जिवनशैली पत्रिका

अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल जारी

१५ माघ, पोखरा, लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता मंगलबार ६ खेल भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा रामघाट एफसी, न्युरोड एघार, पोखरा जब्स, सिभिक कन्स्ट्रक्सन, ए सेभेन ब्रोदर्स, ८२९ फ्याम्ली र स्लाइट एफसी ९बी० दोस्रो चरणमा प्रवेश गरेका छन् । रामघाटले लिभिक एफसी ९बी०लाई १–० गोल अन्तरले पराजित गर्दा स्नीकम भल्टलाई न्युरोड एघारले १–३ गोल अन्तरले पराजित गर्यो । पोखरा जब्सले एम–१३ लाई ३–२ को कठिन जित निकाल्दा… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ सुरु, आयोजकको विजयी सुरुवात

पोखरा, १५ माघ, ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरामहानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (मंगलबार) देखि १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा प्रवेश गर्यो । संगमको जीतमा दिलिप कुमार गुरुङले निर्णायक गोल गरे । उनै… पुरा पढौ

मेलामा सूचना प्रविधिबारे परिचर्चा, सामाजिक संजालमा व्यक्तिगत सूचना छताछुल्ल नपारौँ

पोखरा, १५ माघ, युवावस्था,सामान्य पहिरन र हाउभाउ । यस्ता पनि कम्पनीको सिइओ ९मुख्य कार्यकारी निर्देशक० हुन्छन् र रु प्रश्न अस्वभाविक थिएन । तर, जब उनीहरुले बोल्न थाले तब दर्शकदीर्घामा खासखुस चल्यो–ए कुरा यस्तो पो रहेछ १उनीहरु थिए– रिद इन्फोटेक प्रालिका प्रमुख कार्यकारी निर्देशक रुपेश आचार्य,ठूलो टेक्नोलोजीका कार्यकारी निर्देशक विश्वराज पौडेल र यार्साटेक प्रालिका इन्जिनियर रोशन श्रेष्ठ । कार्यक्रम संचालक प्रिति रानाभाटले उनीहरु सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवाहरु भएको युवालाई उत्प्रेरणा भर्नको लागि उपस्थित भएको जनाउ दिइन् । पोखराको नयाँबजारस्थित… पुरा पढौ

टाइगर कप भलिबलः भोलि लिगका अन्तिम चरणका खेल हुने

पोखरा १५, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९… पुरा पढौ

टाइगर कप भलिबलः पुलिस आर्मीसँग पराजित

पोखरा १५, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट… पुरा पढौ

टाइगर कप भलिबलः गण्डकीले एपिएफलाई हरायो

पोखरा १५, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गराएको हो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकी र… पुरा पढौ

आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश

पोखरा १५, माघ, त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य… पुरा पढौ

भरतपुर महानगर र दाङको राप्ती गाउँपालिका बीच भगनी सम्बन्ध कायम

भरतपुर, माघ १४, चितवनको भरतपुर महानगरपालिका र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम भएको छ । सोमबार दुई पालिकाबीच एक औपचारिक कार्यक्रमका बीच महानगर सभाहलमा भगिनी सम्बन्ध कायम भएको हो । महानगरपालिका प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भगिनी सम्बन्धका लागि हस्ताक्षर गर्नु भएको थियो । अब दुई पालिकाबीच सहयोग आदानप्रदान हुनेछ । साथै दुई पालिकाबीच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने अपेक्षा लिइएको छ । दुई स्थानीय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी… पुरा पढौ

रकम राख्दा ख्याल गरौं हैः आफ्नै पूर्व कर्मचारीले १४ लाख चोरे

दीननाथ बराल,पोखरा १४, माघ, कुनै पनि व्यवसायमा आबद्ध भएका कर्मचारी उक्त संस्थाको संरक्षण गर्नु हरेक कर्मचारीको दाहित्व हुने गर्दछ । तर केही समय पार्टी प्यालेसमा काम गरेर छाडे पछि भने उक्त संस्थाको हितविपरित चोरी गर्ने दुई जना युवा पोखरामा पक्राउ परेका छन् । पोखरा सिर्जनाचोक स्थित साईमन पार्टि प्यालेसको कार्यालय कक्षमा रहेको काठको रÞ्याकमा राखेको रकम चोरी गरेको आरोपमा पन्देही देवदह नगरपालीका वडा नं.१० का २२ बर्षका ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका वडा नं.३ की २९ बर्षकी पुजा श्रेष्ठलाई… पुरा पढौ

टाइगर कप भलिबलः भोलि लिग चरणका ४ खेल हुने

पोखरा १४, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि मंगलबार लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब… पुरा पढौ