दीननाथ बराल, पोखरा, ३ असोज, कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएर एक महिनादेखि अवरुद्ध नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्ड पुनर्निर्माणपछि करिब एक महिना पछि पुनः सुचारु भएको छ । अन्नपूर्ण गाउँपालिका–८, विरेठाँटीमा सडकको मुख्य संरचना नै बाढीले बगाएपछि अवरुद्ध बनेको सडक स्थानीय तह, प्रदेश सरकार, नेपाली सेना, जलविद्युत् आयोजना, राजनीतिक दल, संघसंस्था तथा स्थानीयवासीको सहकार्यमा तीव्र गतिमा पुनर्निर्माण गरिएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । गत साउन २२ गते मोदीखोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउलीबजार आसपास तथा…
पुरा पढौ