जिवनशैली पत्रिका

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, १३ पुस नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

२० औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिसमा क्वाटरफाइनलका समिकरण पुरा

पोखरा, पौष १३ २० औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा क्वाटरफाइनलका समिरकण पुरा भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पुरा भए संगै अन्तिम चारमा भिड्ने खेलाडीहरुको टुङ्गो समेत लागेको हो । मेन्स ओपन सिंगल्समा नेपाल नं १ बरियता खेलाडी प्रदिप खडका, भारतिय खेलाडी अभिनन्सु ठाकुर, पूर्व नेपाल नं १ सम्रक्षक भूषण बज्रचार्य र ऋतिक रानाले शनिबार हुने सेमीफाइनलमा स्थान पक्का गरे । सेमीफाइनलमा नेपालका नं १ बरियता प्रदिपले भारतिय खेलाडी अभिनन्सु संग… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकपमा पोखरा ९ को साथ

पोखरा, १३ पुस २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई पोखरा वडा कार्यालय ९ ले साथ दिने भएको छ । प्रतियोगिताको सह–उपप्रायोजक रहने गरी वडाध्यक्ष दीपेन्द्र मर्सानी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा वडाका प्रतिनिधि एवं क्लबका पदाधिकारीहरुको समेत उपस्थिति थियो । पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो प्रतियोगिता सफल पार्न देशविदेशबाट सहयोग आउनेक्रम जारी छ । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक… पुरा पढौ

टिम दिपाङ १ सय ३३ रनले विजयी

पुष १३,पोखरा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशलामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम फेवा माथि टिम दिपाङ १ सय ३३ रनले विजयी भएको छ । पहिला व्याटिङ गरेको दिपाङले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक २ सय ४७ रन बनाएको थियो । दिपाङका लागि राजु खनालले १ सय ३ रन तथा आदित्य थापा र आशिष न्यौपानेले समान २७ रन जोडे । फेवाका बलरहरु अभिषेक थापा र सन्तोष सर्माले २÷२ विकेट लिए ।… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि संचालन हुने

दीननाथ बराल पोखरा १३, पुष नेपालकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २३ औं संस्करण आउँदो माघ महिलाको ९ गते देखि पोखरामा हुने भएको छ । पोखराको सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा उक्त प्रतियोगिता आउदो माघ ९ गते देखी माघ २० गतेसम्म हुने भएको क्लवले जनाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) बाट क्लवलार्ई उक्त मिति तयभए अनुसार आफुहरुले सोही मितिमा गर्ने तयारी गरिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु… पुरा पढौ

यातायात मन्त्री ज्वालाको गाडीमा आगजनी

काठमाडौँ १३, पुष नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको केही वालेको समुहले उक्त गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनु भयो । ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।   पुरा पढौ

टाईगर कपको तयारी तिव्र, प्रतियोगितामा महिला तर्फ भारत र पुरुष तर्फ श्रीलंकाको टिम सहभागि हुने

दीननाथ बराल पोखरा १३, पुष पोखरामा आउँदो माघ महिनाको पहिलो साता आयोजना हुने टाईगर कप भलिबल प्रतियोगिता २०८० को तयारी तिव्र पारिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १ गतेदेखि ६ गतेसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त प्रतियोगितामा पुरुष तथा महिला ६÷६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा पुरुष तर्फ श्रीलंकाको आर्मी टिम र महिला तर्फ भने भारतको हरियाणा पुलिस क्लव… पुरा पढौ

पोखरामा दुई साता देखि बन्द भएको प्याराग्लाइडिङ पुनः संचालन हुने

दीननाथ बराल पोखरा १२, पुष पर्यटकीय नगरी पोखरामा करिब दुई साता देखि बन्द भएकोे साहसिक खेल प्याराग्लाइडिङ पुनः सुचारु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यवसायी बिच छलफल भएको छलफलबाट पोखरामा बन्द भएको प्याराग्लाइडिङ पुनः सुचारु गर्ने बिषयमा सहमती भएको नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका अध्यक्ष सुनिल भट्टराईले एटुजेडलाई बताए । गत मङ्सिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउने त्यसको मुल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएका थिए त्यसको बिबाद नाले मिलाउन… पुरा पढौ

छोम्रोङमा सेन्चुरी ल्होसार मेला सुरू

पोखरा, १२ पुस अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औं सेन्चुरी ल्होसार मेला २०८० सुरू भएको छ । सेन्चुरी युवा क्लबले आयोजना गरेको मेलाको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बिहीबार उद्घाटन गरे । मेला १५ पुससम्म चल्ने छ । मेलाको उद्घाटनपछि बोल्दै सांसद बरालले छोम्रोङमा अधुरो रहेको टेनिस कोर्ट निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए । अन्नपूर्ण आधार शिविर पदमार्गको स्तरोन्नति गर्न पनि प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने उनले बताए । अन्नपूर्ण–११ का वडाध्यक्ष… पुरा पढौ

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा, पौष १२ दोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लवका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा… पुरा पढौ