समाचार

भोटेकोशी बाढीका दिवंगतको सम्झनामा पोखरामा १०८ दीप प्रज्वलन

पोखरा, भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरामा १०८ दीप प्रज्वलनसहित स्वस्ति–शान्ति पाठ तथा पूजाआजा गरिएको छ। बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको १३औँ पुण्यतिथिको अवसरमा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारी, गण्डकी किनारमा सोमबार बिहान धार्मिक विधिअनुसार स्वस्ति वाचन, शान्ति पाठ तथा दीप प्रज्वलन गरिएको हो। बाढीले बगाएर ल्याएका ७८ वटा शवहरूको व्यवस्थापन गरिएको उक्त स्थलमा धार्मिक गुरुहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै स्वस्ति–शान्ति पाठ तथा प्रार्थना गरेका थिए। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे भने शोकसन्तप्त परिवारजनप्रति… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा पहिलो महिला अध्यक्ष शोभा गौतम निर्वाचित

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा नयाँ अध्याय थपिएको छ। संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएसँगै निजी क्षेत्रको यो पुरानो छाता संगठनले पहिलोपटक महिला नेतृत्व पाएको हो। संघको ३६औँ महाधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै गौतम निर्वाचित भएकी हुन्। अन्तिम मतपरिणामअनुसार गौतमले ७५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७ मत पाए। उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गरे । गौतमले पोखरेललाई ११४ मतको अन्तरले पराजित गरेकी हुन्।… पुरा पढौ

हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

पोखरा, नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको आइतबार अवेर सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अनन्तराज पौडेल, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा विशाल पौडेल र सहसचिवमा अर्जन अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा विष्णुप्रसाद भण्डारी, राजकुमार पौडेल, महेश्वर आचार्य र विश्वास अधिकारी रहनुभएको छ । निर्वाचन समितिको संयोजकमा सुशीलकुमार वाग्ले तथा सदस्यमा उमनाथ आचार्य र विष्णु अधिकारी रहनुभएको थियो । यसअघि… पुरा पढौ

पोखराको फेवातालमा सरसफाइ, एक गाडी फोहोर संकलन

पोखरा, फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिका–१८ स्थित खपौंदी क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ। वातावरण संरक्षणका लागि महाअभियान, कास्कीको अगुवाईमा फेवातालको स्वच्छता र वातावरणीय संरक्षणका लागि जलारी दिदीबहिनी समूह, फेवातालमा आश्रित जलारी समुदायको सहकार्यमा नियमित रूपमा हुँदै आएको सरसफाइ अभियानअन्तर्गत ताल किनार तथा प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्रमा सरसफाइ गरिएको हो। हरेक महिनाको तेस्रो आइतबार सञ्चालन हुँदै आएको अभियानमा ताल किनारमा फालिएका प्लास्टिकजन्य फोहोर, सिसाका बोतल तथा अन्य विभिन्न प्रकारका फोहोर संकलन गरिएको वातावरण संरक्षणका लागि महाअभियान, कास्की का संयोजक रामबहादुर पौडेलले… पुरा पढौ

आफ्नै पीडालाई भुलेर बाढीपीडितको साथमा ध्रुव थापा र मिलन थापा परिवार, ५० लाख सहयोग

पोखरा, आफ्नो घर–सम्पत्ति गुमाउनुको पीडा भोगिरहेका ध्रुव थापा र मिलन थापा परिवारले आफ्नै दुःखलाई एकातिर पन्छाउँदै बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारको सहयोगमा हातेमालो गरेका छन् । थापा परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेका हुन् । आफ्नै घर खरानी भएको कहालीलाग्दो घटनाको एक वर्ष पुग्नै लाग्दा पनि थापा परिवारको घर पुनर्निर्माण हुन सकेको छैन। अहिले पनि साथीले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आएको परिवारले आफ्नै पीडाका बीच विपद्मा परेका अन्य समुदाय र परिवारका लागि केही गर्नुपर्छ भन्ने… पुरा पढौ

विपद् प्रभावितका लागि ग्लोबल कलेजियट स्कुलद्वारा १० लाख भन्दा बढी सहयोग

पोखरा, भोटेकोशीमा आएको बाढी प्रभावितहरुको राहत र उद्धार तथा पुनस्थापनाको लागि पोखरा ११ रानीपौवामा रहेको प्रतिष्ठित शैक्षिक संस्था ग्लोबल कलेजियट स्कुलले १० लाख भन्दा बढी सहयोग गरेको छ । विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले ग्लोबल कलेजियट स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ३ हजार ७०५ सहयोग रकम संकलन गरेको बिद्यालयले जनाएको छ । विद्यालयका विद्यार्थीहरूबाट रु. ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीहरूबाट रु. ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट रु.… पुरा पढौ

