समानुपातिक निर्वाचन प्रणाली अस्थिर राजनीतिको प्रमुख कारण होः नेता केसी

-


     पोखरा क्लिक     
     असार २५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २५, असार,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले देशमा अस्थिरताको प्रमुख कारणहरु मध्य समानुपातिक निर्वाचन प्रणाली पहिलो भएको बताउनु भएको छ । नेपाल प्रेस यूनिय कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले नेपालको अस्थिर राजनीतिकको प्रमुख कारण समानुपातिक निर्वाचन प्रणाली भएकोले त्यसको खारेजी हुनु पर्ने माग समेत गर्नु भयो ।

पूर्वमन्त्री समेत रहनु भएको केन्द्रिय सदस्य केसीले भन्नुभयो “समानुपातिक निर्वाचन प्रणाली अस्थितरताको कारण मात्र होइन, पार्टी भित्रका नेता र नेतृत्वमा घेरिनु वाहेक कुनै पनि प्रभावकारी काम हुन सकेन, यो कुनै पार्टीमा पनि यसको प्रभावकारी भएको पाइएन, त्यस कारण समानुपातिक निर्वाचन प्रणाली खारेज हुनुपर्छ भन्ने मेरो भनाई यो, यो बिषयमा मैले संसदमा उठाउदै आएको छुँ ।”

समानुपातिक निर्वाचनको लागि समानुपातिक क्षेत्र निर्धारण गर्न सुझाव दिदै नेता केसीले नेपाल धेरै जनप्रतिनिधिहरु हुँदा देशको अर्थतन्त्रले धान्न नसक्ने अबस्थामा पुगेकोले अब यसको सङख्या घटाउनु पर्नेमा जोड दिनु भयो । नेपालको संसदीय व्यबस्थाले अस्थिरता नै ल्याउन प्रोत्साहन गरेको उहाँले जनाउनु भयो । बर्ष दिन पनि सरकार टिक्न नसक्ने अबस्था भएकोले गर्दा संविधानमा सांसद र कार्यपालिकाको भूमिका राम्रोसंग व्याख्या हुनु पर्ने नेता केसीले जनाउनु भयो । आफ्नो धारणा राख्दै उहाँले अब निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्ने जनाउनु भयो ।

देशका दुई ठुला दलहरु मिल्नु देशको लागि अवसर र चुनौती दुबै आएको उहाँको भनाई थियो । उहाँले भन्नु भयो “सबैलाई मिलायर देश र जनताको हितमा काम गरे देशमा हाल देखिएको अस्थिरताको अन्त्य हुन्छ तर पद र भागबण्डामा नमिलेमा फेरी देशमा अर्को चुनौती आउने उत्तिकै सम्भावना रहेको छ । ” यही असार २८ गते नयाँ सरकारले जनताको आवश्यकता पूरा गर्ने गरी अघि बढ्नु पर्ने नेता केसीको भनाई छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल अध्ययन तथा अनुगमन समितिका सदस्य समेत रहनु भएको नेता केसीले विमानस्थल निर्माणको बिषयमा सम्झौता हुदा देखि नै अनियमितता भएको हुन सक्ने दाबी गर्नु भएको छ । चिनको एक्जिम बैंकबाट बनाएको हो या भारतको बिआरआई परियोजनाबाट बनेको हो यसमा सरकारको आधिकारीक धारणा सार्वजनिक गर्न उहाँले माग गर्नु भयो । पोख।ा विमानस्थलको बिषयमा छानविन समितिले सत्यतथ्य घटनाको बारेमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरी दोषी उपर कार्वाहीको लागि सिफारिस समेत गर्ने नेता केसीको भनाई छ । प्रेस यूनियन कास्कीका उपाध्यक्ष ज्योति हमालको अध्यक्षतामा कार्यक्रम भएको सचिव सुमन गुरुङले जनाउनु भयो ।