
दीननाथ बराल,
पोखरा १४, माघ,
कुनै पनि व्यवसायमा आबद्ध भएका कर्मचारी उक्त संस्थाको संरक्षण गर्नु हरेक कर्मचारीको दाहित्व हुने गर्दछ । तर केही समय पार्टी प्यालेसमा काम गरेर छाडे पछि भने उक्त संस्थाको हितविपरित चोरी गर्ने दुई जना युवा पोखरामा पक्राउ परेका छन् ।
पोखरा सिर्जनाचोक स्थित साईमन पार्टि प्यालेसको कार्यालय कक्षमा रहेको काठको रÞ्याकमा राखेको रकम चोरी गरेको आरोपमा पन्देही देवदह नगरपालीका वडा नं.१० का २२ बर्षका ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका वडा नं.३ की २९ बर्षकी पुजा श्रेष्ठलाई प्रहरीले उत्त रकम चोरीको आरोपमा पक्राउ गरेको हो ।
पोखराको साइमन पार्टी प्यालेसका पूर्व कर्मचारीको रुपमा रहेका उहाँहरुको साथबाट प्रहरीले १२ लाख ५२ हजार ५ सय ८० रुपैया सहित ३ थान मोवाइल सहित पक्राउ परेको प्रहरीले जनाएको छ । उत्त पार्टी प्यालेसबाट १४ लाख ७४ हजार चोरी भएको पार्टी प्यालेसका संचालक मध्यका एक विनोदराज पौडेलले बताउनु भयो ।
वडा प्रहरी कार्यालय बैदामको समन्वयमा ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा आइतबार रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.११ कालिका नगरको होटलबाट नगद सहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा आइतबार देखि लागु हुने गरी ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वशन्तकुमार शर्माले बताउनु भयो ।
उक्त पार्टी प्यालेसमा दुवै जनाले काम गर्दै आए पनि कामबाट माघ ८ गते छाडेका उहाँहरुले योजना बनाई उक्त रकम चोरेको हुन सक्ने संचालक पौडेलले बताउनु भयो । १२ बर्ष देखि उक्त स्थानमा पैसा राख्दै आएको भए पनि पहिलो पटक चोरी भएको उहाँले जनाउनु भयो । पक्राउ परेका पूर्व कर्मचारीबाट प्रहरी मार्फत बरामत गरिएको रकम मध्य २ लाख २१ हजार रुपैया अपुग भएको पौडेलले उल्लेख गर्नुभयो । माघ ११ गते राति उक्त रकम चोरेर रुपन्देही फरार भएका दुई जनालाई प्रहरीले दुई दिन पछि बिशेष अनुसन्धानबाट पक्राउ गर्न सफल भएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।