जिवनशैली पत्रिका

पोखरा सहित कास्कीमा उत्कृष्ट भएका विन्ध्यबासिनी र मदरल्याण्डलाई सम्मान

पोखरा महानगरपालिका सहित कास्कीमा उत्कृष्ट हुन सफल दुई बिद्यालयलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरको स्थापना दिवसको सन्र्दभमा महानगरले एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ पोखरा १६ बाटुलेचौरमा रहेको विन्ध्यबासिनी मावि र निजी तर्फ पोखरा मासवारमा रहेको मदरल्याण्ड माविलाई महानगरको उत्कृष्ट बिद्यालयको रुपमा हालै सम्मान गरेको हो । पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्याँम बहादुर थापा लगायतले उक्त बिद्यालयका प्रतिनिधिहरुलाई सम्मान पत्रको साथमा सम्मान गरेका हुन् । एसइइमा मदरल्याण्डबाट ४ जिपिए ल्याउने दुई जना… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय पुरुष फुटबल चैत्रको अन्तिम साता

गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल चैत्रको अन्तिम साता पोखरामा हुने भएको छ । उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा हुन लागेको हो । प्रतियोगिता चैत्र २५ देखि ३० गते सम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा गठित आयोजक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट टिमको सहभागिता गराइने जनाइएको छ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणको तयारी… पुरा पढौ

नेपाल एडभेन्चर रनिङ फेडेरेसन गण्डकीको अध्यक्षमा आचार्य

सागर सुनार नेपाल एडभेन्चर रनिङ फेडेरेसन गण्डकी प्रदेश संघ गठन भएको छ । पोखराका युवा पर्यटन व्यवसायी एवं खेलकुदकर्मी कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा हालै बसेको एक भेलाले ११ सदस्य तदर्थ नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी संघको उपाध्यक्षहरुमा डा.उमेश पराजुली, समितराज भण्डारी, सचिवमा रामकृष्ण पहारी, सहसचिवमा इन्दिरा लामिछाने, कोषाध्यक्षमा डा.गौरव सुवेदी रहनु भएको छ भने त्यस्तै अन्य सदस्यहरुमा थानेश्वर बराल, रविन्द्र जिसी, सुविन थापा, कल्पना बास्तोला, भुपेन्द लामा रहनु भएको छ । पोखरामा साहसिक खेल गतिविधिलाई थप प्रबद्र्धन… पुरा पढौ

ब्रह्मेश्वर मन्दिरमा शिबलिङ्ग स्थापना

पोखरा महनगरपालिका ३१, बेगनास स्थित अदुवाबारीमा नबनिर्मित ब्रह्मेश्वर शिब मन्दिरमा शिबलिङ्ग स्थापना गरिएको छ । महाशिबरात्री पर्वको अबसरमा एक कार्यक्रमका बिच उक्त शिबलिङ्ग स्थापना सहित मन्दिरको उद्घाटन समेत गरिएको हो । नेपाल सरकारका उपसचिब बसन्त राज तिवारी र स्थानिय बयोबृद्द छबिलाल कडेलले सम्युक्त रुपमा शिबलिङ्ग एबम मुर्तिको अनाबरण गरी मन्दिरमा पुजा खुल्ला गर्नुभएको मन्दिर निर्माण तथा ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम कडेलले बताउनु भयो ।गण्डकी प्रदेश सरकारको ५ लाख र स्थानिय तथा चन्दादाताहरुको ५ लाख र जनश्रमदान गरी करिब १० लाखमा… पुरा पढौ

बेगनास तालमा पहिलो पटक राष्ट्रिय स्तरकै बेगनास ड्रागन बोट रेस हुने

दीननाथ बराल पोखरा ३१ को बेगनाथ तालमा पहिलो पटक राष्ट्रिय स्तरकै बेगनास ड्रागन बोट रेस हुने भएको छ । नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजना उक्त रेस आउदो चैतको ११ र १२ गते हुने भएको एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले पोखराक्लिकलाई बताउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा हुने उक्त प्रतियोगितामा देश भरबाट करिब १८ टिम हुने आफुहरुले अपेक्षा गरेको उहाँले जनाउनु भयो । प्रतियोगितामा सहभागि हुने टिमका खेलाडीहरुको… पुरा पढौ

