पोखरा ११, पुष
पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ पर्नु भएको छ । एक सहकारीको सेवा विस्तार गर्ने क्रममा मोटो रकम लिएकोे आरोपमा रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादीको रुपमा उहाँलाई कुश्मा नगरपालिकाको कार्यालयमा उपसचिव पदमा कार्यरत ५२ का पराजुलीलाई बुधबार नै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
स्याङजा वालिङ ११ धनपुरे स्थायी घर भई हाल पर्वत कुश्मा नगरपालिका वडा नं. ५ बस्दै आउनु भएको पराजुलीले पोखरा ९ नयाँबजारमा संचालनमा रहेको मित्र मिलन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी भएसंगै फरार भएका उहाँलार्ई बुधबार पर्वतबाट पक्राउ गरि कास्की ल्याइएको हो । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा करिब १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पक्राउ पुर्जी जारी गरेसंगै पराजुली फरार हुनु भएको थियो । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा उहाँले १ करोड २५ लाख लिएसंगै पछि २० लाख पछि फिर्ता गरी १ करोड ५ लाख लिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताउनु भयो । मित्र मिलन सहकारीमा ३ हजार ४ सय ४६ जना बचतकर्ताको १८ करोड २ लाख ३४ हजार ४ सय ९७ रुपैया हिनामिना भएको भनी प्रहरी सामु गत मंसिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । गत मंसिर ६ गतेसम्म ७ सय १४ जनाले २० करोड ५० लाख ८२ हजार १९ रुपैया देखि ३१ करोड ७८ लाखसम्मको आर्थिक हिनामिना भएको प्रहरीले जनाएको छ ।
यस सहकारीमा रकम हिनामिना गर्ने ३२ जना अभियुक्त मध्य हालसम्म पराजुली सहित ६ जना पक्राउ पर्नु भएको छ । यस अघि सहकारीका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहाकार सदस्य राजु बराल र सेयर सदस्य बुद्दिसागर पौडेल पक्राउ पर्नु भएको हो । उहाँहरुको मुद्दाको हाल अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । फरार भएका अभियुक्तहरुको खोजि कार्य तिव्र पारिएको डिएसपी बि.क.ले बताउनु भयो ।