समाचार

९ औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा, विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित ९ औँ विश्वकर्मा भलिबल कप–२०८३ पोखरा रंगशालामा सम्पन्न भएको छ। असोज १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा दाजुभाइ क्लब गल्याङ प्रथम, हरिनास गाउँपालिका दोस्रो र शुक्लागण्डकी–१२ तेस्रो भएका छन्। विजेता दाजुभाइ क्लब गल्याङले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता हरिनासले ५० हजार र तेस्रो शुक्लागण्डकी–१२ ले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा हरिनासका सुनील मानन्धर उत्कृष्ट स्पाइकर, सञ्जित मानन्धर उत्कृष्ट ब्लकर, दाजुभाइ… पुरा पढौ

धम्पुस पोखरी घोताने चेलीबेटीको १ लाख सहयोग

पोखरा, ४ असोज, धम्पुस पोखरी घोताने चेलीबेटी समूह, पोखराले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।सङ्कलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरेपश्चात् समूहकी अध्यक्ष मायाकुमारी गुरुङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको हात फैलाउन अपिल गरेकी छन् ‘आपतविपतको समयमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मन फुकाएर थोपाथोपा गरी मद्दत एवम् सहयोग गरौँ,’ अध्यक्ष गुरुङले भनिन् । तीज पर्वको अवसरमा हुने परम्परागत दर खाने कार्यक्रमको खर्च… पुरा पढौ

तमु धिं नेपालको अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ निर्विरोध

पोखरा, तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको आगामी तीन वर्षे कार्यकालका लागि सुवेदार मेजर श्रीप्रसाद गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। तमु धिं नेपालको आगामी असोज ९ र १० गते पोखरामा हुने ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेपछि पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा भने असोज ९ गते गरिने प्रमुख निर्वाचन अधिकृत एवं तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले जानकारी दिनुभयो। निर्वाचन समितिले… पुरा पढौ

पर्वतीय दौडको हस्पिटल पार्टनर बन्यो मेडिप्लस एण्ड ट्रमा सेन्टर

पोखरा ४, असोज, पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो । यससम्बन्धी सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रतियोगिता अवधिभर आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचारका लागि अस्पतालले आवश्यक… पुरा पढौ

कोटदेउराली बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा, पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कृषि, पर्यटन, धार्मिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले वि.सं. २०७५ सालमा ६० जना सदस्यबाट स्थापना भएको सहकारीमा हाल १ हजार २ सय ३० जना सदस्य पुगेका छन्। सहकारीले वित्तीय कारोबारसँगै कृषि, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। साधारण सभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले किसानका लागि सहकारीले सहज… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र अस्पताल निर्देशक नियुक्त

पोखरा, ४ असोज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा सहप्राध्यापक डा. डेविड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डा. झपिन्द्र पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा.नारायणसिंह गुरुङले छनोट समितिको सिफारिसका आधारमा तिमीहरूलाई उक्त जिम्मेवारी दिएका हुन्। नवनियुक्त डीन श्रेष्ठ र अस्पताल निर्देशक पोखरेलले आज पदभार ग्रहण गरेका छन्। डीनमा नियुक्त श्रेष्ठ यसअघि पनि प्रतिष्ठानको डीनका रूपमा काम गरिसकेका छन्। प्रतिस्पर्धात्मक प्रक्रियाबाट पुनः डीन बनेका उनले प्रतिष्ठानको शैक्षिक गुणस्तर सुधार, अध्ययन–अनुसन्धानको विस्तार तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राख्ने बताएका छन्। “प्रतिष्ठानको… पुरा पढौ

गण्डकी प्रदेश सरकारले पनि मनायो संविधान दिवस

दीननाथ बराल, पोखरा, ३ असोज, गण्डकी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विभिन्न कार्यक्रम सहित मनाएको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकारले पोखरामा आयोजना गरेको विशेष समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्बोधन गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व आवश्यक रहेको बताउनुभयो । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्दै राज्यका सबै निकाय र तहमा महिला, दलित तथा पछाडि परेका समुदायको सहभागितालाई सुनिश्चित गर्नु महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो ।… पुरा पढौ

विरेठाँटी–घान्द्रुक सडक पुनः सुचारु

दीननाथ बराल, पोखरा, ३ असोज, कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएर एक महिनादेखि अवरुद्ध नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्ड पुनर्निर्माणपछि करिब एक महिना पछि पुनः सुचारु भएको छ । अन्नपूर्ण गाउँपालिका–८, विरेठाँटीमा सडकको मुख्य संरचना नै बाढीले बगाएपछि अवरुद्ध बनेको सडक स्थानीय तह, प्रदेश सरकार, नेपाली सेना, जलविद्युत् आयोजना, राजनीतिक दल, संघसंस्था तथा स्थानीयवासीको सहकार्यमा तीव्र गतिमा पुनर्निर्माण गरिएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । गत साउन २२ गते मोदीखोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउलीबजार आसपास तथा… पुरा पढौ

तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड

पोखरा ३, असोज, तेस्रो संस्कणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता २०८३ को इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सहकार्य गर्ने भएको छ । पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्वलाई मध्यनजर गर्दै कम्पनीले उक्त प्रतियोगितालाई भव्य रुपमा सफल पार्न यस बर्ष पनि सहकार्य गरेको प्रतियोगिता आयोजकले जनाएको छ । प्रतियोगितासँग सहकार्य गर्ने सम्बन्धमा युनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक दीननाथ बराल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा प्रदेश प्रमुख पौडेलले प्रतियोगितासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त… पुरा पढौ

प्रदेश स्तरीय मिडिया फुटसलको उपाधि एनएसजेएफ गण्डकीलाई

पोखरा, कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ ) ले जितेको छ । आज (शनिबार) पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित फाइनलमा एनएसजेएफले नेपाल पत्रकार महासंघ बागलुङलाई २ – ० गोलले पराजित गरी उपाधि हात पारेको हो ।गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथैं, प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरुङ् (सुमन) घोषित भए । गुरुङ्लाई नगद ५… पुरा पढौ

This will close in 20 seconds