सहारा उत्कृष्ट सदस्य सम्मानबाट सिद्धान्त थापा मगर सम्मानित हुने

पोखरा, सहारा क्लब पोखराले यस वर्षको सहारा उत्कृष्ट सदस्य सम्मान–२०८३ बाट सिद्धान्त थापा मगरलाई सम्मान गर्ने भएको छ। क्लबको २८ औं वार्षिकोत्सवका अवसरमा आगामी भदौ ३० गते उनलाई सम्मान गरिने क्लबले जनाएको छ। वि.सं. २०६१ असार १५ गते जन्मिएका थापा मगर २०७३ सालमा क्लबको जुनियर सदस्य बनेका थिए। उनी २०७८ सालदेखि हालसम्म क्लबको साधारण सदस्यका रूपमा सक्रिय छन्। क्लबप्रति निरन्तर वफादार रहँदै विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका उनलाई योगदानको कदरस्वरूप यस वर्षको उत्कृष्ट सदस्य सम्मान प्रदान गर्न लागिएको क्लवले… पुरा पढौ

टेनिसमा अर्को इतिहाँस रच्दै पोखरेली टेनिस स्टार अभिषेक बाँस्तोला

२१ भाद्र, पोखरा, पोखरेली टेनिस स्टार खेलाडी अभिषेक बास्तोलाले नेपाली टेनिसमा अर्को इतिहाँस रच्दैछन् । उनी एटीपी च्यालेन्जर ट्रफी खेल्ने भएका छन् । सम्भवत यो प्रतियोगिता खेल्न अभिषेक नेपालका पहिलो टेनिस खेलाडी हुन् । ७ देखि १३ सेप्टेम्बरसम्म भियतनामको फान थिएटस्थित नोभा वल्र्डको हार्ड कोर्टमा उक्त च्यालेन्जर ट्रफी हुनेछ । वाइल्ड कार्डबाट प्रवेश पाएका अभिषेकले क्वालिफायरमा जापानी खेलाडी युता कावाहासीविरुद्ध खेल्नेछन् । कुल ६३ हजार अमेरिकी डलर पुरस्कार राशिको एटिपी च्यालेन्जरमा नेपालको प्रतिनिधित्व गर्न पाउन नेपाली टेनिस र आफ्नो लागि… पुरा पढौ

एनटीएचएमसीमा ‘दिगो व्यवसाय व्यवस्थापन तथा नेतृत्व’ तालिम सुरु

पोखरा, पोखरा–१४, छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) मा ‘दिगो व्यवसाय व्यवस्थापन तथा नेतृत्व’ (एसबीएमएल) सम्बन्धी छदिने तालिम शनिबारदेखि सुरु भएको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले आयोजना गरेको तालिम स्विसकन्ट्याक्ट र युनाइटेड कम्युनिटी नेपाल (अनकन) को सहकार्यमा सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गर्दै कलेजका अध्यक्ष अशोक पालिखेले पर्यटन तथा आतिथ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच व्यवसायी तथा व्यवस्थापकलाई आधुनिक र दिगो व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्न तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले बदलिँदो व्यावसायिक परिवेशअनुसार व्यवस्थापकीय क्षमता विकास… पुरा पढौ

अवार्ड जितेपछि पुरस्कारकै रकममा आफ्नै रकम थपेर बाढी प्रभावितलाई सहयोग गरे फोटो पत्रकार प्रेम थापाले

पोखरा, पुरस्कार जितेपछि त्यसको खुसी आफैंमा सीमित नराखी बाढीपीडितको पीडामा बाँड्ने प्रयास गरेका छन् पोखराका फोटोपत्रकार प्रेम थापाले । टोग्राफीमार्फत समाज र देशलाई चिनाउँदै आएका थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित भएका हुन्। अवार्डसँगै प्राप्त नगद पुरस्कारमा आफ्नै तर्फबाट सोही बराबरको रकम थपेर उनले बाढी प्रभावित परिवारको सहयोगका लागि प्रदान गरेका छन्। पोखरा फोटोग्राफर संघको आयोजनामा भएको ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोह–२०८३ का अवसरमा थापालाई उक्त अवार्ड… पुरा पढौ

This will close in 20 seconds