ऐ. ०५ः३५ बजे मृत अवस्थामा
फेला परेकी ।
घ. निजको दाईको छोरा अं. बर्ष ९ को प्रतिक सुवेदी ऐ. ०५ः३५ बजे मृत अवस्थामा
फेला परेकी ।
घाईते ः–
ऐ.ऐ. बस्ने बर्ष ४० की आरती ओझाको पश्चिम क्षेत्रीय अस्पतालमा ल्याई उपचार
हुदै अवस्था मध्यम रहेको ।

घटना नं. ३ ः– मिति २०८१।०३।२८ गते अं. ०१;०० बजे जिल्ला कास्की मादी
गाउँपालिका वडा नं. ११ तल्लो ताप्ले स्थितमा बस्ने बर्ष ८० की माईती कुमारी गुरुङको
ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर अबिरल बर्षाको कारण घर
माथीबाट पहिरो आई घर पुरिन गएको भन्ने सूचना प्राप्त हुनासाथ ई.प्र.का. शिसुवाबाट
प्रहरी टोली खटिई गई खोज तथा उद्दार कार्य गरिरहको । उक्त घरमा २ जनाको परिवार
बस्दै आएकोमा निज माईती कुमारी गुरुङ बेपत्ता भएकीमा खोजतलास गर्दै जाँदा ऐ.
०७ः०० बजे मृत अवस्थामा फेला परेको । निजको छोरा अं. बर्ष ५५ को ओम ब.
गुरुङलाई प्रहरी र स्थानियको सहयोगमा सकुशल उद्दार गरेको ।

सूचना अधिकारी
प्र.ना.उ. बसन्त कुमार शर्मा
जिल्ला प्रहरी कार्यालय कास्की ।