पोखराको स्क्वायर मोटर्समा टीभीएसको नयाँ शोरूम

-


     पोखरा क्लिक     
     असार २६ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा, असार २६,

पोखराको स्क्वायर मोटर्स प्राइभेट लिमिटेडमा नयाँ टीभीएस शोरूम संचालनमा ल्याएको छ । जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा कास्की क्षेत्रको लागि आधिकारीक टिभिएसका दुई पाङग्रे सवारी साधनहरु बिक्रि वितरणको आधिकारीक बिक्रेताको रुपमा स्क्वायर मोटर्सले जिम्मा लिदै सोरुम संचालनमा ल्याएको हो ।

बुधबार पोखरामा आयोजित एक समारोहका बिच उक्त सोरुमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले पोखरालाई वातावरण मैत्रि सवारी साधनहरु संचालन गर्न महानगरले थालेको प्रयासमा उक्त अभियानले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । मेयर आचार्यले अब सवारी साधन चलाउदा वातावरणमा विशेष ध्यान दिनुपर्ने बताउदै पोखरामा वातावरण प्रदुषणका कारण ४ दिन भन्दा बढी समय हवाई उडान समेत प्रभावित भएको दाबी गर्नु भयो । वातावरण प्रदुषण हुनुमा ४० प्रतिशत पेट्रोलियम पदार्थबाट संचालन हुने सवारी साधनको धुवा र धुलोबाट वातावरण प्रदुषण हुने दाबी गर्दै उहाँले ईभि सवारीलाई महानगरले प्रथामिकता दिदै आएको बताउनु भयो । पोखरामा टु ह्विलरका लागि अब अटो ल्याण्ड स्थापना गर्ने तयारी भएको उहाँले दाबी गर्नु भयो ।

जगदम्बा मोटर्स प्रा.लि.का सेल्स म्यानेजर धनिराम भुषालले देशका १३६ शहरमा टिभिएस बिक्री हुँदै आएको बताउनु भयो । टिभिएसको बिक्रि पछिको सेवा र पार्टस समेतमा बिषेश ध्यान दिएको उनले बताउदै पोखरा क्षेत्रमा हाल टिभिएसका करिब १३÷१४ हजार ग्राहक भएको जनाउनु भयो। आफ्नो कम्पनीमा पोखराका दुई युवा व्यवसायीले सुरु गरेको टिभिएस बिक्रिबाट बार्षिक ५०÷६० करोड कारोवार गर्ने गरेको उहाँको भनाई थियो । देशको विसम परिस्थितीमा पनि पोखरामा ६० भन्दा बढीलाई रोजगार दिएको कम्पनीको दाबी छ । अबको ७÷८ महिना पछि नेपालमा नम्वर १ हुने लक्ष्यमा आफुहरु अघि बढेको भुषालले जनाउनु भयो । टिभिएस हाल दोश्रो नम्बरमा भएको कम्पनीले दाबी गरेको छ ।

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको लागि मोटरबाइक र स्कुटर विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइने भएको छ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार सहित व्यापक सेवाहरू प्रदान गर्ने भएको स्क्वायर नेपालका कार्यकारी निर्देशक विनोज पोटेले बताउनु भयो । बजारमा अत्याधुनिक सुबिधा संम्पन्न शोरुम स्थापना गर्नुको साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भारका लागि पोखराको पसर््याङ्गमा सर्भिस सेन्टर स्थापना गरेको छ ।

पोखरामा टीभीएस लाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने अर्को सञ्चालक आदर्शमान श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । पोखरामा टिभिएसको सर्वाधिक बिक्रि वितरण हुने गरी आफुहरु लागेको उहाँले दाबी गर्नु भयो ।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका सवारी साधन दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुद पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्टी बनाउन सफल भएको कम्पनीले दाबी गरेको छ ।

गुणस्तरिय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टस सर्वसुलभ कर्जाहरुको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिकको रुचाइमा पर्न थालेको कम्पनीले दाबी गरेको छ ।