अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल जारी

-


     पोखरा क्लिक     
     माघ १५ गते २०८१ मा प्रकाशित


१५ माघ, पोखरा,

लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता मंगलबार ६ खेल भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा रामघाट एफसी, न्युरोड एघार, पोखरा जब्स, सिभिक कन्स्ट्रक्सन, ए सेभेन ब्रोदर्स, ८२९ फ्याम्ली र स्लाइट एफसी ९बी० दोस्रो चरणमा प्रवेश गरेका छन् ।

रामघाटले लिभिक एफसी ९बी०लाई १–० गोल अन्तरले पराजित गर्दा स्नीकम भल्टलाई न्युरोड एघारले १–३ गोल अन्तरले पराजित गर्यो । पोखरा जब्सले एम–१३ लाई ३–२ को कठिन जित निकाल्दा स्याङ्जा एफसीलाई पराजित गदैँ सिभिक कन्स्ट्रक्सनले ३–० को सहज जित निकाल्यो ।

ए–७ ब्रोदर्शलाई १–४ को फराकिलो गोलअन्तरले पराजित गदै गन्नी एफसी दोस्रो चरणमा प्रवेस गरेको छ । यस्तै इलाइट एफसीलाई १–३ को गोल अन्तरमा पराजित गदै एनके एफसी ९ए०ले खेल जितेको छ ।
विमल एफसी खेलमा सहभागि नहुदाँ ८२९ फ्याम्ली स्वत दोस्रो चरणको लागि छनोट भएको छ ।

प्रतियोगिता अन्तरगत बुधबार दोस्रो चरणका खेल हुने आयोजक समितिका शम्सुुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।