अपाङ्गताका मुद्दालाई प्रदेश सभामा उठाउने सांसद गुरुङ्गको प्रतिवद्धता

-


     पोखरा क्लिक     
     फागुन २५ गते २०८० मा प्रकाशित


कास्की नेत्रहिन संघको आयोजनामा अपाङ्गता भएका महिलाहरूलाई कानुनि सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ, प्रविधिमा पहुँच र उनिहरूको सशक्तिकरण सम्बन्धिएक गोष्ठि शुक्रवार सम्पन्न न भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभासदस्य सरस्वती गुरुङ्गले आफूले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेषरूपमा उठाइरहेको बताइन् ।

उनले आगामी दिनमा आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसंग जोड्ने माध्यम भन्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रिय सदस्य तथा साहारा आधारभूत् विध्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिबक्ता भूवन पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।


संस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २२ जना अपाङ्गता भएका महिलाहरुसहभागी थिए । पोखरा महानगरपालिका वडा नंं ५ मा अवस्थित श्री धर्मस्थली आधारभूत विध्यालयमा कार्यक्रम भएको हो ।