समाचार

सहारा खेलकुद पत्रकारिता पुरस्कार पराजुलीलाई

पोखरा, सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । सहारा क्लब पोखराले संचालन गर्दै आएको सो पुरस्कार छनोट समितिको सिफारिसमा उनलाई प्रदान गरिने निर्णय भएको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रतिभा छनोट समिति संयोजकमा क्लबका मानार्थ सदस्य नारायण कार्की थिए । सदस्यमा क्लबका सल्लाहकार दीपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबि आस्था, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवराज बराल, क्लब… पुरा पढौ

मनोहरी पौडेललाई जिताउन बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आव्हान

‍‍‍पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेद्वार मनोहरी पौडेललाई विजयी गराउन बुद्व विशाल बजार व्यापारिक एशोसियसनले संस्थागत रूपमा आव्हान गरेको छ। एसोसिएशनले पौडेलको उम्मेद्वारीले व्यवसायीको हक, हित र आवाजलाई संघभित्र थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै आफ्ना सदस्य तथा सम्पूर्ण उधोगी व्यवसायी लगाएत विभिन्न वस्तुगत समितिहरूलाई सक्रिय सहयोग र मतदानका लागि आह्वान गरेको हो। एसोसिएशनका अध्यक्ष बुद्वी बहादुर कुँवर तथा महासचिव थमन सिह गुरूङद्वारा जारी अपीलमा संस्थागत एकता, आपसी सहकार्य र सामूहिक हितलाई केन्द्रमा राख्दै पौडेलको… पुरा पढौ

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भोटेकोशी बाढी प्रभावितलाई १० लाख सहयोग गर्यो

दीननाथ बराल,पोखरा१९, भदौं, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको जनाएको छ । देशमा विपत्ति पर्दा सहयोगका लागि राज्यसँगै निजी क्षेत्र पनि अघि बढ्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै कम्पनीले आफ्नो तहबाट उक्त सहयोगगरिएको ीका अध्यक्ष ऐनकुमार शाहीले बताउनु भयो । देशमा विपत्ति परेका बेला आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले सकेको सहयोग… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा व्यवसायीको आशालाग्दो व्यक्त्तीका रुपमा हेरिदै मनोहरी पौडेल

पोखरा, पोखरा उद्योग वाणिज्य संघमा पछिल्लो समयमा व्यवसायीको रुचि र सहभागीता घट्दो क्रममा रहेको छ । करीब पाँच हजारको हाराहारीमा रहेका सदस्यहरुको सख्या घटेर अहिले दुइ हजार सात सयको हाराहारीमा आएको छ । २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्थाको सदस्य संख्या विगतको भन्दा धेरै थोरै हो । दुइ हजार सात सय हाराहारी सदस्य संख्या पु¥याएको संघले आफ्नै सदस्य जोगाउन सकिरहेको छैन । विभिन्न आन्दोलन, कोभिड, अव्यवस्थित पार्किङ, महँगो घरभाडा, चर्को कर प्रणालीजस्ता विभिन्न मार खेप्दै… पुरा पढौ

प्रधानमन्त्री दैवी प्रकोप कोषमा मदरल्याण्ड माविको ८ लाख १५ हजार

पोखरा, भदौ १९, रसुवा भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम जम्मा गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुुसार कोषमा रकम जम्मा गर्ने बाहेक विद्यालयको जुनियर रेडक्रस सर्कलमार्फत संकलित राहत सामाग्री जिल्ला रेडक्रस सोसाइटी कास्कीलाइ हस्तान्तरण गरिएको छ । बाढी पीडितहरुको सहयोगार्थ काइन्डनेस क्लव मदरल्याण्डका सदस्य विद्यार्थीको सक्रियतामा… पुरा पढौ

नेपाल–भारत मैत्रीपूर्ण पुरुष ह्याण्डबल सिरिजमा नेपालको विजयी सुरुवात

पोखरा, पोखरामा सुरु भएको नेपाल–भारत त्रिदिवसीय मैत्रीपूर्ण पुरुष ह्याण्डबल सिरिजमा नेपाली युवा टोलीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको पहिलो खेलमा नेपाली युवा टोलीले भारतको यू–२५ टोलीलाई १७–१३ गोलअन्तरले पराजित गर्दै सिरिजमा १–० को अग्रता बनाएको हो । हालै बंगलादेशमा सम्पन्न यू–१८ तथा यू–२० आइएचएफ ट्रफीमा सहभागी नेपाली टोलीका खेलाडीलाई समेटेर तयार पारिएको युवा टोलीले भारतीय यू–२५ टोलीसँग प्रतिस्पर्धा गरेको नेपाली राष्ट्रिय युवा टोलीका प्रशिक्षक विशाल बस्नेतले जानकारी दिए । विभिन्न देशमा मैत्रीपूर्ण खेलमार्फत अनुभव… पुरा पढौ

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

भाद्र १९,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको मुख्य प्रायोजनमा शुक्रबारदेखि तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल टेनिस प्रतियोगिता सुरु भएको छ । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेल पर्यटन प्रवद्र्धन तथा खेलाडीबीच भाइचारा सम्बन्ध प्रगाढ पार्नका लागि रेवान पोखराले यो प्रतियोगितालाई सहयोग गर्दै आएको बताउनुभयो । यसअघि रेवान पोखराका पदाधिकारीहरूले कास्की जिल्ला खेलकुद विकास समितिले… पुरा पढौ

परिपक्व र अनुभवी नेतृत्वप्रति व्यवसायीको विश्वास , उत्तममानप्रति बढ्दो समर्थन

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यप्रति उद्योगी व्यवसायीको सकारात्मक प्रतिक्रिया बढ्दै गएको छ। लामो समयदेखि व्यवसायमा सक्रिय रहँदै संघको नेतृत्व तहमा समेत अनुभव हासिल गरेका बुद्धाचार्यलाई परिपक्व, जिम्मेवार र अनुभवी नेतृत्वका रूपमा हेरिएको छ। व्यवसायीहरूसँगको भेटघाट तथा छलफलका क्रममा बुद्धाचार्यले संघलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा अघि बढाउने र सरकारसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्। उनको अनुभव, संघमा गरेको लामो योगदान र व्यवसायीका समस्यालाई नीतिगत तहसम्म पुर्‍याउन सक्ने क्षमतालाई… पुरा पढौ

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

पोखरा, लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा वरिष्ठ संस्कृतिकर्मी स्व। लोक बहादुर गुरुङको १२ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ। प्रतिष्ठानले गुरुङलाई रु। ५१ हजार नगद, दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो। गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको जनाइएको छ। गण्डकी प्रदेश सरकारका सांसद एवम् चलचित्र निर्माता वेदबहादुर गुरुङ ‘श्याम’ को… पुरा पढौ

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

पोखरा १९ भाद्र, छाङ्गेली नेवाः खल समाजले पितृ उद्धार पर्व गाइजात्राको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पोखरा न्युरोडस्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा आयोजित कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जयकुमार मल्लले जानकारी दिए ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले रक्तदाता प्रेम पुन र पारस द्वालाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले रगतको अभाव भइरहेको समयमा छाङ्गेली नेवाः खल समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त… पुरा पढौ

This will close in 20 seconds