समाचार

कुमुदिनी होम्समा कार्निभल , कार्निभले विद्यार्थीमा संस्कृति, आत्मनिर्भरता र अनुशासनको विकास गराउँछ सदस्य सचिव श्रेष्ठ

पोखरा, ३ असोज, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले विद्यालय तहबाटै विद्यार्थीलाई व्यावहारिक शिक्षा, संस्कृति र आत्मनिर्भरतासँग जोड्ने अभ्यासले नयाँ पुस्ताको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको छ। कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिबार आयोजित दोस्रो कार्निभलको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीले आफैं स्टल सञ्चालन गरी परिकार तथा सिर्जनात्मक सामग्री बिक्री गर्नु व्यवहारिक सिकाइको उत्कृष्ट अभ्यास भएको बताउनुभयो। यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, उद्यमशीलता, अनुशासन र आत्मनिर्भरताको भावना विकास गर्ने उहाँको भनाइ थियो। नेपाल विविध जाति, भाषा र संस्कृतिले समृद्ध… पुरा पढौ

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो अध्यक्ष श्रेष्ठ

लेखनाथ, ३ असोज, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलगायत सरोकारवालासँग संवाद नगरी ’बन्द कोठा’मा मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले वर्तमान सरकारले जोसका साथ काम गर्न खोजे पनि अनुभवको कमीका कारण दिशा पहिल्याउन नसकेको बताए। ’सरकार संवादमा छैन, अरूलाई विश्वास गर्दैन,’ श्रेष्ठले भने, ’आफूहरूबीच मात्रै छलफल गरेर सबै काम पूरा हुन्छ, हामी सक्षम छौं, हामी विज्ञ छौं भन्ने मात्र छ। तर अर्थतन्त्रको… पुरा पढौ

विजय नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार

पोखरा, ३ असोज, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भएका छन् ।संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा उनलाई नगद, दोसल्ला, टीका र सम्मानपत्रसहित सम्मान गरिएको हो । पाल्पाली समाज पोखराको पहलमा २०७६ असार १३ गते खोलिएको उक्त सहकारीले प्रत्येक ४ वर्षमा सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि डा। हुमप्रसाद न्यौपाने, पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, सहकारीका पूर्व अध्यक्ष… पुरा पढौ

गोपालधाममा शिविर १ सय १६ लाभान्वित

पोखरा, ३ असोज, यूआरएलको प्रविधिक सहयोगमा गोपाल सेवा केन्द्र (गोपालधाम) पोखरा–१८ मा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय १६ जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा उनीहरुको मधुमेह र कलेजोसम्बन्धी जाँच सित्तैमा गरिएको हो । कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा शंकर बरालले पेट तथा कलेजोका विभिन्न रोगबारे प्रकाश पारे । उनले ग्यास्टिक खानपानले मात्र नभई ब्याक्टेरियाका कारणले पनि हुन सक्ने उल्लेख गरे । ‘ग्यास्ट्रिक धेरै… पुरा पढौ

संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट

पोखरा, ३ असोज, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान कानुनी दस्तावेजमात्र नभई नेपाली जनताको दशकौं लामो बलिदान, त्याग र संघर्षको परिणाम भएको बताउनुभएको छ । आज असोज ३, १२ औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको संविधान दिवस मूल समारोहमा प्रमुख अतिथि भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गर्नुभयो । ‘जनताका प्रतिनिधिद्वारा गठित संविधानसभाबाट जारी भएको नेपालको संविधान… पुरा पढौ

महिलाका लागि यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना

पोखरा, २ असोज, नेपाल परिवार नियोजन संघ कास्कीले महिलाका लागि यौन तथा प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । १३ औं परिवार योजना दिवस तथा नेपाल परिवार नियोजन संघको ६७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ काजिपोखरीमा कार्यक्रम गरिएको हो । जलेश्वर आमा समूह र प्रगतिशील टोल विकास संस्थाको समन्वयमा कार्यक्रम गरिएको थियो । समुदायमा परिवार नियोजनका सेवा बारे जानकारी दिने र महिलासँग सम्वन्धित स्वास्थ्य समस्या बारे सचेतना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले… पुरा पढौ

डुलुवाको अध्यक्षमा योगेश भट्टराई निवाचित

पोखरा, २ असोज, डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभबाट योगश भट्टराई निवाचित भएका छन् । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की होमस्टेमा सम्पन्न अधिवेशनले योगेश भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्ष सुनिल बहादुर भट्टराई, सचिबमा ठाकुर प्रसाद बराल, कोषाध्यक्षमा विकास भट्टराई, सदस्यमा अनिल केसी, विशेष थापा, सरोज भट्टराई, बसन्त महत, घनश्याम गौतम, भरत प्रसाद तिमिल्सिना र अभित थापा चयन भएका छन् । अधिबेसनको उद्घाटन गर्दै दीपेन्द्र पहारीले डुलुवाले नेपालका विभिन्न नयाँ तथा ओझेलमा परेका गन्तव्यको खोजी,… पुरा पढौ

कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग

पोखरा, २ असोज, गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट आहत बनेका रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितका लागि दक्षिण कोरियाली कलाकार तथा लेखक कु ह्युन किमले ५ हजार किलो चामल सहयोग गरेका छन् । ८० वर्षीय कोरियाली नागरिक किमले कोरियास्थित बुद्धिस्ट एकेडेमी, बुद्धिस्ट रिभ्यु र छेओङयाङ ट्राभल स्कुलका २६ जना सदस्यहरूसँग मिलेर रु ५ लाख रकम जुटाई नेपाल आएर उक्त सहयोग उपलब्ध गराएका हुन् । परिचय एड्भरटाइजिङको संयोजन र पोखरा महानगरपालिकाको सहजीकरणमा २५ किलो दरका २०० बोरा उच्च गुणस्तरको… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम गर्दै, ८६ कलाकारले प्रस्तुति राख्ने

पोखरा २ असोज, पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुने भएको छ। यही असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न स्थानका ८३ जना गन्धर्व कलाकार र तीन जना अतिथि कलाकारसहित ८६ जना कलाकारको सहभागिता रहने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रममा गन्धर्व कलाकारहरूले एकल, युगल तथा सामूहिक प्रस्तुति दिनेछन्। यसका अलवा वरिष्ठ कलाकार पूर्ण… पुरा पढौ

खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा बिमोचन

नागोया, जापान, बरिष्ठ खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ आज जापानको नागोयास्थित दियालो रेस्टुरान्टमा बिमोचन भएको छ। अर्यालको पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एक समारोहका बीच बिमोचन गरे। यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआएएनए) का बरिष्ठ उपाध्यक्ष रोविनप्रसाद गौचन, नेपाल सफ्ट टेनिस संंघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका मानार्थ अध्यक्ष विनय विक्रम शाह, पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे, मोना आइसीसी उपाध्यक्ष दीपक केसी, गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानका महासचिव… पुरा पढौ

This will close in 20 seconds