दीननाथ बराल,पोखरा १९, भदौं, व्यवसायमा सफल हुनु एउटा पक्ष हो, तर आफ्नो सफलताको केही हिस्सा समाजका लागि छुट्याउन सक्नु अर्को महत्वपूर्ण कुरा हो । यही कारण पर्यटन, अटोमोबाइल तथा शिक्षा क्षेत्रसँग जोडिएका व्यवसायी अरुण चौधरी व्यवसायीका रूपमा मात्र होइन, सामाजिक संवेदनशीलता र सहयोगी स्वभावका व्यक्तिका रूपमा पनि चिनिनुहुन्छ । चौधरी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत रहनुभएका चौधरी लामो समयदेखि व्यवसायसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आउनुभएको छ । उहाँको सामाजिक सक्रियता विशेषगरी बालबालिका, शिक्षा र विपद्का बेला प्रभावित समुदायलाई…
पुरा पढौ