समाचार

४० कट्यो, जोश घटेनः लामाचौरमा प्रौढ भलिबल प्रतियोगिता हुँदै

दीननाथ बराल,पोखरा २९, भदौं, गुरुङ मगर समाजको आयोजनामा आउदो असोज १ गतेदेखि पोखरामा प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद, ४० कट्यो, जोश घटेन, खेलकुदमा उमेरले छेक्दैन’ भन्ने नारासहित समाजको प्रथम वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका–१९, लामाचौरस्थित पातिघारी खेलमैदानमा असोज १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा ४० वर्ष उमेर कटेका पुरुष तथा ३० वर्ष उमेर कटेका महिलाले सहभागिता जनाउन पाउने आयोजकले… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना ‘हरितालिका तीज महिला स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व’

पोखरा, २९ भदौ, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका ९तीज० महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व भएकाले छुट्टै महत्व बोकेको बताउनुभएको छ । तीजका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गर्नुभएको छ । ‘तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको… पुरा पढौ

मिडिया कप फुटसलको बचत रकम भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरिने

दीननाथ बराल, पोखरा, २८ भदौ, कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ बाट बचत भएको रकम भोटेकोशी बाढी प्रभावितको राहत कोषमा सहयोग गरिने भएको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले पत्रकारबीच आपसी सम्बन्ध विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै प्रतियोगिताबाट बचत हुने रकम बाढी प्रभावितका लागि सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रतियोगिताको प्रारम्भिक उद्देश्य क्रियाशील पत्रकारको… पुरा पढौ

बेगनासमा प्रथम तीजगीत प्रतियोगिताः उज्ज्वल आमा समूह प्रथम

पोखरा, तीजका गीत महिलाका भावना, पीडा, सामाजिक अवस्था र अधिकारका विषय अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा विकास हुँदै आएका छन्। पछिल्लो समय तीजगीत मनोरञ्जनमा मात्र सीमित नरही महिला सशक्तीकरण, उद्यमशीलता, आर्थिक आत्मनिर्भरता र सामाजिक रूपान्तरणका विषय उठाउने माध्यमसमेत बन्न थालेका छन्। https://www.youtube.com/watch?v=BXm_tAbL-hU यही सन्देशलाई आत्मसात् गर्दै पोखरा–३१ स्थित बेगनासताल वराह क्षेत्रमा आयोजित प्रथम तीजगीत प्रतियोगितामा उज्ज्वल आमा समूह प्रथम भएको छ। पोखरा पार्टी मिडियाको आयोजना तथा बेगनासताल वराह क्षेत्र विकास संस्थाको समन्वयमा आयोजित प्रतियोगितामा विभिन्न महिला समूहले तीजगीतमार्फत सामाजिक, सांस्कृतिक… पुरा पढौ

आइतबार ट्रायलका लागि केही घण्टा खुलेको कृष्णभीर सडक सोमबार र मंगलबार पूर्ण बन्द हुने

दीननाथ बराल,पोखरा, २८ भदौ, राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढीका कारण भासिएको सडक ट्रायलका रूपमा आइतबार केही घण्टा एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक निर्माणको बाँकी काम पूरा गर्न भने सोमबार र मंगलबार सडक पूर्ण रूपमा बन्द गरिने भएको छ। नयाँ ट्र्याक निर्माण गरी सडकको अवस्था परीक्षण गर्न आइतबार साँझ केही घण्टाका लागि मात्र सडकमा रोकिएका अत्यावश्यक सामग्री बोकेका करिब ५० देखि ६० वटा सवारीसाधनलाई एकतर्फी रूपमा आवतजावत गराइएको हो। शर्मा–जेडआईसीजीका प्रतिनिधि इश्वर नेपालका अनुसार सडकको प्रारम्भिक परीक्षण सफल… पुरा पढौ

