समाचार

३ लाख बराबरका ३२८ थान नयाँ टी–सर्ट सहयोग

पोखरा, रसुवामा बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ सृष्टि क्रिएसन प्रा.लि., पोखरा ले करिब रु. ३ लाख बराबरका ३२८ थान नयाँ टी–सर्ट सहयोग गरेको छ।बाढीबाट प्रभावित बालबालिकादेखि युवा तथा ज्येष्ठ नागरिकसम्मका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि विभिन्न साइजका टी–सर्टहरू राहतस्वरूप पठाइएको हो। सृष्टि क्रिएसनका सञ्चालक शान्ता श्रेष्ठ को सञ्चालनमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य माननीय उत्तम प्रसाद पौडेलज्यू अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका सभापति योगेन्द्र के.सी.को उपस्थिति रहेको थियो। कार्यक्रममा सृष्टि क्रिएसनका अन्य सञ्चालकहरूको समेत… पुरा पढौ

बेगनासमा तीज गीत प्रतियोगिता, रसुवा बाढी पीडितलाई समर्पण

पोखरा, पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला, संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले पोखराको बेगनासमा आयोजना हुन लागेको खुला तीज गीत प्रतियोगिता रसुवा बाढी पीडितप्रति समर्पित गरिने भएको छ । पोखरा पार्टी मिडिया प्रालिको आयोजनामा यही भदौ २७ गते शनिबार पोखरा–३१ स्थित बेगनास वराह क्षेत्रमा प्रतियोगिता आयोजना हुन लागेको हो। पछिल्लो समय बाढीपहिरोबाट प्रभावित रसुवाका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रतियोगितालाई पीडितहरूको सहयोग र सम्मानमा समर्पित गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताको अध्यक्षता पोखरा पार्टी मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र सापकोटा भाटले गर्नेछन्। कार्यक्रमको संयोजन… पुरा पढौ

एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध

पोखरा, नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले मनकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोमनाथ पौडेल पदेन सदस्य (माछापुच्छ«े गाउँपालिका)… पुरा पढौ

सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

पोखरा, सुनगाभा बचत ऋण सहकारी संस्था, पोखरा–१८, सेदी बगरको १७ औं साधारण सभा आइतबार सम्मपन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ।व ८२÷८३मा ७ करोड २२ लाख ७ हजार ८ सय ७८ रुपैया निक्षेप संकलन गर्ने सफल भएको छ । १ करोड १६ लाख १३ हजार ५ सय शेयर पुँजी रहेको सहकारीले ५ करोड १० लाख १३ हजार ५ सय रुपैया कर्जा लगानी गरेको छ ।यस्तै, २५ लाख ३८ हजार ५ रुपैया कर्जा जोखिम कोषमा राखिएको छ । वार्षिक साधारणसभा… पुरा पढौ

सन्तानेश्वरको महायज्ञमा २ करोड बढी रकम संकलन

पोखरा, पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको सातौँ दिन सकिँदा दुई करोडभन्दा बढी रकम संकलन भएको छ। आयोजकका अनुसार महायज्ञ लक्ष्य उन्मुख भएको छ। महायज्ञमा भक्तजन तथा दानवीरको सहभागिता र सहयोग निरन्तर बढिरहेको प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए । महायज्ञ धार्मिक अनुष्ठानसँगै सामाजिक अभियानका रूपमा अघि बढेपछि भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ। पोखरा–५ का विभिन्न टोल विकास संस्था, आमा समूह तथा स्थानीय समुदायसँगै छिमेकी वडाबाट समेत श्रद्धालु तथा… पुरा पढौ

एन प्याब्सन कास्कीको पदस्थापन कार्यक्रम

पोखरा, नेसनल प्याब्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलबार सम्मन्न भएको छ । निर्वाचन समितिले नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई लाई पदस्थापन गरेको हो । उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले अविर खादा र प्रशंशा पत्र प्रदान गरेका थिए । सर्वसम्मत निर्वाचित समतिको अध्यक्षमा मनकाजी गुरुङ,… पुरा पढौ

किम्रोङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता, वर्षाका कारण जोखिम थपियो

पोखरा, २३ भदौ, कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रोङ क्षेत्रमा पहिरोका कारण किम्रोङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढेको छ। मंगलबार साँझ करिब ६ः३० बजेदेखि खोलाको पानीको बहाव अवरुद्ध भएको स्थानीयबाट सूचना प्राप्त भएपछि गाउँपालिकाले किम्रोङखोला तथा मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। खोला कुन स्थानमा र के कारणले थुनिएको हो भन्ने विषयमा भने अहिलेसम्म यकिन हुन सकेको छैन। खोला थुनिएर पानी जम्मा हुँदै गएमा कुनै पनि समयमा अवरोध फुट्न सक्ने र त्यसबाट… पुरा पढौ

पोखरा पर्यटन परिषदको पदाधिकारी चयनसँगै पदस्थापना

पोखरा, पोखरा पर्यटन परिषद्को नयाँ कार्यसमितिले पूर्णता पाउँदै पदाधिकारी चयनसँगै पदस्थापना गरेको छ। परिषद्को २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष हरि भुजेलले विधानअनुसार पदाधिकारी मनोनीत गरेसँगै आज (मंगलबार) नवनिर्वाचित कार्यसमितिको पदस्थापना गरिएको हो। परिषद्को प्रथम उपाध्यक्षमा हरिराम अधिकारी र द्वितीय उपाध्यक्षमा नारायणप्रसाद सुवेदी मनोनीत भएका छन्। अधिकारी ग्लोबल भ्याकेसन ट्राभल्स एन्ड टुर्सका सञ्चालक तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका पूर्वअध्यक्ष हुन्। सुवेदी ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) का पूर्वअध्यक्ष हुन्। यसैगरी नेपाल एसोसिएसन… पुरा पढौ

पुम्दी–भुम्दी पर्वतीय दौड दुई साता पछि स¥यो, असोज २४ मा हुने तयारी, असोज पहिलो साता खेलाडीहरुको लागि अनलाइन फारम खुल्ला हुने

पोखरा, २३ भदौ, आउदो असोज १० गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सरेको छ । प्रतियोगिता आगामी असोज २४ गते शनिबार हुने भएको आयोजकले जनाएको छ । भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै पोखरा–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक भासिएर पृथ्वीराजमार्ग प्रभावित भएपछि निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न कठिन हुने अवस्था देखिएपछि मिति सारिएको आयोजक पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रले जनाएका छन् ।… पुरा पढौ

बाढीपीडितका लागि लामाचौर नेवाः खलद्वारा ५५ हजार ५५५ रुपैयाँ सहयोग

पोखरा, लामाचौर नेवाः खलः गुठी कास्कीले रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । गुठीले आफ्ना ४० घरधुरी सदस्यहरूबाट संकलित ५५ हजार ५५५ रुपैयाँ कोषको हिमालयन बैंकमा रहेको खातामा सोमबार जम्मा गरेको गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए । गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण सयौं मानिसको ज्यान गएको, हजारौं प्रभावित तथा बेपत्ता र ठूलो मात्रामा भौतिक क्षति पुगेपछि देश नै शोकमा रहेका बेला सामाजिक उत्तरदायित्वस्वरुप गुठीले सहयोग गरेको हो ।… पुरा पढौ

This will close in 20 seconds