
पोखराको बिन्ध्यवासिनी सहकारीको ठगी आरोपमा थप दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड स्थित संचालनमा रहेको विन्ध्यवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा पोखरा १७ बिरौटाका ४६ बर्षीय किरण कपाली र संस्थाका पूर्व लेखा समिति संयोजक विरौटाकै ४५ बर्षका बुद्दी सागर ढकाललाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी उनीहरुलाई अदालतमा उपस्थित गराएको थियो ।
उक्त सहकारी संस्था ठगी प्रकरणमा अध्यक्ष सहित ३ जनालाई प्रहरीले यस अघि नै पक्राउ गरेको थियो ।
पोखरा ९ न्यूरोडमा कार्यालय रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको करिब ७ करोड रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य एवं ऋण समिति संयोजक कृष्णमान श्रेष्ठ र उदित सन्दीप पौडेल पक्राउ परेका थिए ।