
धादिङ २६, असार,
पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत धादिङको नौबिसे मलेखु सडक आज (बुधबार) देखि राति १० बजे देखि बिहान ३ः०० बजेसम्म बन्द हुने भएको छ । पुलको बिम राख्ने कार्य गर्न लागिएकोले गर्दा दुई हप्तासम्म उक्त सडकमा राति ५ घण्टा बन्द रहने भएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताउनुभयो ।
आगामी साउन ९ गतेसम्म रातिको समयमा उक्त पुलको निर्माणको काम गर्न लागिएको उहाँले जनाउनु भयो । नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमहरु राख्न लागेकोले सडकमा हुने जोखिमलाई मध्यनजर गरी हाल सडक बन्द गर्नुपरेको हो ।
गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको आयोजनाले जनाएको छ।एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिने भएको प्रहरीले जनाएको छ । वैकल्पिक मार्गको रुपमा गल्छी(विदुर(छहरे(टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ ।