जिवनशैली पत्रिका

पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय

पोखरा १४, चैत आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८० को प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहने भएको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र र मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । पोखराको खेल पर्यटन प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले… पुरा पढौ

श्री एयरलाइन्सले अमेरिकामा संचालनमा रहेका दुई जहाज नेपाल भित्रायो

पोखरा १३, चैत श्री एयरलाइन्स(कम्पनी) ले संयुक्त राज्य अमेरिकामा संचालनमा रहेका दुई वटा जहाज नेपाल भित्राएको छ । नेपालमा हवाई उडानको मागलाई मध्यनजर गरी कम्पनीले क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुई वटा जहाज नेपालमा भित्र्याएको हो । संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू श्री एयरलायन्सले नेपालमा ल्याएको हो भने जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावर युक्त रहेको एयरलाइन्सको… पुरा पढौ

पोखरा देखि बागलुङसम्म इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सुरु

दीननाथ बराल, पर्यटनको राजधानि पोखरामा इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बागलुङले पोखरा देखि बागलुङसम्मका लागि हाल उक्त सेवा सुरु गरेको समितिका अध्यक्ष उमेश केसीले पोखराक्लिकलाई बताउनु भयो । समितिले हाल परिक्षण गर्न पनि दुई वटा साइक्रो बसबाट सुरु गरेको हो । एउटा पोखराबाट छुट्छ भने अर्को बागलुङबाट बिहान एकै समयमा ६ः०० बजे बस छुट्ने भएको अध्यक्ष केसीले बताउनु भयो । उहाँले भन्नुभयो,“पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसैले गर्दा… पुरा पढौ

घान्द्रुक महोत्सवमा भलिवल, बास्केटवल, घोडचढी प्रतियोगिता हुने

दीननाथ बराल, कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा एक लाख पुरस्कार राषि भएको क्लव स्तरिय भलिवल तथा बास्केटवल प्रतियोगिता हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक(अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ दखि ३० गतेसम्म संचालन हुने घान्द्रुक पर्यटन महोत्सव २०८० को अवसरमा उक्त प्रतियोगिता हुने भएको समितिले जनाएको छ । “सबै मौसममा पर्यटन,“स्वाथ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश प्रस्तुती… पुरा पढौ

पोखरामा तेश्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिसको तयारी सुरु

पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’को तयारी सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कुल १४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने कास्की टेनिसका सचिब नविन श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु… पुरा पढौ

प्रथम ड्रागन बोट रेस प्रतियोगिताको उपाधि वाटर स्पोट्र्स नेपाललाई

दीननाथ बराल, प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०८० को उपाधि वाटर स्पोट्र्स नेपालले जितेको छ । पोखराको बेगनास तालमा सोमबार सम्पन्न भएको खेलमा वाटर स्पोट्र्स नेपालले अन्य १३ टिमलाई पछि पार्दै उपाधि सहित नगद ३ लाख हात पार्न सफल भयो । प्रतियोगितामा २ सय मिटर तर्फको ड्रागन वोट रेसमा नारा पोखराको समुहले उपाधि जित्यो । नारा पोखराले निर्धारित दुरी १ मिनेट ४३ः४८० सेकेण्डमा पार गर्नु भएको थियो । दोश्रो भएको वाटर स्पोट्र्स नेपालले भने १ मिनेट ४४ः८१० सेकेण्डमा उक्त… पुरा पढौ

दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई

बासकोटमा जारी दोस्रो सेभेन एसाइड वडा अध्क्षय कप २०८० को उपाधी सृर्जनशील क्लब ग्रीनले हात पारेको छ । आईतबार भएको फाइनल खेलमा लामागाउँ एफसी ए लाई पेनाल्टी सुटआटमा हराउदै नगद ५० हजार शिल्ड ,ट्रफि , मेडल र प्रमाण प्रत्र प्राप्त ग¥यो । दोस्रो भएको लामा गाउँले नगद ३० हजार ट्रफि मेडल प्रमाणपत्र पाएको थियो । गत वर्षको विजेता रहेको लामागाउँलाई हराउदै आयोजकको क्लबले कप जितेको हो । फाइलन खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका २४ कास्कीकोटका वडा अध्क्षय भरत… पुरा पढौ

पूर्व कर्मचारी परिषद कास्कीद्धारा ज्येष्ठ नागरिक दिवा सेवा तथा पुस्तकालय स्थापना

जया पौडेल, पूर्व कर्मचारी परिषद नेपाल कास्की शाखाले ज्येष्ठ नागरिक दिवा सेवा तथा पुस्तकालय स्थापना गरेको छ । परिषदमा हालै आयोजित एक समारोहका बिच गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले उक्त सेवाको उद्घाटन गर्दै पूर्व कर्मचारीहरुसंग धेरै अनुभव भएको बताउदै देशमा उहाँहरुले पुराएको योगदानलाई राज्यले सधैं सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । परिषद कास्कीका अध्यक्ष नरहरी बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व नायब महालेखापरिक्षक रामबाबु नेपाल, गण्डकी प्रदेशको पशु विकास निर्देशनालयका महानिर्देशक प्रेरणा भट्टराई, परिषदका उपाध्यक्ष अनन्तराज लम्साल, सदस्य गिरधारी… पुरा पढौ

सहारा एकेडेमीमा थप १७ जना बालकको खोजी

दीननाथ बराल, पोखराको सहारा क्लवले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटवल एकेडेमीमा थप १७ जना बालकलाई ब्यबस्थापन गर्ने भएको छ । पोखरा १७ दोभिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौंथो ब्याजको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लवले जनाएको छ । एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरुको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लवले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्य… पुरा पढौ

पटयार लाग्दा भाषणहरु छोट्याउन परिषदको आग्रह

गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताहरुको उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो हुने गरी सञ्चालन नर्गन प्रदेश खेलकुद परिषद गण्डकीले परिपत्र गरेको छ । परिषदले ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्र लेख्दै खेलकुद कार्यक्रममा आसन ग्रहण, वक्ताहरुको पटयार लाग्दा भाषणहरु छोट्याउन आग्रह गरिएको हो । खेलकुदका उद्घाटन तथा समापन कार्यक्रमहरुलाई छोटो, छरितो तथा फजुल खर्च निरुत्साहित गर्न परिषदका सदस्य सचिव श्रीधर शर्माले हस्ताक्षरित पत्रमा आसन ग्रहण र मन्तव्य कार्यक्रमलाई छोटो, छरितो, अनुशासित र मर्यादिन बनाउन तथा विदेशबाट आयातीत माला÷फूलको प्रयोग… पुरा पढौ