जिवनशैली पत्रिका

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका महिला सम्मानित

पोखरा २५, फागुन अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरेको छ । महिलाहरुलाई उत्साह थप्न, शसक्तिकरणको जगलाई बलियो बनाउन र महिलाको क्षेत्रमा लगानी गरि समाजलाई समविकासको अवधारणामा गुडाउनका लागी विभिन्न क्षेत्रका महिलाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्न सम्मान गरेको हो । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय को उत्कृष्ट महिला सहयोग कार्यक्रम अन्र्तगत गण्डकीका विभिन्न जिल्लावाट विभिन्न विधामा सम्मानित प्रतिभाहरुलाई सम्मान गरेको हो । पत्रकारिता क्षेत्रवाट सम्मानित हुनुभएकोमा कास्कीका क्रियाशिल पत्रकार दुर्गा अधिकारी, राधिका कर्णेल,… पुरा पढौ

महाशिवरात्री पर्वको अवसरमा पुम्दीकोटमा एकै दिनमा १५ हजार बढी दर्शनार्थी (फिचर फोटो)

दीननाथ बराल, पोखरा २२ मा रहेकोे बिशाल महादेवको मुर्ति परिसरमा बर्षकै सबै भन्दा धेरै दर्शनार्थीको आज भिडभाड भएको छ । आज महाशिवरात्री पर्वको अवसरमा विहान देखि दर्शनार्थी र पर्यटकहरुको अत्याधिक भिड भएको पुम्दीकोट कोट विकास संस्थाका अध्यक्ष एवं उद्योगपती चन्द्रकान्त बरालले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार आज महाशिवरात्री पर्वको अवसरमा १५ हजार भन्दा बढी दर्शनार्थीहरु पुम्दीकोटमा एकै दिनमा भुमेश्वर(महादेव) को दर्शन गर्न तथा दुध चढाउन आउनु भएको छ भने हजारौंको संङख्यामा पर्यटक आउनु भएको छ । दर्शनार्थीहरुले उक्त बिशाल… पुरा पढौ

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित

लण्डन २५, फागुन, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा आयोजित एक समारोहबीच उनलाई बिहीबार लण्डनका मेयर सादिक खानले अवार्ड प्रदान गरेका छन् । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो । मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागीे विशेष समारोहबीच अवार्ड वितरण गरिएको महानगरले जनाएको छ । मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन… पुरा पढौ

नाटक ‘रिफण्ड’ को पब्लिक शो शनिबारबाट

‘बुकिङ शो’ मार्फत पोखरामा मञ्चन भैरहेको नाटक ‘रिफण्ड’ शनिबारबाट ‘पब्लिक शो’ मार्फत मञ्चन हुने भएको छ । फागुन १४ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको नाटक फागुन २८ गतेसम्म मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे तथा आइतबार र सोमबार साँझ ५ बजे यो नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । हालसम्म यो नाटक १४ शो मार्फत झण्डै ३ हजार जनाले बुकिङ शो मार्फत हेरिसकेको उनले दावी गरे । पब्लिक शो मार्फत नाटक हेर्न २ सय… पुरा पढौ

पुन युनाइटेड बास्केटबल प्रतियोगितामा मर्दीखोला र बनौ फाइनल प्रवेश

पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ मर्दीखोला र बनौ बास्केटबल टिम फाइनल प्रवेश गरेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मर्दीखोलाले पर्वत बास्केटबल टिमलाई ५३–४५ स्कोरले हराउँदै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले स्वाँतलाई ६४–५१ स्कोरले पराजित गर्दै फाइनलमा मर्दीखोलासँगको भेट पक्का गरेको क्लब सदस्य राजेन्द्र पुनले जानकारी दिए । महिलातर्फ अन्नपूर्ण गाउँपालिका र अमिचि क्याफे फाइनल पुगेको छ । अन्नपूर्णले पृथ्वीनारायण क्याम्पसलाई १२–४ को… पुरा पढौ

पत्रकार कृष्ण थापालाई मातृशोक

पत्रकार एवं सामाजिक व्यक्तित्व कृष्ण थापालाई मातृशोक परेको छ । उनकी ममतामयी माता कृष्णकुमारी थापा (स्यानी) को ७९ वर्षको उमेरमा बुधबार राति आफ्नै निवास सिमलचौरमा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन, उच्च रक्तचाप, दम लगायत रोगबाट पीडित थिइन् । केही समयअघि काठमाडौं समेत उपचारार्थ लगिएको थियो । महिला संघमा सक्रिय उनको नेपाली कांग्रेसका शीर्षस्थ नेताहरुसँग राम्रो चिनाजानी थियो । गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत नेताहरु ‘भाउजू’ उपनामले सम्बोधन गर्थे । पोखरा आउँदा उनीकहाँ खाना खान्थे । सबैलाई सहयोग… पुरा पढौ

अपाङ्गताका मुद्दालाई प्रदेश सभामा उठाउने सांसद गुरुङ्गको प्रतिवद्धता

कास्की नेत्रहिन संघको आयोजनामा अपाङ्गता भएका महिलाहरूलाई कानुनि सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ, प्रविधिमा पहुँच र उनिहरूको सशक्तिकरण सम्बन्धिएक गोष्ठि शुक्रवार सम्पन्न न भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभासदस्य सरस्वती गुरुङ्गले आफूले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेषरूपमा उठाइरहेको बताइन् । उनले आगामी दिनमा आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसंग जोड्ने माध्यम भन्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रिय सदस्य तथा साहारा आधारभूत् विध्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिबक्ता… पुरा पढौ

शिवरात्रीमा पथिल होलिडेज र ट्रीप टू टेम्पल्सुद्वारा १५० भारतीयलाई कैलाश(मानसरोवर दर्शन

महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ुट्रीप टू टेम्पल्सुसँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको छ । ट्राभल कम्पनीद्वारा श्री एअरलाइन्सको जहाज चार्टर्ड गरि चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ । कोभिड अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका… पुरा पढौ

महाशिवरात्रीको अवसरमा पोखराका शिवालय मन्दिरमा पूजा आज गरिदै

आज महाशिवरात्री पर्वको अवसरमा पोखराका शिलावय मन्दिरहरुमा बिहानै देखि शिवका भक्तहरुको भिड् लागेको छ । पोखरा २२ मा रहेको बिशाल महादेवको मुर्ति, गुप्तेश्वर गुफा, केदारेश्वर महादेवमणि, पुशपतिनाथ मन्दिर (सृजनाचोक) लगायतका शिव मन्दिरमा भगवान शिवको उपासना गरी यो पर्व हर्स र उल्लाहासका साथ मनाइदै छ । नेपालको पवित्र एवं धार्मिक तिर्थ स्थलपशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । यसैचिब कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शीतल गुफामा पनि दर्शनार्थीको आज बिहानै देखि भिड लागेको छ । पुरा पढौ

महिला दिवसको अवसरमा पोखरा महानगरद्धारा २० जना महिला उद्यमीलाई सम्मान

पोखरा, फागुन २४ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न ब्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ । महिला दिवसको अवसर पारेर पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो । पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लगेर ब्यवसाय गरेका मध्यबाट दश जना र महानगरभित्रका अन्य दश जना सफल उद्यमी महिला गरी २० जनालाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो । महिला दिवस… पुरा पढौ