जिवनशैली पत्रिका

मानसिक स्वास्थ्य सुदृढीकरणमै समावेशी विकासको आधार ः मन्त्री थापा

पोखरा , गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन्। वडा स्तरीय दलित सञ्जाल, पोखरा–९ द्वारा आयोजित “मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि सचेतनामूलक कार्यक्रम” मा उनले यस्तो बताएका हुन् । विशेषगरी दलित समुदायसहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तीकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै उनले यस्ता पहलहरूले सकारात्मक सोच, आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरे । मन्त्री थापाले प्रदेश सरकार भौतिक विकाससँगै… पुरा पढौ

आभ्या क्लबको आयोजनामा पोखरामा साप्ताहिक ‘कम्यूनिटी फन रन’ सुरु हुने तयारी

पोखरा, ५ चैत, आभ्या क्लब पोखराको आयोजनामा तथा राष्ट्रिय धाविका नितु तामाङको सहभागितामा यही चैत ७ गते शनिबारदेखि पोखरामा साप्ताहिक ‘५ किलोमिटर कम्यूनिटी फन रन’ कार्यक्रम सुरु हुने भएको छ । हरेक हप्ता बिहान ७ः०० बजे सञ्चालन हुने उक्त दौड कार्यक्रम मार्फत समुदायमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ । क्लबकी रेस डाइरेक्टर तथा स्पोर्ट्स कोच तामाङले नियमित व्यायाम र दौडले स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनका अनुसार बढ्दो डिजिटल निर्भरता र निष्क्रिय जीवनशैलीका कारण… पुरा पढौ

आज विहिबारसम्म पोखराको मनिपाल क्षेत्र, सेल्सवे डिपार्टमेन्ट स्टोर, लेकसाइड र गण्डकी मेडिकल कलेज परिसरमा नयाँ इलेक्ट्रिक गाडीहरू प्रदर्शनमा

पोखरा, पोखरामा विद्युतीय सवारीको नयाँ अध्याय सुरु भएको छ। Mahindra का अत्याधुनिक इलेक्ट्रिक SUV हरू BE 6 र XEV 9e औपचारिक रूपमा सार्वजनिक गरिएका छन्। नेपालका लागि महिन्द्राका आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले पोखरास्थित बि.बि. इन्कर्पोरेटेड प्रा. लि. सँग सहकार्य गर्दै यी गाडीहरू बजारमा ल्याएको हो। पोखरामा विशेष प्रदर्शनी चैत ३ गतेदेखि ५ गतेसम्म पोखराका विभिन्न स्थान—मनिपाल क्षेत्र, सेल्सवे डिपार्टमेन्ट स्टोर, लेकसाइड र गण्डकी मेडिकल कलेज परिसरमा यी नयाँ इलेक्ट्रिक गाडीहरू प्रदर्शनमा राखिएका छन्। यस प्रदर्शनीमार्फत सर्वसाधारणले नजिकबाट… पुरा पढौ

इरान–अमेरिका युद्धको प्रभाव पोखरामा पनिः प्याराग्लाइडिङ प्रतियोगितामा ३८ प्रतिशत खेलाडी प्रभावित

दीननाथ बराल, पोखरा, ४ चैत, इरान र अमेरिकाबीच बढ्दो युद्ध तनावले अन्तर्राष्ट्रिय हवाई उडानमा असर पार्दा पोखरामा आयोजना हुन लागेको २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप प्रत्यक्ष प्रभावित भएको छ । करिब एक सय जना खेलाडी सहभागि हुने अपेक्षा गरिएको प्रतियोगितामा अन्ततः ५ देशका ६२ जना मात्र सहभागी हुने भएका छन् । प्रारम्भमा ७ देशका करिब ९० जना पाइलट दर्ता भए पनि अन्ततः बुधबार साँझसम्म ५ देशका ६२ जना खेलाडीहरु मात्र प्रतियोगितामा सहभागि हुने भएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)… पुरा पढौ

राजकाजी गुरुङ ‘करण’को चुनावी खर्च करिब १२ लाख

राजकाजी गुरुङ ‘करण’ले प्रतिनिधिसभा निर्वाचनका लागि करिब ११ लाख ९० हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गर्नुभएको छ। उहाँले उक्त खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुभएको श्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहनुभएका गुरुङ कास्की क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएको थियो। उहाँले चुनावी अभियानका विभिन्न शीर्षकमा खर्च गर्नुभएको छ। उहाँको विवरण अनुसार मनोनयन दर्तामा १० हजार, प्रचार सामग्रीमा १ लाख ५० हजार, सवारीसाधन भाडामा ३ लाख ५० हजार, घरदैलो कार्यक्रममा ३ लाख रुपैयाँ खर्च… पुरा पढौ

