समाचार

पोखरा–दुबई उडान पहिलो फ्लाइटमै उत्साह, विश्वका २५० भन्दा बढी गन्तव्य जोडिने आशा

पोखरा, तीन वर्षभन्दा लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको ढोका खुल्ने भएको छ। संयुक्त अरब इमिरेट्स ९यूएई० को वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्दैछ। दैनिक उडानको तयारीमा रहेको फ्लाई दुबईले टिकट बुकिङ खुला गरेसँगै पोखराको पर्यटन क्षेत्रमा समेत उत्साह देखिएको छ। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पहिलो उडान नै करिब भरिन लागेको छ भने त्यसपछिका उडानमा पनि यात्रुको सहभागिता उत्साहजनक हुने संकेत देखिएको छ। उनका… पुरा पढौ

गीत बोकेर उडे, पोखराको आकाश हुँदै फर्किँदै कन्दरा

पोखरा, ५० दिनअघि नेपाली संगीतको धुन बोकेर उत्तर अमेरिकातर्फ उडेको कन्दरा अब त्यही यात्राको स्मृति र उपलब्धि बोकेर आफ्नै शहर फर्किँदैछ। ब्यान्डका संस्थापक सदस्य तथा प्रमुख गायक बिवेक श्रेष्ठ र ड्रमर तथा संगीतकार सुनील थापा लामो सांगीतिक यात्रापछि पोखरा फर्किन लागेका हुन्। तर यसपटक उनीहरूको घरफिर्ती सामान्य छैन। आफ्नै जन्मथलो पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको नयाँ अन्तर्राष्ट्रिय व्यावसायिक उडानमार्फत अवतरण गर्ने पहिलो समूहका यात्रुमध्ये उनीहरू पनि रहनेछन्। उत्तर अमेरिकाका विभिन्न शहरमा नेपाली संगीत प्रस्तुत गर्दै बिताएका ५० दिनपछि पोखराकै आकाश… पुरा पढौ

सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत, ऐतिहासिक कथामा दयाहाङ राईदेखि संस्कृति गुरुङसम्म

पोखरा, गण्डकी प्रदेशका सांसद एवम् चलचित्र निर्माता बेदबहादुर गुरुङ श्यामको परिकल्पना तथा ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘बुकी फूल’को कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शुभमुर्हत गरिएको छ । गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभमुर्हत कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री संस्कृति गुरुङ, कलाकार पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता… पुरा पढौ

पोखरा सडक महोत्सवको संयोजकमा योगेश भट्टराई, विश्व पर्यटन दिवस मिनि सडक महोत्सवको संयोजकमा कृष्ण अधिकारी चयन

पोखरा, रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान)4 पोखराले आयोजना गर्ने २८औँ पोखरा सडक महोत्सवको संयोजकमा रेवान पोखराका द्वितीय उपाध्यक्ष योगेश भट्टराई चयन भएका छन्। त्यसैगरी, आगामी असोज ११ गते आयोजना हुने विश्व पर्यटन दिवस मिनि सडक महोत्सवको संयोजकमा कार्यसमिति सदस्य कृष्ण अधिकारी चयन भएका छन्। रेवान पोखराको बिहीबार बसेको कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको बैठकले दुवै संयोजकलाई सर्वसम्मत रूपमा चयन गरेको हो। पोखरालाई ८८“अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य”८८का रूपमा स्थापित गर्ने उद्देश्यसहित आगामी पौष १३ देखि १७ गतेसम्म लेकसाइडस्थित फेवाताल किनारमा २८औँ… पुरा पढौ

रोयल इन्फिल्डको हन्टर ३५० अब नयाँ अवतारमा, दुई नयाँ रङसहित पोखरामा सार्वजनिक

दीननाथ बराल, पोखरा ३१, भदौ, रोयल इन्फिल्डको नयाँ भेरियन्ट र दुई नयाँ रङमा पोखराको नयाँबजारस्थित क्लासिक ड्राइभको शोरुममा बुधबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । नेपालस्थित आधिकारिक बिक्रेता क्लासिक ड्राइभ प्रालिले लोकप्रिय हन्टर ३५० मोटरसाइकललाई भित्राएसंगै पोखराको आधिकारीक बिक्रेता क्लासिक ड्राइभले बुधबारदेखि बिक्रि वितरण समेत गर्न सुरु गरेको हो । क्लासिक ड्राइभ प्रालिका प्रवन्ध निर्देशकद्वय अनिता रानाभाट र सरस्वती गोतामे सुवेदीले संयुक्त रूपमा नयाँ हन्टर ३५० सार्वजनिक गर्नुभएको हो । नयाँ भेरियन्टलाई ‘टार्माक ब्ल्याक’ रङमा ल्याइएको छ भने टप… पुरा पढौ

