समाचार

वाढीपीडित सहयोगार्थ सिटीवान पाँचौँ तीज गीत प्रतियोगिताको उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहलाई

पोखरा २४ भदौ, सिटीवान टेलिभिजनले आयोजना गरेको प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ को उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहले जितेको छ । हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा सहभागी सवै समूहलाई पछि पार्दै ऊर्जाशील दिदीबहिनी समूह प्रथम भएको हो । विजेता समूहले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहनशील दिदीबहिनी समूह द्वितीय, डियर वाक पोखरा स्कुल तृतीय तथा कमलजैशी आमा समूह सान्त्वना भएका छन् । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र… पुरा पढौ

मन्त्र थकालीका ४ महिला उद्यमीले खुलेर गरे सहयोग, भोटेकोशी बाढी प्रभावितका लागि २१ लाख सहयोग

दीननाथ बराल,पोखरा, २४ भदौ, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार एवं पुनस्थापनाका लागि पोखराका चार महिला उद्यमीले संचालन गरेको मन्त्र थकालीले २१ लाख एक हजार ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पोखराको न्यूरोडबाट करिब १८ वर्षअघि सुरु भएको मन्त्र थकालीका सञ्चालक नमिता शेरचन भट्टचन, रोश्नी तुलाचन शेरचन, विनिता गौचन र तृष्णा शेरचनले संयुक्त रूपमा उक्त रकम सहयोग गर्नुभएको मन्त्र थकालीले पोखराक्लिकलाई जनाएको छ । उहाँहरूले केही दिन अघि नेपाल सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त… पुरा पढौ

जोन्टा क्लबद्वारा १ लाख ५० हजार राहत

पोखरा, २४ भदौ, रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ जोन्टा क्लब अफ पोखराले १ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको उक्त बराबरको रकमको भौचर जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाएको छ । क्लबका अध्यक्ष नेलिसा ठकुरी नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारीलाई भौचर हस्तान्तरण गरिएको क्लबका सचिव बन्दना कार्की केसीले बताइन् । सो अवसरमा क्लब उपाध्यक्ष सिर्जना भट्टराई, सचिव बन्दना कार्की केसी, कोषाध्यक्ष श्रीविद्या कायस्थसमेतको उपस्थिति थियो । क्लबले अर्को… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि प्रगति माविको ७ लाख सहयोग

पोखरा, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा–१६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले सात लाख एक सय ३१ रुपैयाँ सहयोग गरेको छ। विद्यालय परिवार, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सहभागितामा संकलन गरिएको उक्त रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विद्यालयका सूचना अधिकारी जयराम पौडेलका अनुसार राहत अभियानअन्तर्गत विद्यार्थीबाट एक लाख ९१ हजार १६६ रुपैयाँ संकलन भएको थियो। शिक्षक तथा कर्मचारीबाट दुई लाख ७३… पुरा पढौ

पोखरामा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

दीननाथ बराल,पोखरा, २४ भदौ, पोखरामा आज ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेको प्रहरीले पोखराक्लिकलाई जनाएको छ। पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा बुधबार दिउँसो ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बुधबार दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई… पुरा पढौ

रसुवा बाढीपीडितका लागि सोसल पब्लिक स्कुलको तीन लाख ८५ हजार सहयोग

पोखरा, विपद्मा परेका नागरिकको सहयोगका लागि पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलले तीन लाख ८५ हजार २४३ रुपैयाँ राहत रकम संकलन गरी हस्तान्तरण गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि विद्यालयले राहत संकलन अभियान सञ्चालन गरेको थियो। विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको योगदानसँगै विद्यालयको आफ्नै स्रोतबाट रकम जुटाइएको विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्माले जानकारी दिनुभयो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)… पुरा पढौ

होटल संघद्धार राहत कोषमा सहयोग, संघ सहित संघमा आबद्ध होटलबाट करिब ४० लाख सहयोग

पोखरा, २४ भदौ, होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ । संघका तर्फबाट दुई लाख रुपैयाँ, बाराही हस्पिटालिटिका तर्फबाट २० लाख ५५ हजार रुपैयाँ र अन्य होटलको सहित गरी कूल २९ लाख ३५ हजार आठ सय ३३ रुपैयाँको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई प्रदान गरिएको थियो । सो अवसरमा माउण्टेन ट्रष्टका तर्फबाट गरिएको १० लाख रुपैयाँ सहयोग बारे समेत जानकारी प्रदान गरिएको थियो । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको… पुरा पढौ

पोउवा संघको चुनावःफेन्सी तथा रेडिमेड व्यवसायी संघका ९ उम्मेदवार, मनोहरी पौडेल मात्र विजयी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा उधोग वाणिज्य संघमा सवैभन्दा बढी सदस्य रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनामध्ये मनोहरी पौडेल मात्र विजयी भएका छन्। फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट पोखरा उधोग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचनमा अध्यक्षदेखि कार्यसमिति सदस्यसम्म विभिन्न पदमा आफ्ना ९ जना व्यवसायीलाई उम्मेदवार भएका थिए । तीमध्ये कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका पौडेलले निर्वाचनमा विजयी हासिल गर्दै संघको कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरेका हुन्। फेन्सी तथा रेडिमेड व्यवसायी संघका… पुरा पढौ

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा, पोखरामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। पोखरा–बुद्धचोक क्षेत्रमा आज दिउँसो भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए भने घाइते चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै… पुरा पढौ

भोटेकोशी–त्रिशूली बाढी पीडितका लागि सिर्जना सेकेण्डरी स्कुलको पाँच लाख ५४ हजार सहयोग

पोखरा, रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा–८, सिर्जनाचोकस्थित सिर्जना सेकेण्डरी स्कुलले पाँच लाख ५४ हजार रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले सञ्चालन गरेको अभियानमार्फत उक्त रकम संकलन गरिएको हो। विपद्को समयमा मानवीय सहयोग आवश्यक रहेको भन्दै विद्यालय परिवारले विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको सहभागितामा राहत अभियान सञ्चालन गरेको जनाएको छ। विद्यालयका अनुसार संकलित रकममा विद्यार्थीको योगदान एक लाख ८७ हजार ९८२ रुपैयाँ रहेको छ।… पुरा पढौ

This will close in 20 seconds