कास्कीका २५ बालगृह भोटेकोशी बाढी प्रभावित १७० जना बालबालिकाको संरक्षण गर्न तयार (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २८ भदौ, भोटेकोशी सहित रसुवा, नुवाकोट, गोर्खा, धादिङ लगायत जिल्लामा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका तथा जोखिममा परेका बालबालिकाको दीर्घकालीन संरक्षणका लागि कास्कीका बालगृहहरू अघि सरेका छन्। कास्कीमा सञ्चालित २५ वटा बालगृहले राज्यले आवश्यक प्रक्रिया पूरा गरी जिम्मेवारी दिएमा तत्काल तथा आकस्मिक व्यवस्थापनसहित १७० जना बालबालिकालाई दीर्घकालीन संरक्षण गर्न सकिने बालगृह सञ्जाल कास्कीले जनाएको छ । https://www.youtube.com/watch?v=ROkuPelZ2JQ&t=7s आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा राज्यले अनुमति दिएमा बाढी प्रभावित बालबालिकालाई आफ्नो क्षमता र स्रोतअनुसार संरक्षण दिन आफूहरू तयार… पुरा पढौ

साइकल सिटी पोखराद्वारा सफल पौडेललाई साइकल हस्तान्तरण

पोखरा, साइकल सिटी पोखराले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सफल पौडेललाई साइकल हस्तान्तरण गरेको छ। साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको पहल तथा विभिन्न फनराइड समूहको सहयोगमा पौडेललाई साइकल प्रदान गरिएको हो। साइकल हस्तान्तरण कार्यक्रममा चालिसे साइकल पोखराका प्रोप्राइटर तथा गण्डकी प्रदेश साइकल संघका अध्यक्ष अशोक चालिसे र चालिसे साइकलका संस्थापक शिव चालिसेको विशेष सहयोग रहेको छ । कार्यक्रममा साइकल सिटी पोखराका अध्यक्ष श्रेष्ठले साइकललाई केवल यातायातको साधनका रूपमा मात्र नभई स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक एकताको माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो। साइकल… पुरा पढौ

नेशनल प्याब्सन कास्कीको १ दिवसीय कम्प्यूटर तालिम

पोखरा, नेशनल प्याब्सन कास्कीको आयोजनामा १ दिवसीय तालिम सम्पन्न भएको छ । नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका ३० जना कम्प्यूटर विषयका शिक्षकहरूको सहभागिता रहेको प्रतियोगिता होटल ह्वाइट हाउस इन लेकसाइडमा सम्पन्न भएको हो । नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ताका रुपमा प्रमुख आमन्त्रित व्यक्तित्व कम्प्यूटर विषयका लेखक विशाल राई रहेका थिए । प्रशिक्षक राईले सिर्जनात्मक क्षमता विकास गर्न निरन्तर अभ्यासमा जोड दिदै व्यवहारमुखी सिकाइ र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमा केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गरेका थिए। केन्द्रीय व्यवस्थापन… पुरा पढौ

नगरप्रमुख धनराज आचार्यलाई प्रतिष्ठित अवार्ड

पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई शहरी विकास तथा सार्वजनिक सेवा क्षेत्रमा पुर्‍याएको योगदान र नेतृत्वको कदर गर्दै प्रतिष्ठित ‘Visionary Leadership in Urban Development and Public Service Award’ प्रदान गरिएको छ। क्यानडास्थित Canadian Media को आयोजनामा भएको Asian Professional Achievement Award Nepal 2025 समारोहमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले नगरप्रमुख आचार्यलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो। शहरी विकास, सार्वजनिक सेवा तथा स्थानीय तहको नेतृत्वका क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै आचार्यलाई सम्मान गरिएको आयोजकले जनाएको छ। पोखरा महानगरपालिकाको विकास, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा नागरिकमैत्री स्थानीय शासनका लागि… पुरा पढौ

नाट्टा गण्डकीको तीन दिने GDS तालिम सम्पन्न, ६२ जना पर्यटन व्यवसायी सहभागी

पोखरा, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा SABRE Nepal Partner को सहकार्यमा सञ्चालित तीन दिने GDS (Global Distribution System) तालिम सम्पन्न भएको छ। पर्यटन तथा हवाई टिकटिङ व्यवसायमा कार्यरत टुर तथा ट्राभल कम्पनीका कर्मचारी तथा व्यवसायीको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम भदौ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो। तालिममा नाट्टा गण्डकी प्रदेशमा आबद्ध सदस्य टुर एन्ड ट्राभल कम्पनीबाट ६२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिमको समापन समारोह नाट्टा गण्डकी प्रदेशका अध्यक्ष संगीता शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको… पुरा पढौ

This will close in 20 seconds