पोखराको दिपाङ्ग ताल नजिक डुवानमा फसेका ४ जनाको उद्धार

-


     पोखरा क्लिक     
     असार २६ गते २०८१ मा प्रकाशित



सागर सुनार,
पोखरा २६, असार,

पोखरामा डुवानमा फसेका चार जनाको शकुसल उद्धार गरिएको छ । पोखरा महानगर–२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले सकुशल उद्धार गरेको हो ।


गुल्मी स्थायी भई हाल हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ४५ बर्षका राम बहादुर अधिकारी, ३९ वर्षकी सृजना अधिकारी, ६ वर्ष ६ का आयुष अधिकारी र ४ वर्षकी आयुष्का अधिकारीलाई पानीमा डुब्दै गरेको अवस्थामा बुधबार विहान ८ बजे उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले बताए । स्थानीयहरुको सूचनाका आधारमा घटनास्थल पुगेको उक्त टोलीले उद्धार गरेको हो । विपद्का वेला प्रहरी सहित शसस्त्र प्रहरीलाई समेत खबर गर्न उहाँले आग्रह गर्नु भएको छ ।