५ लाख पर्यटक भित्राउने लक्ष्य सहित पोखरा सुरु भयो सडक महोत्सव

-


     पोखरा क्लिक     
     पौष १२ गते २०८० मा प्रकाशित


पोखरा, १२ पुस

पोखरामा ५ लाख पर्यटक भित्राउने लक्ष्य सहित बिहीबारदेखि २५ औं पोखरा सडक महोत्सव सुरु भएको छ । पुष १६ गतेसम्म चल्ने उक्त महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुद्घाटन गर्र्दै एक महिना भित्र पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषण गर्ने दाबी गरे ।

प्रमुख आचार्यले सडक महोत्सवले पोखराको थप पहिचान दिन मद्दत मिलेको बताए । उनले हाल स्थगित प्याराग्लाइडिङ तत्काल खुलाउन सम्बन्धित निकायलाई आग्रह गरे । आयोजक रेवान पोखराले अहिलेको महोत्सवलाई फेवाताल किनार लेकसाइडमा पुस १२ देखि १६ सम्म विविध कार्यक्रम गरी रजत महोत्सवको रुपमा मनाउँदैछ ।
महोत्सव उद्घाटनपूर्व विभिन्न कला संस्कृति, जातजाति, भेषभूषा झल्किने झाँकी प्रस्तुति मुख्य आकर्षणको केन्द्र रह्यो । हल्लनचोकदेखि सुरु भएको ¥यालीमा विभिन्न जातजातिका मानिसहरु आफ्नो जातीय पोशाकमा सजिएका थिए । पञ्चेबाजा, भजन, नाचगानसहित ¥याली महोत्सवस्थल ३ किमी दुरी पार गर्दै कोमागाने पार्कमा आयोजित उद्घाटन समारोहमा परिणत भएको हो । महोत्सव फिस्टेलगेटदेखि गैह्राको चौतारा हुँदै जरेश्वर लेकसाइडसम्म हुनेछ । गोर्खा बु्रअरी महोत्सवको मुख्य प्रायोजक रहेको महोत्सवमा दैनिकरुपमा विभिन्न कलाकारको प्रस्तुति समेत रहनेछ ।


‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ आयोजित २५ औं सडक महोत्सव अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका यस क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । जसमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृतिविज्ञ जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कार्टुनिष्ट दुर्गा बराल बात्स्यायन, बिम्ब कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, कलाकार अमृत गुरुङ, शिक्षासेवी जर्ज जोन, प्राडा कुशुमाकर न्यौपाने, भूगोलविद् प्राडा कृष्ण केसी, प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, पर्यटनविद् झलक थापा, पत्रकार कृष्णमणि बराल सम्मानित भए ।

रेवन पोखराका संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङले युरोपका विभिन्न गल्लीमा यस्तैखालका मेला र महोत्सव हुने गरेकोमा पोखरामा सडक महोत्सवको अवधारणा अगाडि बढाएको स्मरण गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गुणस्तरीय पर्यटक भित्राउन जोड दिए ।रेवानका केन्द्रका कावा अध्यक्ष संघर्ष बिस्टले साहसिक खेलकुदको गन्तव्य पोखरामा प्याराग्लाइडिङ बन्द हुनेले थप समस्या भएको चिन्ता व्यक्त गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व जगमान गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य लगायतले बोलेका थिए ।

यसैबिच, महोत्सवमा सहभागि झाँकीहरु मध्यबाट पुन समाज पोखरा प्रथम भएको छ । समाजले नगद पचास हजार प्राप्त गर्यो । त्यसै गरी चिउली पार्चे तमु समूह दोश्रो हुदा रूकुम पूर्वको मयूर डान्सको समुह तेश्रो भएको छ भने देविस्थान भजन समूह हेमजा र बाम्दीको गुम्बाको समुहले शान्त्वना स्थान हासिल गरेको छ । त्यसै गरी आमा समुहहरु बिचको र्याली प्रतियोगितामा बंगलादी आमा समुह प्रथम भएको छ ।


त्यस्तै अन्नपूर्ण आमा समुह दोश्रो र नमुना आमा समुह तेश्रो भएको महोत्सवका साँस्कृतिक संयोजक एवं पूर्व अध्यक्ष चौबहादुर गुरूङले बताए । सुरू देखि अन्त्यसम्म सहभागि, भेषभुषा, सिँगार लगायतका आधारमा विजेता घोषणा गरिएको निर्णायक संयोजक प्रजापती पराजुलीले एटुजेडलाई बताए । उहाँका अनुसार ५४ समुहको झाँकी सहित र्यालीमा सहभागिता रहेको थियो।                                                             तष्विर दीननाथ बराल