मञ्च गण्डकीका अध्यक्ष आस्था र फोटो पत्रकार रञ्जित जापान जाँदै

पोखरा, जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदको प्रत्यक्ष अवलोकन तथा खेलकुद पत्रकारिताका लागि पोखराका दुई पत्रकार बुधबार जापान प्रस्थान गर्नुभएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर र अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित एसियाली खेलकुदको समाचार संकलन तथा प्रतियोगिता अवलोकनका लागि जापान जानुभएको हो। एसियाली खेलकुदजस्तो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय खेलकुद महोत्सवमा पोखराबाट पत्रकारको सहभागिताले नेपाली खेलकुद पत्रकारितामा समेत थप अनुभव र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ। आस्था खेलकुद पत्रकारितासँगै मञ्चको नेतृत्व गर्दै आउनुभएको छ भने रञ्जित… पुरा पढौ

कूटनीतिक सम्बन्ध भन्दा अघि नै जोडिएको नेपाल–जापान खेल सम्बन्ध, नवीन अर्यालको पुस्तक नागोयामा विमोचन हुँदै

पोखरा, नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा अघि नै खेल मैदानबाट सम्बन्धको एउटा बलियो आधार तयार भइसकेको तथ्य अब पुस्तकमार्फत सार्वजनिक हुने भएको छ। चिरपरिचित खेल पत्रकार तथा लेखक नवीन अर्यालले दुई देशबीचको खेल सम्बन्धको इतिहास, सहकार्य र प्रभावलाई समेटेर तयार पारेको नयाँ खोजमूलक कृति ‘नेपाल–जापान खेल सम्बन्ध’ आगामी शुक्रबार जापानको आइची–नागोयामा विमोचन हुँदैछ। नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। तर, दुई देशबीचको सम्बन्ध त्यसअघि नै खेलकुदका माध्यमबाट जोडिएको लेखक अर्यालको अनुसन्धानले देखाएको… पुरा पढौ

पोखराका युवा व्यवसायी कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

पोखरा,३१ भदौ, पोखराका युवा व्यवसायी प्रदीप कोइराला व्यवसाय तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानका लागि ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ अन्तर्गत ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’ बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको आयोजनामा काठमाडौँमा सम्पन्न कार्यक्रममा पोखरा बाराही ज्वयलर्सका प्रबन्ध निर्देशक रहनुभएका कोइरालालाई  प्रथम राष्ट्रपति डा. रामवरण यादवले ट्रफी तथा सम्मानपत्र प्रदान गर्नुभयो । व्यवसायबाट रोजगारी सिर्जना गर्दै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर अघि बढेको कोइरालाको उद्यमशील यात्रालाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । सुन तथा गरगहना व्यवसायमा सन् २०१३… पुरा पढौ

असोज २४ गते हुने पर्वतीय दौडलाई सफल पार्न पुम्दी–भुम्दीवासी एकजुट, पुम्दी–भुम्दीको आर्थिक विकास पर्यटन र खेल पर्यटनबाटै सम्भव हुने वक्ताहरूको भनाइ

पोखरा, ३१ भदौ, पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट भएका छन् । पुम्दी–भुम्दीको पर्यटन, खेल पर्यटन तथा स्थानीय क्षेत्रको समग्र प्रवद्र्धनसँग जोडिएको प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग, स्वयंसेवक परिचालन, धावक सहभागिता, स्वास्थ्य सेवा, खानेपानी तथा बाटोमा स्वागत–सत्कारलगायतका व्यवस्थापनमा स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाहरूले व्यक्त गरेका छन् । उनीहरूले प्रतियोगिता एउटा सामान्य खेलकुद… पुरा पढौ

पोखरामा हिमालय लाइफ नेपालको १४ औँ वार्षिक साधारण सभा तथा पाँचौँ सामाजिक लेखाजोखा सम्पन्नः

पोखरा, भाद्र ३०, पोखरा महानगरपालिका–१५, नयाँगाउँ, कास्कीस्थित हिमालय लाइफ नेपालको चौधौँ वार्षिक साधारण सभा तथा पाँचौँ सामाजिक लेखाजोखा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। परोपकारी एवं पवित्र नारालाई आत्मसात गर्दै संस्थाको सभाहलमा आयोजित कार्यक्रममा कठिन परिस्थितिमा रहेका बालबालिकाको संरक्षण र विकासमा संस्थाले पुऱ्याएको योगदानको व्यापक समीक्षा गरिएको थियो। संस्थाका अध्यक्ष बुद्धिवल रम्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको प्रभावकारी सहजीकरण तथा सञ्चालन संस्थाका कार्यकारी निर्देशक पुष्पराज गिरीले गर्नुभएको… पुरा पढौ

This will close in 20 seconds