जिवनशैली पत्रिका

लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ, १२ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ८ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा… पुरा पढौ

व्यवसायीहरूको इगो ९टकराब० ले प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन पाइदैन् प्रमुख आचार्य

पोखरा, १२ पौष । पोखराको लेकसाइड क्षेत्रमा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन ९रेबान० पोखराद्वारा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । महोत्सव उद्धघाटन गर्दै प्रमुख आचार्यले सडक महोत्सव पोखराको पहिचान बनेको बताउनुभयो । “लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख आचार्यले भन्नुभयो, अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक… पुरा पढौ

पोखरा महोत्सव र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी बीच सहकार्य

पोखरा १२ पुष १२ औं संस्करणको पोखरा महोत्सवलाई भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले प्रायोजकमा रहेर साथ दिने भएको छ । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखराको अमरसिंह चोकमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले प्रायोजकमा रही महोत्समा सहकार्य गर्न लागेको हो । बिहीबार महोत्सव आयोजक यूनाइटेड क्लबका बरिष्ठ उपाध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रवन्ध निर्देशक पूर्ण… पुरा पढौ

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसमा पहिलो चरणका खेल सम्पन्न

पोखरा, पौष १२ कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ओपन सिंगल्स पुरुषतर्फ निशान श्रेष्ठले ज्वेल राणालाई ६–३, ६–२ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्दा, संरक्षक भुषण बज्रचार्यले प्रितम परियारलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम आठको यात्रा तय गरेका छन् । त्यस्तै आशिष खडकाले निशाद जोशीलाई ६–०, ६–० ले, ऋतिक रानाले सिद्धान्त डेकालाई ६–२, ६–१ ले पराजित… पुरा पढौ

खेलकुद प्रतियोगिता तयारीको लागि गण्डकीमा बजेट अभाव

पोखरा १२, पुष आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय भएको दशौं राष्ट्रिय खेलकुदलगायत, राष्ट्रपति कप र बागमतीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेशमा बजेट अभाव भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले बिहीबार खेलकुदसँग सम्बन्धित सरोकारवालासँगको छलफल कार्यक्रमको आयोजना गरेर यो विषयमा जानकारी गराएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार यसको तयारी गर्न हुने दोस्रो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनोट तथा प्रदेश स्तरीय प्रतियोगिता र… पुरा पढौ

५ लाख पर्यटक भित्राउने लक्ष्य सहित पोखरा सुरु भयो सडक महोत्सव

पोखरा, १२ पुस पोखरामा ५ लाख पर्यटक भित्राउने लक्ष्य सहित बिहीबारदेखि २५ औं पोखरा सडक महोत्सव सुरु भएको छ । पुष १६ गतेसम्म चल्ने उक्त महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुद्घाटन गर्र्दै एक महिना भित्र पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषण गर्ने दाबी गरे । प्रमुख आचार्यले सडक महोत्सवले पोखराको थप पहिचान दिन मद्दत मिलेको बताए । उनले हाल स्थगित प्याराग्लाइडिङ तत्काल खुलाउन सम्बन्धित निकायलाई आग्रह गरे । आयोजक रेवान पोखराले अहिलेको महोत्सवलाई फेवाताल किनार लेकसाइडमा पुस १२ देखि १६… पुरा पढौ

सहारा क्लब हङकङ सल्लाहकार देव गुरुङद्वारा निरन्तर सहयोग

पोखरा, ११ पुस सहारा क्लब हङकङका सल्लाहकार कानुन व्यवसायी देव गुरुङले सहारा क्लब पोखरालाई सहयोग गरेका छन् । पोखरा लामाचौर स्थायी घर भई हाल हङकङ बस्दै आएका उनी समाजसेवीको रुपमा पनि चिनिन्छन् । उनले क्लबलाई निरन्तर सहयोग गर्दै आएका छन् । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप तयारी हुँदै गर्दा पोखरा आएका बखत उनले ५१ हजार नगद प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरे । सो अवसरमा उनलाई क्लबले स्वागत तथा सम्मान गरेको छ । सहारा… पुरा पढौ

पूर्व रजिष्ट्रार पराजुली पक्राउ

पोखरा ११, पुष पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ पर्नु भएको छ । एक सहकारीको सेवा विस्तार गर्ने क्रममा मोटो रकम लिएकोे आरोपमा रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादीको रुपमा उहाँलाई कुश्मा नगरपालिकाको कार्यालयमा उपसचिव पदमा कार्यरत ५२ का पराजुलीलाई बुधबार नै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । स्याङजा वालिङ ११ धनपुरे स्थायी घर भई हाल पर्वत कुश्मा नगरपालिका वडा नं. ५ बस्दै आउनु भएको पराजुलीले पोखरा ९ नयाँबजारमा संचालनमा रहेको मित्र मिलन बचत तथा… पुरा पढौ

ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

पोखरा, ११ पुस तमुुहरूको महान पर्व मुप्री ल्होसार÷ल्होछार का अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवम् गुुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो । समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको… पुरा पढौ

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

पोखरा ११, पुष कास्की जिल्ला टेनिस संघको आयोजनामा २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी दोश्रो दिन जारी रहेको छ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा टेनिस कम्लेक्समा जारी प्रतियोगितामा ओपन मेन्स सिंगल्स तर्फ नेपालका नं १ बरियता खेलाडी प्रदिप खड्काले आफ्नो दोश्रो जित निकालेका छन् । प्रदिपले दर्शिल श्रेष्ठलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका हुन् । सम्यक बज्रचार्यले आरभ सम्राट हाडालाई ६–३, ६–४ ले पाखा लगाउँदा प्रणब मानन्धरले निहाल जङ्ग बहादुर थापालाई ६–४, ४–६,… पुरा पढौ