धम्पुस उत्सव, विविध खेलकुद तथा सांस्कृति कार्यक्रम बुधबार देखि हुने

दीननाथ बराल, कास्कीको पर्यटकीय गाँउ धम्पुसमा आउँदो बुधबार देखि संचालन हुने धम्पुस उत्सव २०८०, विविध खेलकुद तथा सांस्कृति कार्यक्रमको तयारी पूरा भएको छ । स्थानिय मिलन युवा क्लवको आयोजनामा आउँदो चैत ३ गतेसम्म चल्ने उक्त उत्सवको अन्तिम तयारी पूरा भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । सामाजिक, शैक्षिक र आर्थिक स्तरवृद्धिको लागि सचेतना जगाउन साथै कला संस्कार, संस्कृक्तिको जगेनां, खेलकुद बिकासमा अग्रणी गरी सभ्य समाज एवं युवा युवतीको सम्पूर्ण प्रकारको प्रतिभा उजागर गराउने उद्देश्यका साथ उक्त… पुरा पढौ

धम्पुसमा आयोजित निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट १ सय ४४ जना लाभान्वित

दीननाथ बराल, कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं ७ धम्पुसमा सोमबार आयोजना भएको एक दिने निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट १ सय ४४ जना लाभान्वित भएका छन्। माछापुच्छ«्रे गाउँपालिकाको आयोजनामा र चरक मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा धम्पुसको सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन भएको उक्त शिविरबाट १ सय ४४ जना लाभान्वित भएको माछापुच्छ्रे« गाउँपालिका ७ का अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले पोखराक्लिकलाई बताए । स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टर र अत्याधुनिक उपकरण सहित सेवा उपलब्ध भएको अध्यक्ष भण्डारीले जनाए । शिविरमा जनरल फिजिसियन सेवा, स्त्रीरोग सम्बन्धी… पुरा पढौ

गण्डकी प्रदेशका प्रदेश प्रमुख गुरुङ पदमुक्त, एमालेका भट्ट प्रदेश प्रमुखमा सिफारिस

दीननाथ बराल,गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङ पदमुक्त हुनु भएको छ । आज बसेको पत्रिपरिषदको बैठकले कागेंसका गुरुङलाई पदमुक्त गर्ने निर्णय गरेको हो । उहाँले करिब ३१ महिना प्रदेश प्रमुखको कार्यभार सम्हाल्नु भयो । गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त हुनु भएको थियो । एमालेकी सिता कुमारी पोडेल पदमुक्त भएसंगै उहाँ गण्डकी प्रदेश प्रमुखको कार्यभार सम्हाल्नु भएको थियो । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पालामा नियुक्त हुनु भएको गुरुङ खगराज अधिकारी र सुरेन्द्रराज पाण्डेको नेतृत्वको सरकारमा… पुरा पढौ

हार्वड एकेडेमीको शैक्षिक सामाग्रि प्रर्दशनी तथा पुरस्कार वितरण सम्पन्न

पोखरा १५ मा रहेको हार्वड एकेडेमीको बार्षिक शैक्षिक सामाग्रि प्रर्दशनी तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । बिद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्रि सहित कार्यक्रममा उहाँहरुले कोरेका चित्र कला समेत प्रदर्शनी गरिएको बिद्यालयका प्रिन्सिपल श्रीकृष्ण अधिकारीले बताउनु भयो । उक्त अवसरमा बिद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने विभिन्न विधामा पुरस्कृत भएका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले बिद्यार्थीहरुको शैक्षिक बिकाससंगै शारीरिक तथा मानसिक विकासको लागि… पुरा पढौ

अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउछौंः मन्त्री गिरी

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले धराशायी भएको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको छ । कास्कीको रूपा गाउँपालिकाको सातौं स्थापना दिवसको कार्यक्रममा आइतबार बोल्दै उहाँले धराशायी अबस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको हो । नेपाली युवाहरुलाई स्वदेशमै रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने गरी सरकारले कार्यक्रम ल्याउने तयारी गरेको मन्त्री गिरीको भनाई थियो । विचार नमिल्नेहरुको विगतमा भएको गठबन्धनको सरकारले चाहेर पनि राजनीतिक समस्याको समाधान, सुशासन… पुरा पढौ