एनटिएचएमसिमा ‘ग्लोबल मनी वीक २०२६’ अन्तर्गत राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज आयोजना हुने

पोखरा ४ चैत, युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडामा रहेको एनटिएचएमसिमा राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता आयोजना हुने भएको छ । यही चैत ६ र ७ गते सञ्चालन हुने उक्त कार्यक्रम नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज ९ल्त्ज्ःऋ० को पहलमा विभिन्न वित्तीय संस्थासँगको सहकार्यमा आयोजना गर्न लागिएको हो। विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी वीक २०२६’ मार्च १६ देखि २२ सम्म सञ्चालन हुँदैछ। यस वर्ष “स्मार्ट मनी… पुरा पढौ

कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन

पोखरा, ४ फागुन, कस्केली अधिकृत समाजको कार्यसमिति बैठकले समाजका संरक्षक एवम् सल्लाहकार चयन गरेको छ । समाजको आठौं अधिवेशन पछिको पहिलो बैठकले समाजका संरक्षकद्वयमा शिवप्रसाद पराजुली र कृष्णकान्त सिग्देललाई चयन गरेको छ । बैठकले समाजको सल्लाहकारहरूमा दुर्गाबहादुर शाह(बाबा), देबेन्द्र केसी, प्रेमप्रकाश गौतम, भगवान पन्त, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने र लोकनाथ दवाडीलाई चयन गरेको समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो । त्यस्तै कार्यसमितिको सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ मेडिकल रेकर्डर अधिकृत भीम पौडेललाई चयन गरिएको छ । बैठकले नयाँ वर्ष… पुरा पढौ

गण्डकी प्रदेश क्रिकेट टोलीको खेल पोशाक सार्वजनिक

पोखरा, गण्डकी प्रदेश क्रिकेट टोलीको नयाँ खेल पोशाक सार्वजनिक गरेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा बुधबार आयोजित एक समारोहका बिच उक्त पोशाक सार्वजनिक गरेसंगै खेलाडीहरूलाई हस्तान्तरण समेत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले पोशाक सार्वजनिक गर्दै पोखरालाई खेलकुदको ‘स्पोर्ट्स हब’ का रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले छिट्टै ‘पोखरा कप अन्तर–महानगर क्रिकेट च्याम्पियनसिप’ आयोजना गरिने घोषणा गर्नुभयो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य सुदिप शर्मा ले खेलाडीहरूको सीप विकास… पुरा पढौ

पर्वतीय दौडलाई पोखराको नयाँ ब्रान्ड बनाउँदै दूरी बढाउन सुझाव

पोखरा ४, चैत, विश्व पर्यटन दिवसका सन्दर्भमा पोखरामा आयोजना हुँदै आएको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई पोखराको नयाँ ब्रान्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रकोे आयोजनामा पोखरामा संचालन हुदै आएको आठ किलोमिटर दूरीको उक्त पर्वतीय दौडलाई विस्तार गरी हाफ म्याराथन (२१ कि.मी.) हुँदै फूल म्याराथनको अवधारणामा लैजानुपर्ने सुझाव समेत दिए । बुधबार पोखरास्थित सिल्भर प्लेट पार्टी प्यालेसमा आयोजित दोस्रो संस्करणको समीक्षा कार्यक्रममा बोल्दै सरोकारवालाले प्रतियोगितालाई दीर्घकालीन रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिएका… पुरा पढौ

अर्जुन कुमालको शतकीय पारीमा कास्कीलाई पिएम कपको उपाधि

पोखरा, प्रधानमन्त्री (पीएम) कप गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगिताको उपाधि कास्कीले नवलपुरलाई ४८ रनले पराजित गर्दै च्याम्पियन बनेको छ। पीएम कप छनौट एक दिवशिय क्रिकेटमा कास्की लगातार दोस्रो पटक च्याम्पियन भएको हो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबार पोखरामा सम्पन्न फाइनल खेलमा कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४० रनको योगफल तयार पार्यो । २४१ रनको लक्ष्य पाएको नवलपुर ४३.२ ओभरमा अलआउट हुँदै १९२ रनमै समेटिन पुग्यो । कास्कीको जितमा अर्जुन कुमाल शतक… पुरा पढौ